पौरखीलाई न सरकारको सहयोग चाहिन्छ, न विज्ञ नै ! मेवा र कुरिल्लोबाटै कमाउँछन्, रौतहटका रामेश्वर वर्षमा २० लाख  

२०७५ माघ १८ शुक्रबार ११:३६:०० मा प्रकाशित

धान खेती मासेर मेवा र कुरिल्लो खेती सुरु

मनोज श्रेष्ठ

halokhabar

रौतहट ८,  मौलापुरका रामेश्वर पण्डित सामान्य किसान हुन् । उनलाई दुनियाभरको लफडा थाहाँ छैन् । सामान्य खेती किसानी गर्दै आएका रामेश्वरले विगत तीन वर्ष पहिले ईन्टरनेट चलाउन सिके । तर, इन्टरनेटमा उनले भल्गर र नचाहिदा कुराहरु हेरेनन् । बरु, शीपहरु सिके । 


मोवाईलमा इन्टरनेट चलाउँदा चलाउँदै यूट्यूव पनि चलाउन थाले । यही क्रममा उनले भारतीय एक च्यानलबाट मेवा खेतीबारे जानकारी दिए । उनको चासो बढ्दै गयो । सोही च्यालन फ्लो गर्दा गर्दै धेरै खाले खेतीबारे उनले अध्ययन गरे । र, अन्त्यमा मेवा र कुरिल्लो खेती गर्ने निचोड निकाले । जग्गा आफ्नै भएका कारण पनि उनलाई धेरै सोच्न परेन् । भन्छन्, ‘आफुसंग भएको ५, ६ लाख तथा छिमेकीसंग लिएको त्यती नै रकमबाट मेवा र कुरिल्लो खेतीको थालनी गरे । धान खेती मासेर सुरु गरेको मेवा र कुरिल्लो खेतीले उब्जनी दिन सुरु गरिसक्यो ।’


हलोखबरसंग टेलिफोन वार्तामा उनले भने, ‘एउटा छोरा मलेसियामा अ अर्को काठमाडौंमा कमाउदैछ, विस्तारै ऋण तिर्न सक्छुहोला भनेर हिम्मतले यो कामको सुरुवात गरेको हुँ ।’ वास्तवमै उनको हिम्मत एक वर्षमा साकार भएको छ । उनले अढाई अढाई विगाहामा मेवा र कुुरिल्लो खेती गरिरहेका छन् । मेवा त उनले विक्री गर्न पनि सुरु गरिसकेका छन् । मेवा खेतीबाट उनले चार पटक उत्पादन दिईसक्दा त्यस्तै ४ लाख जति कमाई गरिसकेका छन् । पण्डितका अनुसार कुरिल्लो पनि यही महिनादेखि विक्री हुन सुरु हुन्छ । फागुन, चैत्रका कुरिल्लो केजीकै एक हजारसम्ममा विक्री हुन्छ । जेठ पछि भने ३ सय रुपैया केजीसम्ममा भाउँ झर्छ । आउँदो असारसम्म लगभग ३ क्विन्टल मेवा विक्री गर्ने पण्डितको लक्ष्य छ । 


मेवा र कुलिल्लोगरी खर्च कटाएर यस वर्ष त्यस्तै २० लाख जति नाफा हुने उनी वताउँछन् । यसमा जेठा छोरा अजयकुमार प्रजापतिले बल्खु तरकारी बजारमा तरकारी विक्री गर्छन । मेवा पनि उनैले विक्री गर्छन । उब्रेको मेवा अन्य होलसेलरलाई विक्री गर्ने पण्डितले जानकारी दिए । त्यस्तै अर्को छोरा विजयकुमारले पनि महिनामा ५० हजारजति मलेसियाबाट पठाउँने हुदा ढुक्कले काम गर्न पाएको उनी वताउँछन् । मौषम अनुसार काम गर्नेहरु राख्नुपर्ने भएपनि घरमा अर्को एउटा छोरा, दुई छोरी, श्रीमति भएका कारण काम गर्न त्यति गाह्रो नभएको उनी वताउँछन् । 

सरकारले अहिलेसम्म उनलाई फुटेको कौडी दिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले देशका विभिन्न ठाउँमा अनुदानमा धेरै कुराहरु दिईरहेको छ । तरकारी सुपरजोन पोखराले वितरण गरेको ग्रिनरी हाउसमध्ये ७० प्रतिशतले खेती गरेका छैनन् । यस्ता राम्रो काम गर्नेहरुलाई यस्तो अनुदानमा सामाग्री दिने हो भने पक्कै पनि सुनमा सुगन्ध थपिनेथियो । कमिशनको लोभमा विरतण गरिने यस्ता अनुदानको दुरुपयोगबारे गतिलो अनुगमन निकाय नहुदा यस्ता रियल किसान मारमा परिरहेका जानकारहरु वताउँछन् । 

पण्डितले भारतको स्मार्ट विजनेस प्लस च्यानल यूट्युवबाट हेरेरै यस्ता प्रविधि सिकेका हुन । धेरै ज्ञान यूट्युवबाट हेरेपछि उनले फोन समेत गरेर बुझे । पछि, हरिद्धारबाट मेवा र कुरिल्लोका विरुवाका साथै यसबारे जानकार व्यक्तिलाई झिकाएर खेती सुरु गरेका हुन । मेवा ८५ सय रुपैया क्विन्टलमा विक्री गर्दै आएको उनले जानकारी दिए । उनको मेवा पोखरासम्म पुग्ने गरेको छ । भारतमा सस्तो हुने भएकाले नेपालमै बजार खोज्नु परेको पण्डितले जानकारी दिए । होइन भने, बजार भारत नजिक पर्ने उनको अनुभव छ । अर्गानिक मल हालेर मेवा र कुरिल्लो फलाएको उनको दावी छ । 

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्