किसान र खेतीहर कामदारको जीवन सुरक्षा योजना अन्तर्गत डेढ लाखसम्म मुअब्जा

२०७५ पौष २१ शनिबार ११:१४:०० मा प्रकाशित

हलोखबर

halokhabar

हिमाञ्चल (भारत), २१ पुस । भारतीय कृषकहरुले परम्परागत खेतीलाई छोडेर आधुनिक र जैविक खेतिलाई प्राथमिकता जोड दिइरहेका छन् । यो आधुनिक खेतीको समयमा खेती गर्न नयाँ नयाँ मेसिन उपकरण तथा प्राविधिकहरुको प्रयोग गर्नुपर्ने हुन्छ । 
हिमाञ्चल प्रदेशमा भारत सरकारले खेती गरीरहेका किसानहरु दुर्घटनामा परि मृत्यु पनि हुन सक्छ । यसवाट किसानलाई राहत होस भन्ने उद्येश्यले बीमा लगायत अन्य सुविधाहरु स्थानिय सरकारले ल्याएको छ । सुविधा उपलब्ध गराउन यहाँका मुख्यमन्त्रीले किसान र खेतीहर कामदारको जीवन सुरक्षा योजना समेत तयार पारेका छन् । हिमाञ्चल सरकारद्वारा कृषि क्षेत्रमा यो योजनालाई संचालन गर्नकालागि महत्वपुर्ण कदमको रुपमा लिईएको छ । 
किसान र खेतमा काम गर्ने कामदारको जीवन सुरक्षा योजना अन्तर्गत कृषि यन्त्रहरुद्धारा काम गरिरहेका वेला किसानहरुको यन्त्रवाट दुर्घटना हुनगएमा हिमाञ्चल सरकारले उक्त कृषकहरुलाई दुर्घटना वाफत बीमा गराउने र मुअब्जा पनि दिने योजना तयार गर्ने भएको छ ।
काम गर्दै गर्दा किसानको मुत्यु भएमा घरपरिवारलाई डेढ लाख र अंगभंग भएमा उपचार खर्च स्वरुप ५० हजार सहायता दिने भएको छ ।
यो वाहेक ढाड भाँचिएमा ५० हजार, दुवै हात अथवा दुवै खुट्टा काटिएमा ४० हजार, एक खुट्टा अथवा ४ आँैला काटिएमा ३० हजार, ३ औँला काटिएमा २० हजार र एक औँला काटीएमा १० हजार सहयोग गर्ने भएको छ ।
यो योजना अन्तर्गत किसान मजदुरहरुलाई मुअब्जाको पनि ब्यवस्था गरेको छ । यो योजनामा १४ वर्षभन्दा माथिका उमेर समुहका ब्याक्तिहरु रहने र यिनीहरुले खेतिपाती गर्ने समयमा मेसिन उपकरणहरु चलाउदाँ वा एक ठाउँवाट अर्काे ठाउँमा लैजादा कारण वस दुर्घटना हुन पुगेमा उक्त ब्यवस्था गरीने भएको छ ।
तर, हिमाञ्चल सरकारले एउटा सर्त राखेको छ । कुनै किसान मजदुरले ठेकेदारको लागि काम गरेको वा ठेकदारवाट काम गरिरहेको छ भने उक्त किसानलाई यो ब्यवस्था उपलब्ध गराइने छैन् ।
निवेदन दिने तरीका
मृतकको कानुनी रुपमा हकदारी वा दुर्घटनावाट पिडित ब्याक्तिको ६ महिना भित्र अफ्नो सम्वन्धित क्षेत्रका प्रमुख लाई निवेदन दिनु पर्ने छ । घटना सम्वन्धी वास्तविक कारण पत्ता लगाई कृषि निर्देशकको ६ महिना भित्र र कृषि सचिवलाई १२ महिना भित्र कागजातहरु जम्मा गर्नु पर्ने छ । पिडितले निवेदन दिएको १५ दिन भित्र घटनाको अवस्था हेरेर राहात पाउने छ । एजेन्सीको सहयोगमा
 

प्रतिकृया दिनुहोस

दार्चुलामा यसवर्ष यूरोपबाट ल्याइएको साढे बाह्र हजार स्याउको विरुवा रोपिने

दार्चुला, ४ माघ । दार्चुला जिल्लामा चालु आर्थिक वर्ष भित्रै १२ हजार ६ सय स्याउका बोटहरु रोपिने भएको छ । जिल्लाका प्रधानमन्त्रि कृषि आधुनिकिकरण

कृषि अनुदान दुरुपयोगको सरकारले पुनः मूल्याङ्कन गर्ने

काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनः मूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन

किसानलाई अनुदानमा तरकारीको बेर्ना

कञ्चनपुर, २५ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयबाट किसानलाई तरकारीका बेर्ना उपलब्ध गराउन थालिएको छ । जग्गा भाडामा लिई वडा