खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

२०७५ पौष २९ आइतबार १९:३३:०० मा प्रकाशित

हलोखबर

halokhabar

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३ क्विन्टल चामल खरिद गरेको हो ।  सरकारले प्रतिक्विन्टल दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि ४०० क्विन्टल धान खरिद गर्दै आएको छ । चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य लिएकामा संस्थानले हालसम्म ३३ प्रतिशत लक्ष्य प्राप्ति गरी उक्त मूल्य बराबरका धान खरिद गरेको शाखा प्रमुख अम्विकाप्रसाद घिमिरेले बताए । 
निजी क्षेत्रका व्यापारीले प्रतिक्विन्टल दुई हजार ५०० मा धान खरिद गर्दै आइरहेका छन् । निजी क्षेत्रका गल्ला व्यापारी उधारोमा धान खरिद गर्ने गरेको भए पनि संस्थानले नगदमा धान खरिद गर्दा कतिपयले संस्थानलाई नै बेच्दै आइरहेका छन् । संस्थानसँग जापान सरकारले दुर्गम क्षेत्रका लागि अनुदानमा दिएको जापानी चामल दुई हजार ४०० क्विन्टल, जिरा मन्सुली छ हजार क्विन्टल र सोना मन्सुली एक हजार क्विन्टल मौज्दात अवस्थामा रहेको छ । संस्थानसँग ६० हजार क्विन्टल क्षमताका छ गोदाम रहेका छन् । संस्थानले उत्पादन गर्ने चामल पर्सा, रौतहट, मकवानपुर र भरतपुर कारागारलाई समेत बेच्दै आएको छ । 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा