जिल्लाका अगुवा कृषक समूहलाई हाते ट्याक्टर

२०७५ माघ २२ मंगलबार १०:४६:०० मा प्रकाशित

हलोखबर

halokhabar

खोटाङ, २२ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन) को कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्रदान गरेको हो । प्रोत्साहन अनुदानअन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमीन जोत्ने हाते ट्याक्टर वितरण गरिएको कार्यालयका निमित्त कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले बताए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक, हरियाली आयआर्जन कृषक, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक, पञ्च मावि माझटोल कृषक, खाल्लेस्थित नवजागरण तरकारी कृषक, नयाँ पहिचान कृषक, सक्रिय कृषक र सूर्यमुखी मकै बीउ उत्पादन कृषक समूहलाई शतप्रतिशत अनुदानमा प्रतिगोटा रु ८० हजार मूल्य पर्ने एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको परियोजनाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिगोटा छ हाते ट्याक्टर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताए । परियोजनाले ५० प्रतिशत अनुदानमै सात मकै छोडाउने औजारसमेत प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले कृषक तथा कृषि समूहलाई हाते ट्याक्टर तथा मकै छोडाउने औजार प्रदान गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन भएको छ । रासस
 

प्रतिकृया दिनुहोस

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र

व्यावसायिक कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको

अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

बेझाड, २८ माघ ।  विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी