सस्तोमा कुखुराको चल्ला चाहिए राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानमा सम्पर्क राख्नुहोला ?

२०७५ पौष २४ मंगलबार १४:४८:०० मा प्रकाशित

हलोखबर

halokhabar

खुमलटार (ललितपुर), २४ पुस । कुखुरा पालनसंग व्यवसायीलेभन्दा निक्कै कम मूल्यमा सरकारले नै कुखुरा वितरण गर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, नआत्तिनुस, तपाईलाई कुखुरा पाल्न मन छ वा कम रुपैया मै कुखुरा पालन गर्न चाहनुहुन्छ भने राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रष्ठिान अन्तर्गत बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटारमा सम्पर्क राख्नुहोला । 

प्रतिष्ठानकी डा.स्नेही श्रेष्ठका अनुसार ५० रुपैयामै कुखुराको चल्ला यहाँ पाईन्छ । गिरिराजलाई भने ५५ रुपैया पर्छ । तर, वाहिर ९० रुपैयाभन्दा बढी पर्ने गर्छ । झण्डै आधा मूल्यमा यहाँ विक्री हुने एक दिने चल्ला खरिद गर्न भने अग्रिम वुकिङ गर्नुपर्ने प्रावधान रहेको डा.श्रेष्ठले जानकारी दिईन ।  
कृषिजन्य व्यवसायमा कुखुरा पालन गर्नेहरुको संख्या बढ्दो छ । अन्य व्यवसायको तुलनामा कुखुरा पालन फस्टाउँदै जानुमा कम लगानीमा चाँडो प्रतिफल दिनेभएकाले पनि हुनसक्छ । कृषिजन्य व्यवसायमा कुखुरा पालन गर्नेहरुको संख्या पनि बढ्दो छ । अन्य व्यवसायको तुलनामा कुखुरा पालन फस्टाउँदै जानुमा कम लगानीमा चाँडो प्रतिफल दिनेभएकाले पनि हुनसक्ला । कुखुरा पालनमा नेपाल झण्डै झण्डै आत्मनिर्भर हुन लागेको छ । 


प्रतिष्ठानले न्यू ह्यामसायर (रातो भनेर चिनिन्छ), ब्लाक अस्ट्रोलप (जसलाई कालो भनेर चिनिन्छ) र गिरिराज कुखुरा वितरण गर्ने गर्दै आएको छ । न्यू ह्यामसायर र ब्लाक अस्ट्रोलप जातका कुखुराहरु झण्डै झण्डै गाउँघरमा पालिने लोकल जातका कुखुरा झै देखिन्छ । यसको वजन पनि त्यस्तै अढाई केजीसम्मको हुने गर्छ । तर, गिरिराजको वजनभने केही बढी हुने डा.श्रेष्ठ बताउँछिन् । सामान्यतया, तापक्रमको मात्रा नमिलाउँदा पनि कुखुराहरु मर्ने गर्छन । जाडो र गर्मी दुवै सयममा तापक्रमको सन्तुलन मिलाउँन सक्यो भने पक्कै पनि कुखुरा पालन व्यवसाय फस्टाउँदै जाने उनी बताउँछिन् । 


बर्षेनी चल्ला वितरण गर्दै आएको यस प्रतिष्ठानले चालु आर्थिक वर्षदेखि ३५ देखि ४० हजारसम्म एक दिने कुखुराको चल्ला विक्रीवितरण गर्दै आएको छ । यस प्रतिष्ठानमा कुखुरा लिन देशका कुनाकुनाबाट व्यवसायीहरु आउँने गरेको डा.श्रेष्ठ बताउँछिन् । बर्षेनी झण्डै पाँच हजारको दरले विक्री संख्या बढ्ने गरेको छ । पहाडसम्मबाट कुखुराको चल्ला माग्न आउँने उनी बताउँछिन । दुई चिकित्सक सहित डेढ दर्जन कर्मचारीले यसको व्यवस्थापन गर्दै आएका छन् । डा.श्रेष्ठ र अर्का डा .निरज बासकोटा मुख्य रहेको कुखुरा तथा बंगुर शाखामा प्रशासन बाहेक कुखुराको स्याहार सुसार गर्नेहरुमा राजकुमार राउत, काजीरत्न महर्जन, राधिका घिमिरे, श्याम खत्री लगायतका छन् । 


दैनिक दुई पटक कुखुरालाई चासो हाल्नुपर्ने हुन्छ । पहिले पहिले एन्टीबायोटिक धेरै चलाउँदा केही समस्या आउँने गरेको चिकित्सक बताउँछन् । त्यसैले प्रोवायोटिक प्रयोगको अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिईन । प्राविधिक विद्यालयबाट ओजेटी गर्न तथा ईन्टर्न गर्न पनि आउँछन । उनीहरुले पनि यस्ता कामहरु राम्रोसंग सिकेर जाने गरेका छन् । चल्ला निकाल्दा ३६ डिग्री सेन्टीग्रेट तापक्रम दिनुपर्ने हुन्छ । र, बाहिर कुखुरा पालन गर्दा पनि यसको तामक्रमको मात्रा मिलाउँनुपर्ने सुझाव चिकित्सकको छ । 


यस प्रतिष्ठानले कुखुरा, बंगुर तथा खरायोसम्वन्धी विभिन्न अनुसन्धान गर्दै आएको छ । कम लागतमा धेरै प्रतिफल दिने व्यवसाय कसरी बनाउँन सकिन्छ भनेर यहाँ पशु चिकित्सकहरु लागि परेका छन् । जस्तै कुखुरा होस या बंगुर वा खरायो नै । यहाँका चिकित्सकहरुले यि जीवजन्तुबारे अध्ययनगरी कम लागतमा बढी प्रतिफल दिने बनाउँन लागि परिरहेका छन् । 

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय