कपुरकोटमा कृषि मोबाइल एप्सको शुरुआत

२०७५ माघ १५ मंगलबार ०९:४६:०० मा प्रकाशित

हलोखबर

halokhabar

सल्यान, १५ माघ । कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ । 

किसानले सहजै आप्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का प्रबन्धक युवराज आचार्यले जानकारी दिए । “यो एप्स एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन, इन्टरनेटको पहुँचभन्दा बाहिरका किसानले पनि घरमै बसेर जानकारी लिन सक्छन्”, आचार्यले भने । 

‘कृषि कपुरकोट’ नाम दिइएको उक्त एप्समार्फत किसानले कृषि विज्ञसँग कुराकानी गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल बताउँछन् । एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार मुल्य, मौसम पूर्वानुमान, कृषि तालीम, कृषि दस्तावेज, आवश्यक फोन नम्बर तथा विज्ञ विवरण उपलब्ध हुने रिजालले बताए । रासस

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा