दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री 

२०७५ माघ २३ बुधबार ११:०६:०० मा प्रकाशित

हलोखबर

halokhabar

भद्रपुर, २३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताए । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ । पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभएको उनले वताए । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो । पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए । महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले वताए ।  उनका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । रासस
 

प्रतिकृया दिनुहोस

नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ७ फागुन । दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

कृषि व्यवसायबाट खान नपुगेकालेनै युवा विदेशीएका !

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको