कृषि र वन सङ्काय तर्फ स्नातक तहका कक्षा सञ्चालन अब निजी शैक्षिक संस्थालाई पनि अनुमति

२०७५ पौष २१ शनिबार १६:५८:०० मा प्रकाशित

हलोखबर

halokhabar

नवलपरासी, २१ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । 

विश्वविद्यालय अन्तर्गतको कृषि सङ्काय तर्फ सात र वन सङ्काय तर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो । विश्वविद्यालयले निजी क्षेत्रलाई पहिलो पटक स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ । यस अघि सरकारी र आङ्गिक क्याम्पसले मात्र कक्षा सञ्चालन गर्दैआएका थिए । 

रामपुर कृषि क्याम्प्समा पवेश परीक्षा उत्र्तीण गरेपश्चात अनुमति पाएका शैक्षिक संस्थामा एक पटकमा ५० जनासम्म विद्यार्थी अध्ययन गर्न सक्नेछन् । पश्चिम नवलपरासीको रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजमा अब कृषि सङ्काय तर्फ स्नातक तहको कक्षा सञ्चालन हुने भएपछि यस क्षेत्रसहित भारतबाट समेत विद्यार्थी अध्ययनका लागि आउने अपेक्षा गरिएको कलेजका सञ्चालन समिति अध्यक्ष प्रेम न्यौपानले जानकारी दिए । रासस
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३