दार्चुलामा यसवर्ष यूरोपबाट ल्याइएको साढे बाह्र हजार स्याउको विरुवा रोपिने

२०७५ माघ ४ शुक्रबार ११:३५:०० मा प्रकाशित

स्याउका बोटहरुमा ७० प्रतिशतसम्म अनुदान

मुकेश पाल 

halokhabar

दार्चुला, ४ माघ । दार्चुला जिल्लामा चालु आर्थिक वर्ष भित्रै १२ हजार ६ सय स्याउका बोटहरु रोपिने भएको छ । जिल्लाका प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाले दार्चुलालाई स्याउ जोन घोषणा गरेको छ । परियोजनाले यस वर्ष झन्डै एक लाख स्याउको विरुवा वितरण गर्दैछ । स्याउ जोन लागू भएका स्थानिय तहहरुमा उक्त संख्याका गाला र फुजी जातका उच्च प्रविधिका स्याउका बोट रोपिने परियोजनाका सुचना अधिकारी हरि दत्त जोशीले वताए । 
इटलीबाट आयात गरिने उक्त जातका स्याउका बोट ६ सय तथा नेपालको जुम्ला, मनाङ र मुस्ताङबाट आयात गरिने रोयल र गोल्डेन जातका कलमी स्याउका १२ हजार बोट रोपिने उनले वताए । इटलीबाट आयात हुने गाला र फुजी जातको स्याउ रोपेको २ वर्ष देखी फल्न सुरु गर्ने उहाले बताए । परियोजना लागू भएका स्थानिय तहका कृषक समुह, संस्था र उद्यमीहरुको मागका आधारमा स्याउका बोटहरु माग गरिएको छ । 
स्याउका बोटविरुवाहरु वितरण हुने र वेरोजगार युवाहरुले रोजगार पाउने भएका छन् । दार्चुलाका ब्याँस, अपिहिमाल र नौगाड गाउँपालिकामा स्याउ जोन कार्यक्रम लागु भई सकेको छ । ति स्थानिय तहका कृषकहरुलाई जीवन निर्वाहका लागी सहज समेत हुने भएको छ । जिल्लामा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना लागु भएकोमा स्थानिय कृषकहरु खुसी भएका छन । आफ्नै खेतमा उत्पादन भएको स्याउलाई विकृ गर्दा घरायसी खर्च चल्छ हामीलाई आर्थिक समस्या हुदैनन् ब्यास गाउँपालीकाका स्थानिय कृर्षक रामदत्त भटटले भने । 
इटलीबाट स्याउका बोटहरु ल्याई ७० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिने तथा उन्नत जातको कलमी बोट ५० प्रतिशत अनुदानमा वितरण गरिने जोशीले वताए । आठ वर्षमा ५ सय हेक्टर क्षेत्रफलमा स्याउको क्षेत्र विस्तार गर्ने उद्देश्यका साथ यस वर्ष १२ हजार ६ सय स्याउका बोट रोपिन लागेका हुन । स्याउका बोटहरुको माग बढदै गएकोले आवश्यकता अनुसार नै बोटहरु वितरण गरीने उनले बताए । 
इटलीबाट आयात गरिने गाला र फुजी जातको स्याउको एक बोटको मुल्य ११ सय ५० र उन्नत जातको कलमी बोटको मुल्य प्रति बोट ५० रुपैया पर्ने छ । ईटलीबाट आयात गरिने गाला र फुजी स्याउका बोटहरु १ हेक्टर क्षेत्रफलमा १४ सय बोटहरु रोप्न सकिने सुचना अधिकारी जोशीले वताए । जिल्लाका ब्याँस अपिहिमाल गाउँपालिका पुरै र नौगाड गाउँपालिकाको जात्रा र लक्सेरी क्षेत्रमा स्याउ उत्पादन हुने गरेका छन् । स्याउ चिसो र उच्च हिमाली क्षेत्रमा उत्पादन हुने गर्दछ । 
स्याउका लागी जति चिसो भयो त्यती नै राम्रो हुने गर्दछ । जिल्लाका ब्याँस अपिहिमाल गाउँपालिकाका पुरै र नौगाड गाउँपालिकाको जात्रा र लक्सेरी क्षेत्र अरु ठाउँको भन्दा चिसो हुने ठाँउ भएकाले स्याउ उत्पादन हुने क्षेत्रका रुपमा लिएर स्याउका बोटहरु वितरण गरीन लागेको हो । पछिल्लो समय लोक्कल र स्थानिय स्तरमा फलेको स्याउको माग बढदै गएकोले पनि स्याउका बोटहरुको माग बढदै गएको छ । बजारमा स्थानीय ठाउँमा उत्पादन भएकोले पनि बजारमा माग बढेको हो । विना औषधि र स्वच्छ गरी उत्पादन गरीने भएकाले स्थानिय स्याउनको मागमा वृद्धि भए संगै बजार पनि लिन थालेको पाईन्छ । 
 

प्रतिकृया दिनुहोस

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कास्की, १० फागुन । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र

व्यावसायिक कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको

अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

बेझाड, २८ माघ ।  विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी