शहरमा फलफूलभन्दा सजावटी विरुवाको माग वढ्दो

२०७५ पौष २३ सोमबार ०७:४७:०० मा प्रकाशित

अधिकांसको रोजाई मुन्तला

प्रेमराज जोशी

halokhabar

काठमाडौँं, २३ पुस । टीकाथलीका कला राईले चार आनामा घर बनाएकी छन् । उनले तीन साईटमा आफ्नो जग्गा खाली राखेकी छन् । त्यो सानो ठाउँमा तरकारी बाँली लगाएर साध्य भएन । त्यही भएर उनले सजावटी विरुवाहरु रोपेकी छन् । पछिल्लो समय सुन्तला, मुन्तलाहरु जस्ता विरुवाहरु पनि सानै बोटमा पनि फल्ने प्रजातिका पाईन्छ । उनीजस्ता अन्य थुप्रै महिलाहरुको रोजाईमा यस्ता विरुवाहरु पर्ने गरेका छन् । ‘हेर्दा पनि चटक्क, मनै आनन्दित पार्छ’, कला राईले अगाडि भनिन्, ‘पाहुँना आउँदा पनि प्रसस्तै प्रसंसा पाईने । त्यही भएर विभिन्न प्रजातिका विरुवाहरु लगाएकी हुँ ।’


पछिल्लो समय फलफुलका वोटविरुवाहरुको माग भन्दा पनिवढि सजावटी विरुवाहरुको माग वढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । किनभने शहरमा प्रसस्त जग्गा जमिनको अभाव तथा शहरमा खेतीभन्दा व्यापार बढी हुने गरेको पाईन्छ । त्यही भएर पनि यस्ता वोटविरुवाहरुको माग बढी भएको पाईन्छ । समशितोष्ण बागवानी केन्द्र कीर्तिपुरमा उत्पादन भएका फलफुलका वोटहरु भन्दा पनि वढी सजावटी विरुवाको माग भैरहेको केन्द्रकी सुचना अधिकारी एवं कृषि प्रासार अधिकृत सरीता गौतमले वताइन् ।

काठमाडौँमा ४ आना जमिन किनेर घर वनाउनेहरुको संख्या वढी भएकाले फराकिलो क्षेत्रफलमा हुने फलफुलका वोट विरुवाहरु भन्दापनि मुन्तला जस्ता अन्य सजावटी विरुवाहरुको वढी माग भैरहेका कारण उत्पादनमापनि त्यतिकै जोड दिएको उनले वताईन् । अन्य क्षेत्रको नर्सरीको भन्दा कम मुल्यमा अर्थात २० रुपैयाँ प्रतिवोटको पर्ने भएकाले पनि कृषकहरुले वार्षिक लक्ष्यभन्दा पनि वढी विरुवाहरु लग्ने गरेको पाईएको छ । गत हप्ताको सोमवारदेखी केन्द्रले हिउँदे फलफुलको विरुवाहरु कृषकहरु लाई वितरण गरिसकेको छ । यो आर्थिक

वर्षमा केन्द्रले ४२ हजार फलफुलका विरुवा कृषकहरुलाई वितरण गर्ने लक्ष्य लिएको छ । गत वर्ष पनि ४२ हजारको लक्ष्य लिएको भएपनि ५८ हजार फलफुलका विरुवाहरु वितरण भएको कार्यालयको तथ्याङकमा छ ।नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग राष्ट्रिय फलफुल केन्द्र अन्तरगतको समशितोष्ण बागवानी केन्द्र कीर्तिपुरको १६ हेक्टर क्षेत्रफल मध्ये १० हेक्टर क्षेत्रफलमा फलफुल वगैचा र २.२५ हेक्टर क्षेत्रफलमा नर्सरी र वाकिमा कार्यालय भवन रहेको छ । यो केन्द्रमा मुख्य गरी जाप्नीज जातकाका वोटविरुवाहरु रहेका छन् । आर्थिक वर्षको २ चोटी केन्द्रले कृषकहरुलाई विरुवा वितरण गर्ने गर्दछ ।
सुन्तला जातका फलफुलहरु सुन्तला, जुनार, कागति र भोगटे रहेका छन् । सरकारी दरभाउँमा विरुवाहरु वितरण गर्नाले किसानहरुले चाहिने भन्दा पनिवढी लग्ने र त्यो प्रकारको हेरविचार, मेहेनत र रेखदेख नगर्ने गरेको उनको भनाई छ । विरुवा वितरणको कुनै मापदण्ड छैन मेहनत गर्ने किसानहरु भन्दापनि नगर्ने किसानहरुले विरुवा वढी लगिरहेका हुन्छन् सुचना अधिकारी गौतमले भनीन् ।
यो केन्द्रमा उत्पादन भएका वोटविरुवाहरु नेपाल अधिराज्यका ७७ वटै जिल्लामा हावापानीको उपयुक्तता छनोट गरी पठाईने गर्दछ । यो केन्द्रमा अहिले कलमि (ग्राफ्टिङ) र काटछाँट भैरहेको छ । नास्पती, आरुवखडा, हलुवावेद, कटुस, अंगुर चैतुनमा कलमी भैरहेको छ ।
कार्यालयका कर्मचारी वाहेक यो केन्द्रमा ४७ जना वाहिरका ज्यालमा काम गर्ने कामदार किसानहरु पनि रहेका छन् । प्रतिदिन काम गरेवाफत किसान मजदुरले ४ सय २५ रुपैयाँ पाउँछन् । अहिले काटछाँट चलेकोले कार्यालयका प्राविधिक कर्मचारी र किसान मजदुरहरु वोटविरुवा काटछाँट गरीरहेका छन् ।   


 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको