अमिताभ बच्चनले किन लेखे 'छोरी खास हुन्छिन् ?'

२०७५ माघ २३ बुधबार ०८:३५:०० मा प्रकाशित

हलोखबर

halokhabar

कुनै पनि पिताका लागी उनीहरुका छोराछोरीको उपलव्धि गर्व गर्ने विषय हुन्छ । बलिउड सुपरस्टार अमिताभ बच्चनले पनि छोरी श्वेता बच्चन नंदाको एउटा सफलतामा खुशी व्यक्त गर्दै ट्वीटर इमोशनल ट्वीट गरेका छन् । अहिले अमिताभ पुत्री श्वेताले लेखेको फिक्सन विधाको प्याराडाइज टोवर भारतमा बेस्ट सेलरको श्रेणीमा पर्न सफल भएको छ । र, यही खुशियालीमा अमिताभले गर्व गर्दै छोरी खास हुन्छिन् भन्दै ट्वीट गरेका हुन् । 

ट्वीटसँगै उनले श्वेताको घुम्टो ओढेको बाल्यकालको फोटो पनि सेयर गरेका छन् । त्यो फोटोसँगै बच्चनले अन्य दुई फोटो पनि सेयर गरेका छन् जसमा प्याराडाइज टोवर बेष्ट सेलर किताबहरुको बीचमा छ । फोटोसँगै अमिताभले भावुक हुँदै लेखेका छन् छोरीको यस्तो सफलता एउटा पिताका लागि गर्वको विषय हुन्छ, छोरी खास हुन्छिन् । घुम्टोदेखि बेस्ट सेलरबन्दा सम्म ।  

छोरीको कुरा नकार्न सक्दैनन् अमिताभ
अमिताभका लागि छोरी श्वेता एकदमै प्रिय छिन् । उनी छोरीको कुनै पनि कुरालाई नकार्न सक्दैनन् । श्वेता अमिताभका लागि यति प्रिय छिन् कि श्वेताका हरेक कुरालाई उनी आत्मसात गरिदिन्छन् । हालै करण जोहरको च्याट शो कफि वीद करणमार्फत अभिषेक बच्चनले यस्तो कुराको खुलासा गरेका हुन् । उक्त शोमा बोल्दै अभिषेकले आफु र दिदी श्वेतामध्ये पिताका लागि दिदी खास रहेको पनि बताएका थिए । भारतका प्रख्यात कविमध्येका एक हरिवंश राय बच्चनका पुत्र अभिताम भारतका त्यस्ता सुपरस्टार हुन् जो लामो समयदेखि फिल्मी दुनियाँका छाइरहेका छन् । उनको पुरै परिवार फिल्म उद्योगसँग जोडिएको छ । श्रीमती जया भादुरी पनि एक समयकी चर्चित हिरोइन हुन् । छोरा अभिषेश र बुहारी ऐश्वर्य पनि फिल्ममै सक्रिय छिन् । 


अमिताभको पछिल्लो फिल्म ब्रह्मास्त्र प्रदर्शनको तयारीमा छ । ब्रह्मास्त्र आउँदो डिसेम्बर २० मा प्रदर्शन हुँदैछ । यो फिल्ममा रणवीर कपुर, आलिया भट्ट, मौनी राय, दिव्येन्दु शर्मा र डिम्पल कपडियाले पनि अभिनय गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

हेरिटेज पेजेन्ट्समा नेपालकी अदिति श्रेष्ठको सफलता,  मुख्य उपाधिमा सेन्ट्रल एशिया र भारत विजयी

काठमाडौं । गत फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता

एक बौद्ध भिक्षुको फिल्मी यात्रा यसरी सुरु भयो

     काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक

काठमाडौँकै एक विशिष्ट संस्कृति दाफा कसरी लोप हुने अवस्थामा पुग्यो ?

लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । तर पछिल्लो समय धेरै जसो स्थानहरुमा दाफा भजन गाउने चलन हराउँदै