वाहिर सय पर्ने प्याजको वेर्ना नार्कले ४० रुपैंया मै दिदा पनि बिक्री भएन, राज्यलाई ४ लाख वरावरको घाटा हुदै

२०७५ माघ १९ शनिबार ०८:५०:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौँ, १९ माघ । उचित प्रचारप्रसारको अभावमा नेपाल राष्ट्रिय अनुसन्धान परिषद (नार्क)बाट प्रशोधित सहुलियत दरको वेर्ना विक्री नहुने देखिएको छ । नार्क अन्तर्गत राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले विभिन्न जातका तरकारीका वेर्नाहरु सर्वसाधरण किसानहरुलाई सहुलियत दरमा विक्री वितरण गर्दै आएको थियो । तर, उचित प्रचारप्रसार हुन नसकेपछि सवै वेर्ना विक्री नहुने भएपछि राज्यलाई झण्डै चार लाख रुपैया बरावरको घाटा हुने देखिएको कार्यलयले जनाएको छ । 


मौषमअनुसार खुमल ज्वापु जातीको काउली, हाईब्रिट जातको गोलभेडा, मिनो अन्र्नी मुला, पालुङ्गो, चनासुर, सलगम, सिमी, तनवोडी, वन्दगोवी, काउली, रायो, प्याज लगायतका लहरे तरकारीका वेर्नाहरु उत्पादन गरी किसानहरुलाई सहुलियत सरकारी दर रेटमा विक्री वितरण गर्दै आएको थियो । उत्पादित वेर्नाहरु लिन तीनवटै जिल्ला वाहेक धादिङ, काभ्रे र गोरखाका किसानहरु समेत आउने गरेको तरकारी वाली विकास केन्द्र खु्मलटार, ललितपुरले जनाएको छ । 


कार्यालयका सूचना अधिकारी कर्णवहादुर कठायतका अनुसार किसानको माग एकरुपता नहुने भएकाले पनि यस्तो भएको हुनसक्छ । असोजदेखि माघको पहिलो हप्तासम्मको समय भनेको कृषकहरुका लागि प्याजको वेर्ना सार्ने उपयुक्त समय हो । तर, प्याजको वेर्ना सार्ने समय सकिएको भएपनि यस वर्ष उत्पादन भएका ३० लाख प्याजका वोटहरु मध्ये ७÷८ लाख वोटहरु विक्री हुन नसकेको कठायतले जानकारी दिए । कठायतका अनुसार मिडियामा प्रचार प्रसारको लागि सरकारले नत कुनै कार्यक्रम नै राख्न सक्यो, नत वजेट नै छुट्यायो । कृषकहरुले जानकारी नपाएरै सवै प्याजका वेर्ना विक्री हुन नसक्दा राज्यले चार लाख रुपैया बरावरको क्षति व्यहोर्नु परेको जनाईएको छ । 

राज्यको वार्षिक स्वीकृत कार्यक्रममा जे कुरा समेटिएको छ त्यसैलाई आधारमानी वेर्ना उत्पादन भैरहेको छ  । गत वर्ष किसानहरुले माग गरेअनुसारको प्याजको वेर्ना दिन नसकेकोले पनि यो वर्ष आफ्ैले उत्पादन गरेको हुन सक्ने कार्यालयको अनुमान छ । गत वर्ष माग अनुसार प्याजको वेर्ना दिन नसकिएको भन्दै कार्यालयले यस वर्ष उत्पादन वढाएको थियो । तर, गत वर्षकै मागअनुसार पनि वेर्ना विक्री नभएको कार्यलयले जनाएको छ । जति उत्पादन थप्यो त्यतिनै राज्यको राजश्वमा वृद्धि आउनु पर्नेमा उल्टै ठुलो घाटा ब्यहोर्नु परेको उनले वताए । 


काठमाडौँ लगायत अन्य क्षेत्रका किसानहरुले यस्ता तरकारी जन्य वस्तुको वेर्नाहरु आफै लगाउँदा पनि यस्तो हुनसक्ने कार्यलयको अनुमन छ । विउँको तुलनामा वोट केहि महङगो पर्ने भएकाले पनि कृषकहरुले उत्पादनलाई जोड दिईरहेको पाईन्छ । प्याजको विउँ एक किलोग्राममा ३५ देखी ४० हजारसम्म विरुवाहरु उत्पादन गर्न सकिन्छ । वजारमा १ सय रुपैयाँ पर्ने प्याजको वेर्नाको कार्यालयमा भने ४० रुपैयाँमात्रै पर्न जान्छ । यो कार्यालयमा कुनै पनि समूहले तालिमको आवश्यकतालाई मध्यनजर गर्दै निवेदन पेश गरेमा २५÷३० जनाको समुहलाई तालिमपनि दिने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

नेट हाउसभित्र फर्कदै भेँडे खुर्सानी र टमाटर

दाङ, ७ फागुन । दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ७ मा रहेको राप्ती वहुउद्देश्यि कृषि फार्ममा भेडे खुर्सानी र टमाटर पनि संगै उत्पादन गरेर आम्दानीमा थप

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

कृषि व्यवसायबाट खान नपुगेकालेनै युवा विदेशीएका !

सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको