उपत्यका खाल्डो वरिपरिका डाडाँकाडाहरु एग्रो टुरिजमको आधार शिविर बन्दै

२०७५ माघ ९ बुधबार १०:५५:०० मा प्रकाशित

वीक इन्डमा जानेकालागि लोकप्रिय बन्दै स्थानिय उत्पादन

हलोखबर

halokhabar

बढ्दो शहरीकरणसंगै वीक एन्ड मनाउन जानेको संख्या पनि बढ्दो छ । काठमाडौंका धनाढ्य मात्रै नभएर मध्यम वर्गकाहरु पनि सातामै जान नसकेपनि महिनामा एक पटक घर वाहिर जान थालेका छन् । हुन त, मन हुनेहरु जसरी नि गएरै छाड्छन्, घुम्ने वाहनामा ।
शहरका भन्दावढि गाउँका मानिसवढि विदेश गएका छन् । शहरमै भएपनि रुपैयामा कमाएर डलर खर्च गर्न सक्दैनन तर गाउँबाट रोजगारीको सिलसिलामा विदेश जानेको संख्या वढि छ । शहरकाले इन्टरनेट, फिल्म वा अन्य माध्यामबाट वीक एन्ड कल्चर पछ्याएको पाइन्छ । धेरै त विदेश घुम्नै गएको पाइन्छ । भने रोजगारमा गएकाले पनि यस्ता कुरा सिकेर फर्केका छन् । 
नेपालीको परिवर्तित जीवन शैलीलाई लक्षित गर्दै काठमाडौं खाल्डो वरिपरिका जंगलमा अहिले सामान्यदेखि सुविधासम्पन्न होटेल तथा रिसोर्टहरु धमाधम खुल्न थालेका छन् । सामान्यतय काठमाडौंका वासिन्दा त्यसैपनि व्यस्त हुन्छन । त्यै भएर रत्नपार्कबाट करिव एकघन्टादेखि तीन घण्टा सवारी दुरीमा पुगिने थुप्रै होटेल तथा रिसोर्टहरु खुलेका छन् । 
अहिले यस्ता रिसोर्टले पर्यटन आकर्षण गर्न स्थानिय उत्पानलाई नै जोड दिन थालेका छन् । विषादीको प्रयोग बढ्न थालेपछि स्थानिय स्तरमै उत्पादित सामाग्री मात्र प्रययोग गर्न थालेका छन् । प्राय ः रिसोर्ट आफैले तरकारी तथा फलफुल लगाउने गरेका छन् । त्यसो गर्न नसकेपनि गाउँघरमै उत्पादन गरिएको अर्गानिक सामाग्री प्रयोग गरेको पाइन्छ । 
समय र पैसा हुनेहरु पोखरा, सौरहा, भेडेटार, इलाम लगायत देशका विभिन्न रमणिय ठाउँमा समेत नपुग्ने होइन, तर सर्ट एन्ड स्वीट भन्दै नजिकैको डाडामा जानुको मज्जै भिन्नै छ । 
लप्सी फेदीस्थित वव झुले माउन्टेन रिसोर्टले एग्रो टुरिजमलाई फोकस गरेको छ । सात बर्षदेखि संचालित त्यो रिसोर्टले दई जनाबाट सरु गरेपनि पछि १० जना मिलेर सानो होटेल र विशाल फलफूल तथा तरकारी उत्पादनमा उल्लेख्य प्रगति गरेका छन् । 
८० रोपनी जग्गामा अर्गानिक फार्म, खर्पानी, जापानिक कटस, म्याकेडेमिया नट, अलैची, जापानिक नास्पाती र हलवावेद, आल, आल बखडा, किवी ३००, ओखर, एभोगार्ड, भेजिटेवल र फ्रडस मात्रै २३ थरीका फल रोपेका छन् ।  
ग्रिन भेजिटवल, मौषमी फलफूल उत्पादनगरी आफ्नै होटेलमा उपयोग हुने संचालकको भनाई छ । पाँच वटा रुम र एउटा सानो हल र रेष्टुरेन्ट संचालनमा छ । इको टरिजम, कृषि र पर्यटनसंगसंगै लैजानपर्छ भन्ने संचालकको भनाई छ । विराटनगरस्थित होटेल रत्नाका संचालक रेवत वहादुर थापाले पनि यहि कन्सेप्प्टमा धनकुटा हिलेमा चार तारे होटेल संचालनमा ल्याएका छन् । उनले आफ्नो होटेलमा स्थानिय स्तरमै उत्पादन गरिएको सामाग्री प्रयोग गर्ने उनले वताए । उनले भेडेटार, तमोर क्षेत्रका वासिन्दालाई अर्गानिक तरकारी उत्पादन गर्नकालागि सहयोग समेत गर्दै आएका छन् ।  
अझ, डाडाबाट राजधानीलाई नियाल्दै खानु र पिउनुको आनन्द शब्दमा केलाउन सकिदैन । समूह वा परिवारसंग नाच्दै, गाउँदै, खादै, पिउँदै मध्येरातसम्म रमाइलो गरि रात विताउदा खुसी नहुनेहरु सायदै हुन्छन । 
जाडो मौषमको आनन्द झनै रमाइलो छ । आगोको तापसंगै ह्स्किीको चुस्कीले चिसोसिसोको महसुस नै गर्न दिदैन । गर्मीमा पनि डाडामा हुने चिसोपनले निन्द्रा साह्रै मज्जाले लाग्छ । जाडो वा गर्मी दुवै मौषमलाई ठिक्क हुने ति डाडामा गएर रात विताउनु सामान्य झै बनिसकेको छ । ति डाडाहरु सम्भवत सवै वुकिङ भइसकेको जानकारहरु वताउछन । 
पृथ्वी नारायण शाहले काठमाडौं हमला गर्दा पनि तिनै डाडाहरुको प्रयोग गरेका थिए । भने, मन्जुश्रीले पनि चोभारको डाडालाई तरवारले काटेको किम्वदन्ती छ । काठमाडौंको खाल्डोलाइ राम्रोसंग नियाल्न सकिने ति डाडाहरुमा खुलेका होटेल तथा रिसोर्टले सुविधा पनि थप्दै गएका छन् । कुनै वेला घोनाघार ति जंगल एकाध वाहेक अहिले सवै व्यक्तिका नाममा छन् । 
नागर्जुनबाट घडीको सुइ अनुसार हेर्ने हो भने नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धाधिङ, हेटौडा तथा काठमाडौं, ललितपुर र भक्तपुरका डाडाकाडामा सरसर्ती घुम्ने हो भने होटेल वा रिसोर्ट नभएको ठाउँ नै छैन । ति जिल्लाका वढि चर्चित ठाउँहरु ककनी, भोटेकोसी, नगरकोट, धुलिखेलबनेपा, कीर्तिपुर, कपन, बुढानिलकण्ड, लुभु, गोदावारी, लेले, छैमले, पाँचखाल, देवीटार, सुन्दरीजल, शिवपुरी, दामन, लगायतका छन् । यस क्षेत्रमा पुग्ने जो कोहीले महसुस गरेको हुन सक्छ, कति सुन्दर, शान्त र हरियाली छ भन्ने । 
अझ गर्लफ्रेण्ड–ब्योइफ्रेण्डको लेटेस्ट गन्तब्य पनि तिनै ठाउँ हुन । किनभने पहिलेजस्तो नगरकोट र धुलीखेलमा मात्रै होइन । किनभने अहिले विकल्पमा धेरे ठाउँमा होटेर र रिसोर्टहरु तयारी अवस्थामा पर्खिरहेका छन ्। छोटो दुरी भएको हुदा ति ठाउँ वढि लोकप्रिय बन्दै गएका हुन । सुन्धारा, ठमेल, बसपाटर्क जस्ता ठाउँहरु असुरक्षित भएपछि अहिले काठमाडौंका डाडाहरु लोकप्रिय बन्दै गएका हुन । काठमाडौंको ठूला होटेलमा महंगो हुने भएकाले पनि युवापुस्ता डाडाकाडाँ खोज्दै जान थालेका छन। सस्तो, एकान्त र आनन्द हुने भएकोले पनि युवापुस्ताको रोजाइले होटेल तथा रिसोर्टको आन्दानी बढाउदै लगेको छ । फस्टाउदो व्यापारले गर्दा होटेल तथा रिसोर्टले लगानी पनि बढाउदै लगेको अनुमान लगाउन सकिन्छ । एउटा ठाउँमा नभएको पनि एक दर्जनवढि होटेल तथा रिसोर्ट खुलेका छन् । अझ कतिपय ठाउँमा त होमस्टेले पनि सुनमा सुगन्ध थपिदिएको छ । 
 

प्रतिकृया दिनुहोस

खाना पारखीकालागि भोलीदेखि भृकुटीमण्डपमा खाद्य मेला

काठमाडौं, ९ फागुन । खानाका पारखीकालागि खुसीको खवर । हुन त राजधानीमा धेरै प्रकारका रेष्टुरेन्टहरु खुलेका छन् । तर, ति सवै रेष्टुरेन्टमा स्वस्थ्यका

आहा ! गुन्द्रुकको अचार र लोकल कुखुराको झोलसंग त कुरै छाडौँ

काठमाडौं २७ मंसिर । केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा लन्चमा ढिँडो लिइरहेका थिए खोटाङ, वुईपाका सन्देश

वीक ईन्ड मेन्यू : घुम्दै खानुको मज्जै बेग्लै

घुम्दै खानुको मज्जा खाना पारखीहरु हप्तै पिच्छे नयाँनयाँ रेष्टुरेन्टको खोजीमा हुन्छन । कतिपय खाना पारखीहरु विज्ञापन हेरेर त कतिपय पत्रपत्रिकामा