स्याउ बीमक किसान क्षतिपूर्ति पाउँदा खुशी

२०७५ माघ २३ बुधबार १४:३०:०० मा प्रकाशित

फुजी स्याउको बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने

हलोखबर

halokhabar

खलङ्गा, २३ माघ । मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७१६ जना किसानले क्षतिपूर्ति पाएका हन् । 

मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पु¥याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डले बताए । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले बताए । वैशाखदेखि चैत १५ सम्म किसानले बीमा गराइसक्नु पर्ने भन्दै उनले मौसमी स्याउ बीमा गरेकामा खडेरी, असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनको भनाइ छ । 
मौसम सूचकाङ्कका आधारमा जुम्लामा स्याउ किसानले बीमा रकमको भुक्तानी पाएका हुन् । स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए । 

स्याउ बगैंचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उनले जानकारी दिए । खरानीको अवस्था हरेर ६० मिलिलिटरभन्दा कम पानी परेमा किसानले क्षतिपूर्ति नपाउने भन्दै उनले त्योभन्दा कम पानी परेमा प्रतिबिरुवा रु दुई हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताए । 

यस वर्ष चन्दननाथ नगरपालिका, तातोपानी, गुठीचौर र सिञ्जा गाउँपालिकामा ७० प्रतिशतको दरले क्षतिपूर्ति दिएको छ भने पातारासी गाउँपालिकामा सबैभन्दा बढी असिनाले क्षति गरेकाले त्यहाँका किसानलाई ९० प्रतिशत क्षतिपूर्ति स्याउ किसानलाई दिएको पाण्डेले बताए । फागुन महीनाको पहिलो हप्तासम्म बीमा गरेका सबै किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान खुशी भएका छन् । 

स्याउको बीमा गर्दा एक बोट बराबर रु ४२ तिर्न हामी निकै तर्सिएका थियौँ, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुशीको कुरा भएको किसान देवी सेजुवालले । उनले एक लाख २६ हजार बराबरको क्षतिपूर्ति पाएछन् । जुम्लाका स्याउ किसानलाई बीमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान हुनुले धेरै राहत मिलेको उनले बताए । 

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले स्याउखेतीबाट क्षति बेहोर्नुपरेका किसानलाई राहत पुगेको बताउँछन् । किसानलाई उनले बीमा गर्न आग्रहसमेत गरेकाछन् । स्याउखेती गरेका किसानलाई पानी र सिँचाइमा ध्यान दिनुपर्ने सेजुवालको सुझाव छ । 

वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले स्याउ बीमा गरेका किसानले रकम पाउनुमा किसानलाई बीमाप्रति राम्रो सोच रहेको र काम गर्न थप हौसला प्रदान भएको बताए । किसानलाई उत्साहित गर्ने काम शिखरले गरेको भन्दै उनले आफ्नो स्याउ फारमलाई अझै विस्तार गरी सबै बिरुवाको बीमा गरिने बताए । 

 

बगैँचा व्यवस्थापन सीप सिक्दै 
स्याउका बिरुवा काटछाँट तथा बगैँचा व्यवस्थापन गर्ने समय शुरु भएपछि कृषकलाई दुईदिने तालीम दिइएको छ । वल्र्डभिजन नामक संस्थाको सहयोग तथा कास्डा जुम्ला र तिला गाउँपालिकाको समन्वयमा कृषकलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाँटसम्बन्धी तालीम दिएको हो । 

जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् । तिला गाउँपालिकाका राँसा, सुडी, रिपी, खोप्री र पुरु गाउँका २५ जना स्याउ उत्पादक कृषकलाई तालीम दिएको हो । बगैँचा व्यवस्थापन तालीमको सहजीकरण तिला गाउँपालिकाका कृषि शाखा प्रमुख हिक्मतराज गिरीले गरेका थिए । कृषकलाई कसरी स्याउ काटछाँट गर्ने, बोडोपेस्ट कसरी लगाउने जस्ता सीप सिकाइएको शाखा प्रमुख गिरीले बताए । 

बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काटछाँट गरी बगैँचा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ ।” 

तिला गाउँपालिका–९ राँसाकी मछालदेउ स्याउ उत्पादक समूहकी मैना रावतका अनुसार तालीममा सिकेका सीप व्यवहारमा प्रयोग गर्नेछौँ । अबका दिनमा स्याउ बगँैचा व्यवस्थापन तथा काटछाँट महिलाले पनि गर्नसक्ने उनले बताए । कास्डा जुम्लाका बजार संयोजक श्रीराम थापाका अनुसार बगैँचा व्यस्थापनसम्बन्धी तालीमसहित कृषकलाई बोडोपेस्ट बनाउने निलोथुतो र चुना उपलब्ध गराएको छ । यसले कृषकका स्याउ बगैँचामा रोगकिरा नियन्त्रण गर्ने अपेक्षा गरेको छ । 

 

छ लाख फुजी स्याउका बिरुवा माग 
स्याउ फल्ने अधिकांश हिमाली जिल्लामा यतिखेर स्याउका नयाँ बिरुवा लगाउने तयारी भइरहेको छ । माघ फागुन महीनामा बिरुवा रोप्ने गरी कृषकले मङ्सिरदेखि नै बगैँचा व्यवस्थापन गरिरहेका छन् । पछिल्लो समय नयाँ स्याउ बिरुवाका लागि स्वदेशमा पाइने स्थानीय जातको बिरुवाभन्दा विदेशबाट आयात गर्नुपर्ने फुजी जातको इटालीको स्याउतर्फ आकर्षित भएका छन् ।

पहिले नेपालमै पाइने विभिन्न जातको स्याउ बिरुवा लगाउँदै आएका कृषक अहिले विदेशबाट बिरुवा माग गर्न थालेका छन् । यस वर्ष स्याउ फल्ने हिमाली जिल्लामध्ये चार जिल्लामा मात्र करीब छ लाख फुजी स्याउको बिरुवा विदेशबाट माग भएका छन् । इटाली र स्पेनलगायतका देशबाट नेपालमा आइपुग्ने फुजी बिरुवा नेपालमा पाइने बिरुवाभन्दा १० गुणा महङ्गो पर्छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारीअनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करीब छ लाख फुजी बिरुवा माग भएको हो । जुम्लाका कृषकले तीन लाख ११ हजार ४२२ फुजी बिरुवा माग गरेका छन् । 

त्यस्तै कालिकोटका कृषकले एक लाख १६ हजार ५०० मनाङका कृषकले एक लाख ३१ हजार ६०० र मुस्ताङमा १५ हजार ५०० फुजी स्याउका बिरुवा माग भएको छ । सघन स्याउ रोप्नका लागि बिरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रमअन्तर्गत फुजी स्याउको बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन् । बाँकी ३० प्रतिशत कृषकको लगानी रहनेछ । 

वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले भने, “बिरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निःशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रतिबिरुवा कृषकलाई रु ४२५ सम्म पर्न जान्छ ।” 

विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा बिरुवा वितरण गर्न लागिएको उनले बताए । नेपालमा अहिले अन्य स्याउकोभन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ । अनुदानमा आउने फुजी बिरुवा कृषकको मागअनुसार प्राप्त गर्न सम्भव नभएको स्याउ सुपरजोन जुम्लाले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र

व्यावसायिक कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको

अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

बेझाड, २८ माघ ।  विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी