मेहनत गरौं कोरियाको कमाई स्वादेशमैं

२०७५ पौष २३ सोमबार १८:०३:०० मा प्रकाशित

हलोखबर

halokhabar

बलेवा, २३ पुस । पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङको कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरिया पुगे । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किए। उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उनले १० बाख्राबाट बाख्रापालन थालेका हुन् । 

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु तीन लाख खर्चिएका थिए । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उनले कुखुरापालनसँगै तरकारीखेती पनि गर्दै आउएकाछन् । “बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उनले भने । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आउएकाछन् । “महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उनले भने । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उनलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उनको काममा श्रीमती हेमाले सहयोग गर्दै आएकाछन् । 

आचार्यले आधुनिक मिनीटेलरको प्रयोग गरी खेती गर्ने गरेकाछन् । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । “झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उनले भने, “दुई वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।” लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उनी बताउँछन् । समयअनुसारको खेती गर्न आचार्यले सुझाव छ ।
 

प्रतिकृया दिनुहोस

डेढ दशकको यूरोप बसाई त्यागेर बाबुराम श्रेष्ठले सुरु गरे नेपालमै व्यवसायिक कालिज पालन

काठमाडौं, ६ माघ । पुख्यौली घर पाल्पा भएका बाबुराम श्रेष्ठको कृषिमा केही गर्ने सोच पहिलेदेखि कै हो । त्यही अठोटलाई मूर्त रुप दिदै कालिज पालन गर्ने निचोड

भैँसीपालनबाट विदेशमा भन्दा स्वादेशमै चारगुणा बढी आम्दानी 

दाङ, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ

किबीको फल साथै बिरुवाबाट लाखौं आम्दानी

बनेपा, २३ पुस । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने