आयतमात्रै होइन, निर्यात पनि हुन्छ नेपाली माछा !

२०७५ पौष २७ शुक्रबार ०८:४८:०० मा प्रकाशित

बार्षिक ६० लाख रुपैँयाभन्दा बढीका माछा भारतमा विक्रीवितरण

हलोखबर

halokhabar

कन्चनपु, २७ पुस । भारतबाट झण्डै ८० प्रतिशतसम्म माछा आयात हुदै आएको सर्वविदित्तै छ । माछा मात्रै नभएर अन्य थुप्रै कृषिजन्य तथा अन्य वस्तुहरु नेपालले निर्यातको तुलनामा झण्डै ४ गुणा आयात गर्दै आएको छ । तर, यस्ता केही ठाउँका कृषकहरु पनि छन् कि उनीहरुले भारतमा निकासी पनि गर्छन । त्यसै मध्येका एक हुन, कञ्चनपुर, बेलौरी नगरपालिका–२ स्थित बन्दातालका सोवरन राना । उनले बार्षिक ६० लाख रुपैँयाभन्दा बढीका माछा भारत लगायत नेपालकै सीमावर्ती क्षेत्रमा विक्रीवितरण गर्दै आएका छन् । 

माछा पालक कृषक सोवरन रानाका अनुसार आफुले उत्पादन गरेका माछाहरु सीमावर्ती भारतीय बजारमा विक्री हुदै आएको छ । भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन् । बिक्री भएका माछा बाट उनले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । तर, उनले बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी ६० लाख भन्दा रुपैँयाबढी मूल्य बरावरका माछा बिक्री गर्दै आएका छन् । भारतमा मात्रै यस बर्ष उहाँले ५० क्वीन्टल माछा बिक्री गरेको उनले बताए । 

उनले १३ वटा पोखरीमा माछापालन गरेका छन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गर्नुभएको छ । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ । 

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण समेत गरेका छन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उनले जानाकारी दिए । रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दैएका छन् । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गरेका छन् । उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरेका छन् । 

पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन् । उनले तीस जनालाई रोजगारी समेत दिएर जिल्लामै नमुनाको रुपमा परिचित छन् । 

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय