भेटनरी डाक्टरले पालेकै वोईलर कुखुरा स्वाहाँ !

२०७५ पौष २७ शुक्रबार १६:२९:०० मा प्रकाशित

हलोखबर

halokhabar

सर्लाही, २७ पुस । सर्लाही जिल्लाको वरहथवा नगरपालीका वडा नं. ५ का कुखुरा ब्यवसायी डा. रामकिशोर महतोले पालेको कुखुरा मरेपछि उनलाई टाईको दुखाई भएको छ । उनले पालन गर्दै आएको २५ दिनमै आधा भन्दा वढी कुखुरा मर्दा उनलाई अढाई लाख रुपैयाँ घाटा लागेको छ । वोईलर जातका कुखुरा यहि पुस २ गते एक हजार वटा कुखुरा हालेका थिए । महिना दिनकै अवधिमा ६ सय ५० वटा मरिसकेको उनले जानकारी दिए । सुरुमा सर्लाहीको ठुलो वजार कुखुरा सप्लायर्सवाट प्रति कुखुरा ४ सयका दरले खरिद गरेर ल्याएका थिए । जम्मा हिसाव गर्दा अहिलेसम्म अढाई लाख वरावरको नोक्सान भएकोमा उनी चिन्तित छन् । 


उनी भन्छन, ‘म आफै भेटनरी डाक्टर हुँ, मैले जाँच गर्दा कुखुरामा पानीको कमीका कारण मृत्यु भएको अनुमान गरेको छु ।’ एक हजार वटा कुखुराका ४ लाख रुपैयाँ तिरेर सवै कुखुरा ल्याएका थिए उनले ।  ‘पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा भनेर सुरुमा ब्यवसाय सुरु गरे अहिले अवस्था यस्तो आयो’ उनले भने । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त मानिने पेशा हो । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन पुगेको छ ।


यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादनको विक्री वितरणले एक दुई महिनामानै लगानी उठाउने सोच वुनेका महतो लाई वज्रपात भएको छ ।आफु स्वयम डाक्टर भएकाले यो व्यवसाय गर्न धेरै ठूलो समस्या होला जस्तो उनलाई लागेको थिएन ।नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध नभएका होइनन् । साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ तर उनले सुरुमै १ हजार खुकुरा राखे । 

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय