बृहत अन्तर्राष्ट्रिय प्रर्दशनमा जाऔं, कृषि सन्बन्धी अधिकतम् ज्ञान लिऔं !

२०७५ पौष २४ मंगलबार १६:५६:०० मा प्रकाशित

डेढ दर्जन देशका १५० स्टल

हलोखबर

halokhabar

काठमाडौं, २४ पुस । कुखुरा, माछा, बंगुर, गाईभैसी पालन वा अन्य कुनै कृषि व्यवसाय गर्दै हुनुहुन्छ ?, वा, कृषि क्षेत्रमा प्रवेश गर्ने सोच राख्दै हुनुहुन्छ ?, कि, कृषि पेशा गर्दा ढंग नपुगेर घाटा व्यहोरी रहनु भएको छ ? यदि त्यसो हो भने, तपाईहरु सवैलाई सुवर्ण अवसर छ । कृषिकर्म गर्नेकालागि कुम्भ मेला ‘कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी’ आयोजना हुदैछ, चितवनमा । हुन त कृषि क्षेत्र भन्न साथ धेरैले नाख खुम्च्याउँछन् । यो समयमा कृषि क्षेत्रको विकास गर्न लाग्नु भनेकै आफैमा चुनौती हो । अझ कतिले दुःख पाएछ भन्न समेत भ्याउँछन् । तर, हिम्मत नहार्ने जमातको संख्या पनि विस्तारै बढ्दैछ । यसैको पछिल्लो एउटा उद्हारण मान्न सकिन्छ, कृषि तथा पोल्ट्री सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी ‘तेश्रो नेपाल एग्रीटेक’ । 


कुखुराको राजधानी भनेर परिचित चितवनमा हजार चुनौतीका बाबजुत पनि मिडिया स्पेस सोलुसन्स प्रालिले यस खाले प्रदर्शनी गर्न लागेको हो । आउँदो माघ ११ देखि १३ गतेसम्म गर्न लागेको एक्पोमा विश्वका डेढ दर्जन देशका १५० स्टल रहने प्रालिद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुद्वारा १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । 

यसअघि पनि थुप्रै एक्पोहरु भए । तर, सफल दर्ज हुनेहरुको नाम नगन्य मात्रामा छन् । अझ केही बर्ष पहिले नयाँ बानेश्वरमा आयोजित माछा एक्पोमा त बोहोनी नै नभएजस्तोगरी एक्पो सकियो । प्रचारप्रसार मात्र नभएर राम्रो व्यवस्थापन हुन नसक्दा यस्ता एक्पो असफल भएको पाईन्छ । भलै व्यवसायिक हिसावले हुदै आएको कृषि तथा पोल्ट्री सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनीको तयारी भव्य रुपमा भईरहेको प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । 

उनका अनुसार कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले यस प्रालिले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी गर्न लागेको हो । उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती ,थोपा सिचाई, र बिषादी रहित कृषिका बारेम प्रशिक्षण एवं विभिन्न गोष्ठीहरु समेत संचालन हुने जनाईएको छ । भट्टराईका अनुसार उक्त प्रर्दशनीमा देश भरीबाट लगभग एक लाख भन्दाबढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुलाई प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने जनाईएको छ । 


निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिन देखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीका प्रबन्ध निर्देशक भट्टराईले बताए । 

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।  साथै यो प्रर्दशनी कृषक र उत्पादक कम्पनी बिच कोसे ढुङ्गा सावित हुने कुरा भट्टराईले बताए । 
लहडमा लागेर कृषि व्यवसायमा प्रवेश गर्दा ७० प्रतिशतभन्दा बढि त ढंग नपुग्दा घाटा व्यहोर्छन । तसर्थ, यस्ता मेलामा गएर आधुनिक प्रविधिको अवलोकन तथा जानकारी, विज्ञको सुझाव, यन्त्रीकरणको महत्वबारे मात्रै नभएर आफुले गर्न लागेको व्यवसायको प्रशिक्षण तथा त्यस्ता फार्मको अवलोकन गर्ने हो भने पक्कै पनि तथ्याङ्क उल्टिन्छ । अहिले गरिदै आएको कृषि व्यवसायमा रहर, लहड र विना अनुभव परम्परागत ढंगले गर्दा घाटा व्यहोर्नु परेको अवस्था छ ।
 

कार्यक्रमको विस्तृत जानकारी तलको बक्समा हेर्नुहोला ।
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको