डेढ दशकको यूरोप बसाई त्यागेर बाबुराम श्रेष्ठले सुरु गरे नेपालमै व्यवसायिक कालिज पालन

२०७५ माघ ५ शनिबार १९:२६:०० मा प्रकाशित

पहिलो लटमा दश हजार कालिज

मनोज श्रेष्ठ

halokhabar

काठमाडौं, ६ माघ । पुख्यौली घर पाल्पा भएका बाबुराम श्रेष्ठको कृषिमा केही गर्ने सोच पहिलेदेखि कै हो । त्यही अठोटलाई मूर्त रुप दिदै कालिज पालन गर्ने निचोड निकाले । डेढ दशक यूरोप बसाई क्वीट गर्दै उनी नेपाल पनि फर्किए । 
लामो अध्ययनपछि उनले नेपालमा कालिज पाल्ने सोच बनाएका हुन । त्यसपछि छ जनाको टीम समेत तयार पारे । र, उनी कालिजबारे अध्ययन गर्न तिर लागे । फ्रान्समा कालिज सम्वन्धी तीन महिना तालिम लिए । त्यतिले पनि उनलाई पुगेन । अरु छ महिना कालिज विषयमा अध्ययन गरे । नौ महिनाको अध्ययन र प्रयोगात्मक तालिमपछि वल्ल उनले कालिज व्यवसाय सुरु गरे । झण्डै नौ, दश महिना पहिले उनले फ्रान्सबाट कालिजको अण्डा लिएर आएका हुन । अहिले पहिलो लटको कालिज विक्री गर्न योग्य भएका छन् । यस विचमा उनले भारतमा पोल्ट्री एक्पोमा समेत गएर अध्ययन गरेका थिए ।
दक्षिणकाली नगरपालिकाको चाल्नाखेल क्षेत्रमा ११ रोपनी जग्गा भाडामा लिएर उनीहरुले एभरेष्ट वाल्डलाईफ एग्रो एन्ड रिसर्च सेन्टर संचालनमा ल्याएका हुन । सेन्टरका प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका बाबुराम श्रेष्ठ भन्छन्, ‘कुनै पनि व्यवसाय गर्नु छ भने पहिले त्यस विषयमा पढ्नुपर्छ, गहिरो अध्ययन गर्नुपर्छ र मात्रै सफल भईन्छ ।’ 
नेपालमा हल्लाका भरमा यस्ता व्यवसायहरु घाटामा गईरहेको सन्दर्भमा उनी भन्छन्, ‘व्यवसाय वुझेर गर्ने हो भने सवै जनाको राम्रो हुन्छ ।’ 

फ्रान्सबाट १० हजार २७५ वटा अण्डा लिएर आएका श्रेष्ठको चर्चा जताजतै छ । राजधानी नजिकै काजिल पालन व्यवसाय सुरु गरेका श्रेष्ठ दोश्रो लटको अण्डा लिन फेरि यूरोप हानिएका छन् । विस्तारै मागहरु बढ्दै जान थालेपछि नेपालमै अण्डा र चल्ला उत्पादन गर्ने तयारी भईरहेको श्रेष्ठ बताउँछन् । तर, व्यवसाय विस्तार गर्न बैंकबाट ऋण लिन खोज्दा पाउँन नसकेको उनको गुनासो छ । ईन्सुरेन्स, बैंक ऋण, अनुदान जस्ता कुराहरु असल तरिकाले व्यवसाय गर्न खोज्नेलाई निक्कै गाह्रो भएको अनुभव उनीसंग छ । 

सुरुमा नेपाल फर्किएर वुटवलमा फर्निचर पनि संचालन गरे । त्यतिले पनि नपुुगेपछि उनले साथीहरुसंग लिमेर कालिज पालन व्यवसायमा हात हालेका हुन । सुरुमा ल्याईएका अण्डाहरु नेपालमै कुखुकै ह्याचरीमा ह्याच गरेका थिए । तर, त्यसबाट राम्रो रिजल्ट नआएको उनी वताउँछन् । झण्डै २८ दिनपछि ह्याच भएको कालिजको चल्ला हुर्काउन निक्कै कठिन भएको उनको अनुभव छ । झण्डै ४२ प्रतिशत मात्रै हुर्काउन सफल भएका छन्, उनी ।
अव कालिजको अण्डाकालागि ह्याचरी मेसिन पनि भारतबाट ल्याउँने तयारी भईरहेको उनी बताउँछन् । यूरोप तिर दश यूरो प्रति केजी विक्री वितरण हुदै आएको कालिज श्रेष्ठका टीमले तीन हजारदेखि ३८ सयसम्म विक्री वितरण गरिरहेका छन् । तर, प्रति केजी नभएर सिंगो कालिज नै । एउटा कालिज डेढदेखि दुइ केजीसम्मको हुने उनी वताउँछन् । 

नेपालमा कालिजलाई संरक्षण गर्न कालिज मार्न बन्देज छ । जंगलमा छोड्न र जिउँदो विक्रीवितरण गर्न नदिने सर्तमा उनीहरुले कालिज पालन गर्ने स्वीकृति पनि सरकारबाट पाएको छ । संरक्षित कालिजसंग क्रस नहोस भनेर यस्तो सर्त राखेको हुनसक्ने श्रेष्ठ वताउँछन् । ‘जंगलमा छाड्दा रैथाने कालिजसंग क्रस हुनसक्छ भनेर पनि यस्तो गरेको हुन सक्छ’, श्रेष्ठ भन्छन्, ‘लोपोन्मूख कालिज अहिले नेपालमा ७, ८ प्रजातिका छन् । यी जातहरुको गरिमा बचाई राख्न राखिएको सर्त हामीले मन्जुर गरेका छौ ।’

विस्तरै स्वीकृती पाएमा मृग, बदेल, अट्रिच, ईमो पाल्ने सोच पनि छ, उनको । झण्डै ५० को हाराहारीमा पुगेका श्रेष्ठको उर्जा अझै घटेको छैन भन्ने उनको योजनाले पनि पुष्टी गर्छ । छ देखि ८ महिनाभित्र विक्री गर्न योग्य हुने कालिजलाई व्यवसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनीहरुको छ । यूरोपतिर यो प्रजातिका कालिजको वजन अढाई केजीसम्म बनाउछन् । रिङ नेक र क्रस अमेरिकनलाई क्रस गराएर उत्पादन गर्नाले यसको वजन बढी हुन्छ । तर, नेपालमा केही गाह्रो हुने उनी बताउँछन । 

एभरेष्ट वाल्डलाईफ एग्रो एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृतका रुपमा बाबुराम श्रेष्ठ छन् । त्यस्तै अध्यक्षमा शुशिल भट्टराई, सचिवमा ज्ञानेन्द्र तिमल्सिना तथा सदस्यहरुमा नरेस शाही, दिलु पन्त, दिपक दवाडी छन् । तिमल्सिना पनि यूरोपमै दश बर्ष काम गरेर फर्किएका हुन । यही टीमले बागबजारमा कालिज रेष्टुरेन्ट पनि संचालनमा ल्याएका छन् । यहाँ कालिजका परिकारहरु पाईन्छ । लगभग कालिज फार्ममा मात्रै डेढ करोडको हाराहारीमा लगानी भएको श्रेष्ठ बताउँछन् । 

यस फार्ममा लगभग दश हजार अट्ने घरहरु निर्माण गरिएको छ । साथै, चार, पाँच जना कर्मचारीलार्य आवास सुविधा पनि दिईएको छ । प्राविधिक रुपमा पनि कामदारलाई दक्ष बनाउँदै लगेका कारण आउँदो लटमा कालिजहरु धेरै नमर्ने अनुमान उनको छ ।सुरुमा बाख्रा पाल्ने सोचले तीन महिना यूरोपकै एक जंगलमा भएको बाख्राको खोरमा बसेको तालिम लिए । तर, पाल्पामा काम गर्ने कर्मचारीको अभाब लगायतका कुराले गर्दा त्यो गर्न सकेनन् । त्यसपछि बुटवल झरेर फर्निचर खोलेको थिए । विदेश जानुअधि रेसम खेती पनि गरेको थिए, उनले । तर, भनेजस्तो नभएपछि छाडेर विदेश लागेका थिए, उनी । 

उनी कालिजको अण्डा लिन तथा परिवार भेट्न यूरोप गएको दुई हप्ता पुग्न नपुग्दै साथीहरुले फोन गरेर प्रश्न गर्छन, ‘कालिजको बा, छोराछोरी रुन थालिसके, छिटो नेपाल आउँने होइन ?’ आउँदो बर्ष ४० हजार चल्ला उत्पादन गर्ने सोच छ, यस फार्मको । यसअघि पोखरामा पनि कालिज पालन भईरहेको छ । तर, यहाँबाट भने एकदमै व्यवसायिक रुपमा अगाडि बढाईरहेका छन् । भाले–पोथी दुवैलाई अण्डाको लागि पनि तयार पार्दै लैजाने योजनामा उनीहरु छन् । 


 

 

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्