वन प्रजातीको विउँ उत्पादनमा अग्रणी बन्दै न्याफ्स्कोल कृषि

२०७५ पौष २६ बिहीबार २०:३५:०० मा प्रकाशित

प्रेमराज जोशी

halokhabar

काठमाडौँ, २७ पुस । हुन त नेपाल सरकारसंग कृषि बनको अवधारणा नै छैन । यदाकदा बन मन्त्रालयमा छलफल हुने गरेपछि यसले व्यवसायिक रुप लिन सकेको छैन । नीजि कम्पनीहरुले गरेका केही बन नभएका होइनन्, तर भनेजस्तो तरिकाले नेपालमा अझै यसको विकास हुन सकेको छैन । जस्तै मलेसियाको उद्हारण लिने हो भने जताजतै पामओइलको रुखहरु मात्रै रोपेको देख्न सक्छौ । यसले बन र बनस्पतीको काम पनि गर्यो । संगै पाम ओइल उत्पादनगरी विश्वभर तेल निर्यात पनि भयो । तर, नेपालमा यस्तो कुराको परिकल्पना पनि गर्न सकिदैन् । 


सरकारले गर्न नसकेपनि न्याफ्स्कोल कृषि बनले विगत एक दशकदेखि यस कुरामा प्रयासरत छ ।  विगत लामो समयदेखि न्याफ्स्कोल कृषि वनले विभिन्न प्रजातीका विउँहरु संकलन गरी विक्री वितरण समेत गरिरहको छ । २०६६ सालवाट यो संस्थाले वन प्रजातीका विउँहरु, विभिन्न जडिवुटीका विउँहरु, सजावटी विउँहरु, धार्मीक वोट विरुवाका विउँहरु, डालीघाँस, भुईघास, वहुआयामिक र हरीयो मलवारमा प्रयोग हुने प्रजाति अन्न तरकारी फलफुल तथा नगदेवालीहरुको विउँ उत्पादन संकलन गरी विक्री वितरण गर्दै आइरहेको न्याफ्स्कोल कृषि वनका ब्यवस्थापकीय निर्देशक रामप्रसाद गौतमले वताए । यो सँगै संकलित विउँहरुवाट एग्रोफरेष्टी नर्सरी प्रालिले सिन्धुपाल्चोकमा ५० रोपनी जमिन भाडामा लिई नर्सरीवाट वोटविरुवा उत्पादन गरिरहेको छ ।


सुरुमा २०६६ सालमा भारतको देहरादुनवाट विउँल्याएको र पछि यो संस्थाले किसानहरुलाई प्रशिक्षण दिई माउँ रुखवाट विउँ संकलन कार्य गरीएको निर्देशक गौतमले वताए । सुरुमा भारतवाट विउँ ल्याउँदा समयमै भनेजती विउँ नपाउँने र नेपालमै उत्पादन गर्नुपर्छ भनेर विउँ उत्पादन संकलन र प्रशोधनको कार्यमा लागेको उनको भनाई छ । नेपालका ७७ वटा जिल्लाका स्थानिय तह, जिल्ला वन तथा विभिन्न नर्सरीहरुमा यहाँ संकलन भएको विउँहरु जाने गर्दछ । त्यसैगरी जैविक खाद्य तत्व कृषि औजार मल भारतवाट आयात गरी विक्री वितरण समेत गर्ने गरेको छ ।


सिन्धुपाल्चोकमा ५० रोपनी संस्थाका सदस्यहरुकै जमिन ३० वर्षको लागि भाडामा सम्झौता गरी नर्सरीवाट वोटविरुवा समेत उत्पादन भैरहेको छ । यो संस्थाले रोपनीको वार्षिक २ हजारका दरले १ लाख रुपौयाँ भाडाँ तिरिरहेको छ । जडिवुटीमा सवैभन्दा महंगो सतुवाको प्रतिकिलो ७५ हजार रुपैया, धार्मीकवोट रक्तचन्दनको प्रतिकिलो ८ हजार, काठमा महअग्नी ६ हजार ५ सय पाउँलोसिया १ ह्जार देखी १५ सय सम्म रुपैयाँ पर्ने गर्दछ । संकलन भएको १ हजार १ सय ५८ प्रजाति मध्ये १ सय ५० वटा प्रजातिका वोटहरुको विउँको अनुसन्धान भएको छ ।


यस सम्वन्धी सरकारको कुनै नीति नियम नभएको भन्दै वाहिरी देशहरुवाट आयातित विरुवा र विउँमा सरकाले पुर्ण रुपमा निगरानी गरे किसानहरुले उत्पादन गरेको वोटविरुवाहरुले वजार पाउने उनले वताए । सरकारले निती नियम कडा वनाई गुणस्तर कायम गरे किसानहरुले उत्पादन गरेको विरुवाले वजार पाउने र किसानहरुलाई काम गर्न मन लाग्ने भन्दै नेपाली उत्पादनलाई प्राथमिकता दिदै आयातित चिज लाई पुर्ण रुपमा वन्द गरे किसाहरुको लगानी नढुब्ने गौतमको भनाई छ ।

न्याफ्स्कोल कृषि वनले नेपालमा लामो समय देखी विभिन्न जिल्लाहरुवाट फरफरक प्रजातिक वोटविरुवाहरुको विउँ संकलन, उत्पादन र प्रशोधन गरी विक्री गरीरहेको भन्दै उहाँले आयातीत विउँ विरुवमा प्रतिवन्ध भए किसानले राम्रो उत्पादन गरी जिविको पार्जन गर्ने वताए । किसानहरुले विउँ किनेर विरुवा उत्पादन निकै मिहेनत र परिश्रमका साथ गरे पनि वजारको राम्रो ब्यवस्थापन नहुदा चिन्तित हुन पुगेका छन् ।
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको