यस वर्ष ७० वटा बालीका ६४२ प्रजातिका बाली तथा जातहरु सूचिकृत (पूर्ण विवरण सहित)

२०७५ पौष २७ शुक्रबार ०९:०९:०० मा प्रकाशित

हलोखबर

halokhabar

राष्ट्रिय बीउ बिजन समिति आर्थिक वर्ष २०७४/७५ मा ७० वटा बालीका ६४२ प्रजातिका जातहरु सूचिकृत गरेको छ । कृषि विकास मन्त्रालय अन्तर्गत बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवनले प्रकाशन गरेको यस सूचिमा नेपालमा हालसम्म उन्मोचन तथा दर्ता प्रक्रियाबाट सूचित भएक बाली/जातहरुमध्ये अन्नबाली अन्र्तगत मुख्यतय चैते धान, वर्षे धान, मकै, गहुँ, कोदो, जौ, फापर रहेका छन् । त्यस्तै दलहन तर्फ भटमास, मुसुरो, चना, बोडी, रहर, मास, मुङ रहेका छन् । भने तेलहनतर्फ बदाम, तोरी, रायो र तील रहेका छन् । औधोगिक बालीतर्फ सूर्ति, कपास, उखु, जुट, अदुवा, हलेदो÷बेसार तथा तरकारीबाली तर्फ आलु, काउली, मूला, सलगम, रायो साग, प्याज, गोलभेँडा, गाजर, बन्दा, तनेबोडी, घिउँ सिमी, केराउ, भेडे खुर्सानी, खुर्सानी रहेका छन् । त्यस्तै तरकारीबाली तर्फ नै भण्टा, घिरौला, काँक्रो, स्क्वास फर्सी, स्वीस चार्ड, तीते करेला, पालुँगो, ब्रो काउली, तर्बुजा, फर्सी, लौका, पाटे घिरौला, धनिया, चिचिण्डा, कुरिलो, पार्सले, ग्याँठकोपी, पाकचोय, जिरीको साग, चुकन्दर र चाईनिज बन्दा रहेका छन् । त्यसैगरी, घाँसे बालीतर्फ जौ, सेतो क्लोभर, बर्सिम, राईघाँस, टियोसेन्टी, कमन भेच, स्टाईलो, कक्सफुट, नेपियर, सेटारिया रहेका छन् । फलफूल बालीतर्फ कागती लगायतका रहेका छन् । विस्तृतमा तलको बक्समा हेर्नुहोला । 


 

प्रतिकृया दिनुहोस

आधुनिक घाँस उत्पादन कसरी गर्न सकिन्छ ? (उत्पादन विधि) 

काठमाडौँं, २४ पुस । पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको

कसरी गर्न सकिन्छ बााख्रापालन ? (टीप्सहरु)

परिचय : बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध

यो साता खाद्यान्न, फलफूल, तरकारी, घाँसेबालीहरु तथा गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, बंगुर, मत्स्यपालन गर्दा मौषमले साथ दिन्छ ?

  जिल्लाहरु झापा, मोरङ्ग, संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, दोलखा, महोत्तरी, काभ्रेपलाञ्चोक, बारा, धादिङ, चितवन, कास्की, मुस्ताङ्ग, पाल्पा,