कृषि केन्द्रिय संघलाई कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार

२०७५ पौष २८ शनिबार ०८:५६:०० मा प्रकाशित

हलोखबर

halokhabar

ललितपुर, २८ पुस । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरेको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवसरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रिय संघलाई प्रदान गरिएको हो । 
नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहति सम्मान पत्रले पुरस्कृत गरिएको हो । 
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए । 
अध्यक्ष बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपउन्मुख, पिछडीएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भुमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताए । 
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्रप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताउनुभयो । उनले आगामी दिनमा अफ्ना कार्यक्रमरुलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडी बढ्ने चुनौती थएिको भन्दै यसका नेपालमा सरकार, सहकारी र निजी क्षेत्रको सहभागीतमा विकास र परिवर्तनको साझा मुद्धालाई एकैसाथ अगाडी बढाउने विश्वास व्यक्त गरे ।  
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्या प्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगाएतले कृषि सहकारीले समाज सुधारका लागि गरेको काम प्रति खुसी व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि कृषि उत्पादन, उत्पादकत्व बढाउनका साथै सदस्यहरुको जीवन सुधारका लागि काम गर्न पनि शुभकामना दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा