कुखुरा पालनबाट ठगुन्ना परिवारको जीवन फेरियो

२०७५ माघ २२ मंगलबार १०:३१:०० मा प्रकाशित

मुकेश पाल

halokhabar

दार्चुला, २२ माघ । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारका सन्तोष सिह ठगुन्नाको कुखुरा पालन ब्यवसायले जिवन फेरिएको छ ।
२१ वर्षका ठगुन्नले बेरोजगारी भएकोले आफुले गाउँ घरबाटै एक बर्ष पहिले एउटा कुखुरा किनेको र एक बर्षको अवधिमा ४० ओटा कुखुरा उत्पादन भई विक्री गर्दै आएकोले घर खर्च चलाउन सहज भएको उनले वताए ।
उनले आफुले पालेका कुखुराहरु गाउ देखि बजार सम्म विक्रि गर्दै आएको र गाउमा मासु प्रति केजी रु. ६०० का दरले विक्रि हुने गरेको वताए ।
जिउँदो भाले २ हजार रुपैयाँ र पोथी १ हजार रुपैयाँका दरले विक्रि गर्दै आएका छन । कुखुराहरुको आहराका लागी आफनै खेतमा उत्पादन भएको मकै र बजारबाट चालम लगेर खुवाई रहेको वताए ।
कुखुराका चल्ला हुर्काउन समय लाग्छ ठगुन्नाले वताए । विदेशमा गएर काम गर्नु भन्दा आफनै गाउ घरमा परिवारका सदस्यहरुसँगै कामगर्दा आफु निकै खुसी भएको उनले बताए ।
कुखुरा पालनले अहिले घर परिवारको आवश्यकता पुर्ती भएको र विदेश तिर जानु पर्ने अवस्था नआएको ठगुन्नाको भनाई छ ।
सोचे जस्तो कमाइ भैरहेको वताउँदै कुखुरा पालनमा लागे पछि घर खर्च र भाई बहिनीहरुको पढाईका लागी पनि सजिलो भएको उनको भनाई छ ।
उनको परिवारमा ६ जना रहेका छन । आफु घरमै भए बुवा आमाहरुको स्याहार पनि राम्रो सँग गर्न सकिने भएकाले पनि आफुले कुखुरा पालन गर्न थालेको उनले बताए ।
ठगुन्ना परिवारले कुखुरा पालनबाटै घरका आधारभुत आवश्यकताहरु पुरा गरी मासिक सात हजार वचाउँदै आउनु भएको छ ।
कुखुरा राख्नलाई उच्चीत प्रकारको फर्म नभएकाले स्याहार सुसारमा समस्या भएको उनले वताए । कुखुरा पालन गर्ने आफ्नो अगाडि वाटकै सोच रहेको भन्दै फर्म निर्माण गरी ब्यवसायिक रुपमा अझै अगाडि वढनको लागी आर्थिक समस्या रहेको वताए । कुखुरा फर्मकै लागी भए पनि गाउपालीकाले आर्थीक सहयोग गरिदिए आफु गाउमै कुखुरा पालन गरेर बस्ने उनले वताए । कुखुरा खोर नहुदा र निर्माण गर्नको लागी पैसा नभएको भन्दै आफुले गाई गोठमा राखेर कुखुरा पाल्दै आएको दुखेसो पोख्नु भयो ।
पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा भएकाले आफुले यो पेशा तर्फ लागेको उनले बताए । यो रोजगारी भएमा समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सकने भएकाले पछिल्लो समयमा अधिकान्स किसानहरु कुखुरा पालन तर्फ लागेका छन । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन । नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् । साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन ।
बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुने भएकाले दार्चुलाका अधिकान्स युवा किसानहरु सहर देखि गाउ सम्म कुखुरा पालनमा अघि बढन थालेका छन । 

प्रतिकृया दिनुहोस

नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ७ फागुन । दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

कृषि व्यवसायबाट खान नपुगेकालेनै युवा विदेशीएका !

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको