आधुनिक घाँस उत्पादन कसरी गर्न सकिन्छ ? (उत्पादन विधि) 

२०७५ पौष २४ मंगलबार १०:३८:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौँं, २४ पुस । पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । न्याफ्स्कोल कृषि वनका ब्यवस्थापिकीय निर्देशक रामप्रसाद गौतमका अनुसार देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर पुग्दैन । न्याफ्सकोल कषिवनले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन, प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति वा संस्थालाई बिक्रिबितरण गर्ने गर्दछ । त्यहीमध्ये एक प्रमुख काम हो, घास उत्पादन । 


लामो समयदेखि घार उत्पादन लगायत अन्य थुपै्र कामहरु गर्दै आएका गौतम पूर्खाहरुले गर्दै आएको विभिन्न प्रजातिका परम्परागत घाँसहरुले मात्रै गाईवस्तुलाई पुर्याउन नसकिने बताउँछन् । घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले व्यावसायिक पशुपालन गर्ने जमर्कों गरिरहेका वेला पशुपालन व्यावसायबाट फाईदा लिने हो भने पशुपालक कृषकले आधुनिक तथा उन्नत घाँस खेतीगर्न आवश्यक रहेको छ । यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार खेती प्रविधि लगाउतका विभिन्नकुराको अति आवश्यक हुने गौतम बताउँछन् । 
कृषकले घाँस सम्बन्धी पुस्तक, फर्म तथा जानकार व्यक्तिहरुसँग सल्लाह लिएर घाँस खेतीगर्ने तौर तरिकालाई बुझि व्यावसायिक घाँस खेती गर्नाले वजारमा पशुजन्य वस्तुवाट उत्पादित मागलाई पुरा गर्न सजिलैसँग सकिन्छ ।

न्याफ्स्कोल कृषि वनका ब्यवस्थापकीय निर्देशक रामप्रसाद गौतमका अनुसार घाँस खेती गर्ने तरिकाहरु निम्नअनुसार गर्न सकिन्छ । 

घास खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु
प्रायजसो वारीका कान्लाहरुमा खेती गर्ने चलन छैन तर जान्यो भने खेती गर्न नमिल्ने वारीका कान्लाहरुबाट पनि आम्दानी लिन सकिन्छ । स्थानीय डालीघाँसका रुख बिरुवाहरुबाट बाह्रै महिना किसानलाई चाहिने जति घाँस आउदैन । ठीकसँग बेलाबेलामा काटछाँट नगरेमा बालीनालीमा सेप लाग्छ ।  स्थानीय डालेघाँसको रुखहरु अग्लो राख्ने चलन भएको हुँदा घाँस काट्न रुख चढ्ने मान्छे रुखबाट खसेर अंगभंग हुने वा मर्न पनि सक्छ ।
 

.आफुलाई चाहिनेजति डालेघाँसतथा भूईघाँसका बोटबिरुवाहर आफ्नै घर छेउमा नर्सरी बनाएर उत्पादन गर्न सकिन्छ । खेती नगरिने कान्लाबाट फाइदा लिन पोषिलो डालेघाँस र भुईघाँस लगाउनु पर्दछ । कान्लाको डिलमा भूईघाँस लगाउनाले वस्तुहरुलाई घाँस पनि हुन्छ र खेती गरिने पाखो जग्गाबाट बर्षायाममा माटो बग्नबाट पनि रोकिन्छ । घाँस खेती गर्दा मिस्रित डालेघाँस लगाँउदा बढि उपयुक्त हुन्छ । वातावरणमा कार्वनको मात्रा घटाउन सहयोग पुग्दछ । जमिनको उर्वराशक्ति वृद्धि गरिरहन्छ ।
कान्लामा लगाएर फाईदा लिन सकिने पोसिलो भूईघाँसहरु ः
तराई र मध्य पहाडको लागिः एन. वी २१ नेपियर , वन्सो, स्टाइलो, मोलासेस आदि ।
उच्च पहाडको लागिः सेटारिया, क्लोभर (सेतो, रातो, हाइफा), लेस्पेडीजा र राईघाँस आदि ।
 

.घाँस रोपेको डिल मुनि कान्लामा दुईदुई हातको फरकमा जमिनमा जरा तलसम्म जाने, कोषा फल्ने, पोषिलो घाँसपात, स्याउला र बर्षभरी बारम्बार काट्न पाईने रुखहर धेरै अगिलन दिनु हुदैन ।
कान्लामा लगाएर फाइदा लिन सकिने पोषिलो डालेघाँसहरु
बेसीमा किराले नखाने जातको इपिल, क्यालियान्द्रा, गजुमा, भटमासे, रहरी, किम्बु , टाँकी बडहर इत्यादी ।
ठण्डा उच्च पहाडी भेगहरुमाः ठण्डा मन पराउने, कीराले नखाने जातको इपिल, दुधिलो गोगन इत्यादी । ं.

.कान्ला निकै अग्लो छ भने बीच भागमा जात अनुसार दुई हात वा सो भन्दा बढी फरकमा अरु स्थानीय डालेघाँसहरु लगाउन सकिन्छ । जेठ असारमा पानी परिरहेको बेलामा वा बदली दिन पारी बेर्ना सार्नुपर्दछ । अरु हरियो घाँस नपाइने बेलामा घाँस काट्न पाइने र आफ्नो ठाँउमा हुने जातको बिरुवा छान्नु पर्छ । अन्दाजी एक मान्छे भन्दा अग्लो ( करिब २ मिटर ) कान्लामा डालेघाँस्को दुईवटा लाइन (लाम) बनाउन सकिन्छ । यसरी बिरुवा लगाउँदा पहिलो लाइनमा यानै डिलमुनी कोष फल्ने, मलिलो, ओग (सेप) नलाग्ने र जरा गह्रामा नफैलने प्रजाती प्रजाती लगाउनु पर्दछ भने दोस्रो लाइनमा कोषा नफाल्ने र पात फराकिलो हुने जातका डालेघाँस प्रजाती लगाउन सकिन्छ ।

पहिलो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः इपिल, इपिल, भटमासे, रहरी र टाँकी आदि ।
उच्च पहाडको लागिः किराले नखाने इपिलका विभिन्न प्रजाती र अन्य कोशा फल्ने प्रजातीहरु

दोस्रो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः काभ्रो, राईखनायो, कुटमिरो , गेडुलो, कोराइलो , ढैँचा , किम्बु आदि ।
उच्च पहाडको लागि उपयुक्त प्रजातीहरुः चुलेत्रो , राई खनायो , भाटेपिपल, निमारो आदि ।

.यस्तो तीन तहको रोपाईले कान्लाहरु पनि काममा आउने भएकोले कोषे डालेघाँस, अरु जातको डालेघाँस र भूईघाँस पनि पाईने भयो । केहि दाउरा पनि आयो र माटो बग्नबाट रोकथाम पनि हुने भयो ।
थाहा पाउनु पर्ने कुरा के छ भने भूईघाँस कम्तिमा ६ महिना र डालेघाँस एकदुई पुगेपछि मात्र काट्न योग्य हुन्छ । डालेघाँस बिरुवाको केही जातलाई अरु बढी समय पनि लाग्न सक्छ । उच्च पहाडी इलाकामा रुखहरु तराईमा भन्दा ढिलो बढ्छन् ।

.इपिल इपिल रोपेको छ, भने वर्षभरी एकनास रुपलेृ घाँस पाउन विरुवालाई हाम्रो छातीको उचाई (३.५फुट) मा काट्नु पर्दछ । घाँस काट्ने बेलामा मोटामोटी एक चौथाई जति पात विरुवामै र रहन दिएमा घाँस छिटो पलाएर आउँछ । घाँस काट्ने विरुवालाई फुल्न दिन हुदैँन स्थानीय जातका डालेघाँसका विरुवाहरु निकै हााचो गरी फेदमै कटेमा विरुवा झागिंएर आउँछ र बालीमा पनि सेप लाग्दैन । एन .वी २१ र नेपियर जातको घाँस ठााउ हेरी प्रत्येक महिना काट्न सकिने हुन्छ । स्टाइलो, मोलासेस छ भने बीउ लाग्न दिनु हुदैन ।

. यसरी वारीका कान्लाहरमा घाँस दिने विरुवाहरु लगाउँदा ४, ५ बर्षमा बढी पोषिलो घाँस पाउँछौ । वस्तुहरु मोटाघाटा हुन्छन् , साथै मासु, दुध र मल बढी पाउँछौ माटोको जगेर्ना हुन्छ , हाम्रो बालीको उब्जनी पनि बढी हुन्छ । हाम्रो गाँउघरको वातावरण सप्रिन्छ र हामी सबैको स्वास्थ्य पनि राम्रो हुन्छ । तपाई घाास खोज्न घर छोडेर टाढा वनमा जानुपर्ने हुँदैन । हाम्रो घर र गोठ वरीपरी बाँस, फलफुल र अन्य डालेघाँसका रुखहरु लगाएर अझ बढी उत्पादन लिन सकिन्छ ।

संस्थाको परिचय
न्याफ्सकोल कषिवन एक ब्यबसाय मूलक तथा सेवामुलक संस्था हो । यसले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति वा संस्थालाई बिक्रिबितरण गर्ने गर्दछ । यसका अलावा समुदाय स्तरमा बिउ र नर्सरी तथा कृषिबन ब्यबस्थापन सम्बन्धी बिभिन्न तालिमहरु पनि संचालन गर्दै आएको छ । विश्वब्यापी जलवायु परिबर्तन सँगै वातावरणमा भएका बिभिन्न वानस्पतिक तथा जैबिक प्रजातिहरु संकटमा परेका छन् । नेपाल जैविक बिबिधताले भरिपूर्ण भएपनि जलवायु परिबर्तनले गर्दा पर्यावरणीय असन्तुलन भएबात जैबिक बिबिधता ह्रास भइरहेको जानकारहरु बताउछन् । जलवायु परिबर्तन गर्नमा खासै भुमिका नभए पनि नेपाल जलवायु परिबर्तनबाट हुने प्रभावको निकै जोखिममा छ । अझ आधुनिकिकरणको नाममा भित्रिएका बिभिन्न हाइब्रिड जातका बिउहरुको बढ्दो प्रयोग र जलवायु परिबर्तनले गर्दा नेपालका स्थानिय प्रजातिहरु (कृषि तथा वन) लोपहुने खतरा बढ्दो छ । यिनै स्थानिय जातका कृषि र वनस्पतिका प्रजातिहरुको संरक्षण गर्दै जैबिक बिबिधता संरक्षण र स्थानिय कृषकहरुको आयआर्जनमा समेत सुधार गर्नु न्याफ्सकोल कषिवन (ल्ब्ँक्ऋइी प्च्क्ष्क्ज्क्ष्द्यब्ल्) को मुख्य उद्देश्य हो । यो संस्था २०७० सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई संचालनमा रहेको छ । ब्यबसायमूलक र सेवामुलक रुपमा कार्य गर्दै आएको यो संस्थाको कार्यालय कोटेश्वर ३५ अमरावति मार्गमा रहेको छ । 
परिचयः 
२०७० साल बैशाख २४ गतेका दिन स्थापना भएको यो न्याफ्स्कोल कृषिवन स्थापना कालमा ५ जना सदस्यबाट सुरुवात गरिएकोमा हाल यसका सदस्यहरु सहजर्कत सदस्य र संकलक सदस्य गरि आब २०७३/२०७४ को असार मसान्तसम्म ३९जना पुगी सकोको छ । यसको सदस्यता लिनका लागी संस्थाले वीउ संकलन नीति अनुसार तालीम प्राप्त ब्यक्ति मात्र सदस्य हुने भएकाले स्थानीय स्तरमा कृषक समुहमा तालीम संचालन गरी सदस्यता दिने गरिएकोछ । संस्थाको स्थापना कालको पुँजी रु ५ लाख स्थिर र चालु पुँजी रु ५ लाख गरी जम्मा रु १० लाख रहेको छ । हाल सम्ममा संस्थाले धादिङ ,नुवाकोट, सिन्धुपाल्चोक चितवन, सर्लाही, जुम्ला, काभ्रे, रामेछाप लगायतका जिल्लाहरुमा बिउ संकलक कृषक छनोट गरी तालीम दिने र माउरुख छनोट गरी बिउ संकलन गर्न लगाउने काम भैरहेको छ ।
 

प्रतिकृया दिनुहोस

यस वर्ष ७० वटा बालीका ६४२ प्रजातिका बाली तथा जातहरु सूचिकृत (पूर्ण विवरण सहित)

राष्ट्रिय बीउ बिजन समिति आर्थिक वर्ष २०७४/७५ मा ७० वटा बालीका ६४२ प्रजातिका जातहरु सूचिकृत गरेको छ । कृषि विकास मन्त्रालय अन्तर्गत बीउ बिजन गुणस्तर

कसरी गर्न सकिन्छ बााख्रापालन ? (टीप्सहरु)

परिचय : बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध

यो साता खाद्यान्न, फलफूल, तरकारी, घाँसेबालीहरु तथा गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, बंगुर, मत्स्यपालन गर्दा मौषमले साथ दिन्छ ?

  जिल्लाहरु झापा, मोरङ्ग, संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, दोलखा, महोत्तरी, काभ्रेपलाञ्चोक, बारा, धादिङ, चितवन, कास्की, मुस्ताङ्ग, पाल्पा,