हिमपातको भरमा बाँचेका पश्चिम नेपालका बासिन्दा हिउँ परेपछि हर्षित

२०७५ पौष २६ बिहीबार १०:०९:०० मा प्रकाशित

मुकेश पाल

halokhabar

दार्चुला, २६ पुस । हिउँ नपर्दासम्म दार्चुलाबासी पुरै चिन्तामा डुवेका थिए । किनभने समयमै पानी नपर्दा उनीहरुले लगाएको हिउँदेबारी गहुँ सुक्न थालेका थिए । तर, हिउँ पर्नाले मर्न लागेको गहुँले नयाँ जीवन पाएपछि पश्चिम नेपालका किसानहरु खुसी भएका हुन । तर, केटाकेटी र बुढाबुढीलाई भने हिउँपसंगै बढेको चिसोले प्रभावित पारेको छ । हुन त यो समस्या दार्चुलाको मात्रै नभएर समग्र देशकै हो । सिँचाई सुविधा नहुँद किसानहरु आकासे पानीको भरमा बाच्नुपर्ने अवस्था छ । 


उच्च हिमाली क्षेत्रहरुमा हिमपात हुदा यो हप्ता चिसो बढेको छ । दार्चुला लगायतका जिल्लामा परेको हिउँका कारण जनजिवन भने सामान्य प्रभावित भएको छ । दार्चुलाको अपि हिमाल गाउपालिकाका उच्च हिमाली क्षेत्रहरुमा हिमपातका कारण राप्ला, खण्डेश्वरी, छाङरु, व्यास, तिङकर लगायतका बासिन्दा बढी प्रभावित भएका छन् । हिमपात सँगै हावाहुरी पनि बढेको हुदा झन चिसो भएको छ । मंगलवार र वुधवार पनि मौसममा परिवर्तन आउन नसक्दा अझै हिमपात हुन सक्ने र चिसो पनि बढने सम्भावना रहेको छ ।

२/३ दिन पहिले देखि आएको मौसम परीवर्तनले गर्दा एक्कासी परेको हिमपातले चिसो पनि बढाएको छ साथ साथै हावाहुरी पनि बढि चली रहेको छ । जस्का कारण बालवालिका र वृद्धवृद्धा बढि प्रभावित भएका छन । चिसो बाट बच्नका लागी उच्च हिमाली क्षेत्रका धेरै जसो वासिन्दाहरु यो भन्दा पहिले वेशी तिर झरी सकेका छन् । अरु वर्ष मंसिर महिनाको सुरु तिर र पुषको पहिले साता हिमपात हुने गरेको भए पनि यस वर्ष भने पुसको अन्तिम साता तिर हिमपात भएको छ ।


हिमपात सँगै बढेको चिसोले बालवालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भए पनि अहिले सम्म कुनै पनि अप्रीय घटना भने घटेको छैन । उच्च हिमाली क्षेत्रमा हिमापात हुँदा पश्चिम तिरका किसानहरुलाई भने खुसी छाएको छ । लामो समयकोे खडेरी पश्चात परेको हिमपातले पश्चिम तिरका किसानहरु खुसी भएका छन । लामो समय देखि पानी नपरेकोले खेतमा छरेको गहुँ राम्रो सँग उम्रन नसक्दा सुक्ने हो भन्ने चिन्ताले किसानहरुलाई सताएको थियो । हरेका वर्ष मंसिर र पुष महिनामा पानी पर्ने भए पनि यस वर्ष पानी नपरेको र साथै यस वर्ष हिउँदे बालीको उत्पादनमा पनि कमि हुने र भोकमरी हुने भन्ने चिन्ता किसानहरुमा छाएको थियो । 


पानी परेका कारण किसानहरु पनि हर्षति भएका छन् । देशै भरि लगायत सुदुरपश्चिमका अरु जिल्लाहरुमा पानी परे पनि दार्चुलामा भने पानीको थोपा सम्म नपरेको र पुसको अन्तिम साता आएर पानी पर्दा हिउदे बाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन । हिमपातले गहुँ लगाउयका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञान केन्द्रको सुुझाव छ । कृषि ज्ञानकेन्द्रका अनुसार हिमपातले हिउदे वाली हुर्कन र वालीको वृद्धि विकासमा सहयोग गर्ने भएकाले समयमै हिमपात हुनु राम्रो रहेको बताए । 


हिमपात सँगै बढेको अत्यधिक चिसोका कारण हिँडडुलमा समेत समस्या भएको स्थानीयहरुको भनाई छ । दार्चुलाका उच्च भाग सेताम्य भएका छन् । हिमपात र पानीले जनजीवन प्रभावित भएपनि किसानहरु भने खुसी भएका छन् । ठीक समयमा पानी परेकोले गहुँ, तोरी, फलफूल र तरकारी खेतीलाई फाईदा पुगेको भन्दै किसानहरु खुसीले गदगद भएका हुन ।  जिल्ला सदरमुकाम तिर घाम लागेको भएपनि अपि हिमाल तिर भने पानी पर्ने सम्भावना रहेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा, सुत्केरी र छाउपडी महिलालाई बढी सास्ती भएको छ । चिसोका कारण त्यहाँका किसानहरुले आगोताप्दै दिन विताइरहेका छन् ।

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३