कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्नेकालागि दार्चुलाका उद्हारणीय महिलाको कथा

२०७५ माघ २३ बुधबार १५:४०:०० मा प्रकाशित

हलोखबर

halokhabar

दार्चुला, २३ माघ । कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्ने धेरै युवाहरुका लागी दार्चुलाकी एक महिला उदाहरण वन्न पुगेकी छन् । ‘कृषिमा सम्भावना छैन’ भन्दै युवा खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका सन्दर्भमा दार्चुला जिल्ला मालिकार्जुन गाउँपालीका वडा नं. १ प्रगतिशिल कृषि समूहकी सदस्य नन्दा सामन्तले प्रयोग भैसकेर फालेको जिन्स पेन्टमा माटो राखी काक्राको विउँ उत्पादन गर्नु भएको छ ।
 
उनको उत्पादन गरेको काक्राको वोटहरु अचम्मको दृष्यका रुपमा अहिले सामाजिक संञ्जालमा छाएको छ । खेती गर्ने किसानहरुका लागी उनको यो कार्यले जग्गा आवश्यक जस्तो देखीदैन् । घरको आगनीमानै राखेर पनि कृषि उपज उत्पादन गर्न सकिन्छ भन्ने यो दृष्यले देखाउँछ् । श्रीमानले प्रयोग गरेर फालीसकेको जिन्स पेन्टमा उनले माटो राखी काक्राको विउँ छरिन् । छरेको केहि हप्तामै टुसायो, टुसाएको केहि दिनमै उनले फेशवुकमा फोटा अपलोड गरीन् । अहिले त्यो फोटो भाईरल भएको छ ।
 
सामुदायीक ग्रामीण विकास समाज नेपाल अन्र्तगतको जिल्लामा सञ्चालीत पहल कार्यक्रमले पछिल्लो समय जिल्लाका अधिकासं किसानहरुलाई कृषि सम्वन्धी विविध जानकारी गराईरहेको कार्यक्रमका कृषि प्राविधिक जमन सिह वडालले वताए ।  तै भएर कृषकहरुलाई कृषि उपज उत्पादन गर्न सहज भएको उनको भनाई छ । कार्यक्रम लागु भएपछि कार्यक्रमले दु्रदराजका किसानहरुलाई विभिन्न किसीमका कृषकहरुलाई तालीम दिदै आएको उनले वताए ।
 
सामन्तले पहल कार्यक्रमवाट तालीम लिई विभिन्न मौषमअनुसार लहरेवाली र तरकारीवाली उत्पादन गर्दै आएकी छिन्न् । घरको छेउको वारीमा तरकारी लगाउनु भएकी उनको मासिक घरखर्च चलाउन सहज भएको वताउनु हुन्छ । आफुलाई श्रीमान श्याम सिह सामन्तले पुरै सहयोग गरेको उनले वताईन् । कसैका श्रीमान रक्सी खाएर परिवारको समेत वास्ता गर्दैनन तर मेरा श्रीमान भने परिवारको रेखदेख देखी लिएर तरकारीलाई वजारीकरण, मल खाद र सिचाई ब्यवस्थापनमा सहयोग गर्ने गरेको उनले वताईन् ।
 
उत्पादित तरकारी वजारीकरणमा कुनै प्रकारको समस्या नभएको उनको भनाई छ । मूल्यपनि पाएकै छु कमाई पनि भएकै छ उनले भनीन् । नजिकैको स्थानिय वजारमा विक्री हुने थालेपछि आफु निकै खुसी भएको उनले वताईन् ।

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्