रुकुम पूर्वका किसान प्राविधिकसहित स्याउसँगै तरकारी खेती गर्दै

२०७५ पौष २८ शनिबार १०:३१:०० मा प्रकाशित

हलोखबर

halokhabar

रुकुम (पूर्व), २८ पुस । जिल्लाको भूमे गाउँपालिकाका२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ । स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । 

द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरीसमेत निर्माण गरिएका छन् । गत साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सीमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाँजर लगाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । मारिङमा यस अघिनै स्याउ लगाइएको छ”, उनले भने, “तिनको संरक्षण जरुरी भयो र उचाइमा भएका कारण पनि फलफूल उच्च पहाडी तरकारी र वन अनुसन्धान केन्द्र बनाउनका लागि अनुसन्धान शुरु गरिएको छ । ” नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारीइसकेको छ । हाल उक्त ठाउँ धेरै चिसो भएकाले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ ।

फागुनदेखि तातो मौसम शुरु हुने भएकाले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ । स्याउको संरक्षण पनि हुने र अरु कृषि तथा वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । प्राविधिकले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् । सो क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष बुढामगर बताउँछन्। वातावरणीय हावापानी र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुनलायक ठाउँ भएकाले सम्भाव्यता अध्यन भइरहेको उनले बताए । 

स्थानीय सरकार भएपछि उक्त ठाउँमा रु २० लाख खर्च भइसकेको र थप रु २५ लाख खर्च गर्ने तयारी भइराखेको छ । गत आर्थीक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण, खानेपानी र सिँचाइलगायत काम गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंङ श्रेष्ठले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि औंजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ । रासस

 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा