भारतीय माछा विस्थापन गर्दै राना 

२०७५ पौष २३ सोमबार ०८:५४:०० मा प्रकाशित

हलोखबर

halokhabar

कञ्चनपुर, २३ पुस । बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको हुन् । 

बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आएकाछन् । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए । भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन् । बिक्री भएका माछाबाट उनले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । 

उनले १३ वटा पोखरीमा माछापालन गरेकाछन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन् । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ । 

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैंकबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेकाछन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उनले जानाकारी दिए । 

रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आएका छन् । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गर्ने गरेकाछन् । उनको माछा पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरिएको छ । 

पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजनासमेत छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेको बताउँछन् । उनले तीस जनालाई रोजगारीसमेत दिएका छन् । रासस
 

प्रतिकृया दिनुहोस

नेपालमा चिया उत्पादन भएपनि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या

पशुपतिनगर, ७ माघ । नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।

सहकारीमार्फत महिना दिनमा एक करोडको सुन्तला बिक्री

रत्ननगर, २६ पुस । तामिन कृषि बहुउदेश्य सहकारीले एक महिनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त

भारतीय अवैध रुपमा अण्डा भित्रन नदिन निगरानी

चितवन, २० पुस । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ