पैंसा कमाउन जागिरनै गर्नुपर्छ भन्ने छैंन मेहनत गर्नुपर्छ  

२०७५ पौष २२ आइतबार १४:३१:०० मा प्रकाशित

कुरिलो खेतीबाटै महीनामा लाखौं आम्दानी

हलोखबर

halokhabar

बेझाड, २२ पुस । बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै आएकाछन् । कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनी यसखेती तर्फ आकर्षित भएका हुन् ।

“पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु” घिमिरेले भने । उनले किसान परियोजनामा आवद्ध हुँदा मासिक रु ५० हजार बराबर तलब पाउँथे । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गरेकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाएका छन् । कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरेको घिमिरेको भनाई छ । “आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसाय गरेर महीनामा लाखौं कमाउन सकिन्छ” उनले भने । 

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उनलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उन बताउँछन् । यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु चार सयमा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ । “कुरिलोको उत्पादन लिने समय नहुँदैपहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पु¥याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु” घिमिरेले भने । 

यस व्यवसायमा उनका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आउकाछन् । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहेकाछन् । मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हुँदापनि बिक्रीका कुनै समस्या छैन । घिमिरेको व्यवसाय देखेर अहिले उक्त गाउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन् ।

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । रासस

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय