स्थानीय जातको गाई संरक्षणमा निजी शिक्षण संस्थाको सहयोग

२०७५ माघ १४ सोमबार १६:३५:०० मा प्रकाशित

हलोखबर

halokhabar

चितवन, १४ माघ । जिल्लामा निजी क्षेत्रबाट प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक र आर्थिक सहयोग गर्ने भएको छ । 

इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायका अनुसार गाईलाई मासिक १२ बोरा चोकर उपलब्ध गराइने भएको छ । एक बोरा चोकरको रु एक हजार दुई सय पर्दछ । यससँगै कलेजमा स्नातक तहमा पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थी र प्राध्यापकले ती गाईको उपचार, औषधि, शिविर, खोप, बाझोपन परीक्षणलगायतको व्यवस्थापन गर्ने उपाध्यायले बताए । 

कलेजका अध्यक्ष चूडामणि खनालले स्थानीय जातको गाईको संरक्षणमा सहयोग पु¥याउन लागिएको बताएका हुन् । ती गाईको बागिश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गर्दै आएको छ । पवित्र तीर्थस्थल देवघाट जाने बाटोमा गौ संरक्षण केन्द्र रहेको छ । 

स्थानीय जातिका गाईको संरक्षणका लागि गौ संरक्षण गरिँदै आएकोे हो । गौ संरक्षण केन्द्रमा हाल स्थानीय जातिका दुई सय गाईलाई संरक्षण गरिँदै आएको छ । यहाँ संरक्षित गाईको मूत्रबाट औषधि बनाइँदै आएको छ । केन्द्रका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार दाताकै सहयोगमा स्थानीय जातको गाई संरक्षण गरिँदै आएको हो । रासस
 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा