किबीको फल साथै बिरुवाबाट लाखौं आम्दानी

२०७५ पौष २३ सोमबार १७:०४:०० मा प्रकाशित

हलोखबर

halokhabar

बनेपा, २३ पुस । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएकाछन् । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आएका हुन् । 

रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उहाँले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आएकाछन् । “वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उनले भने। कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल भएनन् । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उनले भने । अहिले उनको बारीमा चार सयको हाराहारीमा किबीको बोट छ । 

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउँछन् । “वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उनले भने, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भने । उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएकाछन् । एउटा बिरुवाको मूल्य रु तीन सय पर्छ । किबीखेती गर्न उनले हालसम्म रु ८० लाखसम्म लगानी गरेको बताए ।

किबीको बिरुवालाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भने । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस

डेढ दशकको यूरोप बसाई त्यागेर बाबुराम श्रेष्ठले सुरु गरे नेपालमै व्यवसायिक कालिज पालन

काठमाडौं, ६ माघ । पुख्यौली घर पाल्पा भएका बाबुराम श्रेष्ठको कृषिमा केही गर्ने सोच पहिलेदेखि कै हो । त्यही अठोटलाई मूर्त रुप दिदै कालिज पालन गर्ने निचोड

भैँसीपालनबाट विदेशमा भन्दा स्वादेशमै चारगुणा बढी आम्दानी 

दाङ, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ

मेहनत गरौं कोरियाको कमाई स्वादेशमैं

बलेवा, २३ पुस । पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङको कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए ।