वुवाका नाममा शंकर सुवेदीले सिंचाई संस्थालाई दिए १० धुर जग्गा दान  

२०७५ पौष २० शुक्रबार १५:००:०० मा प्रकाशित

हलोखबर

halokhabar

झापा, २० पुस । मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनकालागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन  निमार्ण गर्ने बताइएको छ । सुवेदीले उपलब्ध गराएको जग्गा सम्म जाने बाटो निमार्णका लागि स्थानीय चुडामणी सुवेदी र कृष्ण ओझा समेतले केही जग्गा उपलब्ध गराएका छन् ।


भवन निमार्ण हुने भएपछि सीएमआईएसपी एएस कार्यक्रमका तर्फबाट केही रकम विनियोजन भएको छ भने उपभोक्ता सहित स्थानीय तहहरुले पनि भवन निमार्ण कार्यमा सहयोग रहनेछ । दुइ तले पक्की सुविधा सम्पन्न सचिवालय भवन आगामी आर्थिक वर्ष भित्र निमार्ण गर्ने लक्ष्य लिइएको संस्थाका सचिव अनिल ढुंगानाले बताएका छन् । ३५० हेक्टर भन्दा बढी जमिन सिंचित हुने आयोजनाबाट करिब ५०० घर कृषकहलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । स्थानीय स्तरमा आयोजनाको रेखदेखका लागि हडिया रेगुलेटर जल उपभोक्ता संस्था कृयाशिल रहेको छ भने यसको मातहतमा विभिन्न ६ वटा कृषि सिंचाई समुहहरु गठन गरिएको छ । 


विभिन्न समयमा कृषकहरुलाई तालिम दिन, गोष्ठि संचालन गर्न, मलबीऊको भण्डारण तथा वितरण गर्न र संस्थाको दैनिक गतिविधी संचालन गर्न भवन उपयोगी हुने अध्यक्ष शंकर पोखरेलले जनाए  ।
एसियाली विकास बैंकको लगानीमा निमार्णधिन अयोजनाको निगरानी डिभिजन सिंचाई कार्यालय भद्रपुर मार्फत भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको