सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

२०७५ पौष २९ आइतबार १९:५७:०० मा प्रकाशित

हलोखबर

halokhabar

      
    सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको संक्रमण फैलिएर किसान समस्यामा परेका छन् । 

    सुन्तलामा बोक्रा कुहिने देखि रुख सुक्ने समस्या देखिएको सुन्तला उत्पादक अङ्गेश्वर डाँगीले बताउँछन् । सोकोे नियन्त्रणमा सरोकारवालाको ध्यान पुग्न नसकेमा झन समस्या आउने उनले जानकारी गराए । सुन्तलामा क्याङकर भाइरसका कारण रुखमै बोक्रा कुहिने समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख हनुमान प्रसाद यादवले बताए । सिक्टासिला भाइरसका कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको हुन सक्ने उनले जानकारी दिए । सुन्तलाका बोटमा पात पहेँलो हुदै जाने, प्रत्येक वर्ष फल सानो हुँदै जाने तथा फलमा स्वाद हराउदै जाने समस्या देखिएको बताइएको छ ।

    सुन्तलामा रोगकिराको समस्या बढ्दै गएपछि न्युनिकरणका लागि पहल शुरु गरिएको नगर प्रमुख लोकमान वुढाथोकीले जानकारी दिए । उनले भने, ‘मैले यसका जानकारसँग सम्पर्क गर्दा रोग लागेको रुख र फलको नमुना २४ घण्टा भित्र काठमाडौँ प्रयोगशालामा पुग्ने गरि पठाउनुपर्ने रहेछ ।’  ल्याव टेष्टबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा रोग नियन्त्रणका लागी ठोस योजना ल्याइने उनले बताए । एक वर्षमा एउटा किसानका १० देखि २० वटा सम्म सुन्तलाका बोट तथा हाँगा सुक्न थालेका छन् । सुन्तला उत्पादक किसान भरतनाथ योगीले कोटमौलामा मात्रै पाँच सयदेखि एक हजारको हाराहारीमा बोटमा रोग फैलने गरेको छ ।
 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा