इजरायलमा कृषि गरेर फर्केका श्रीकृष्ण अधिकारीको अर्को सफलता, ‘बेर्ना उमार्ने पिटमोसको व्यवसायिक विक्री सुरु’ (फोटो फिचर)

२०७५ पौष २० शुक्रबार १४:३०:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २० पुस । कृषि मन्त्रालय तथा त्यस मातहतका सरकारी कर्मचारी मिटिङ, प्रतिवेदन, कानुन, ऐन र कार्यक्रम धाउँदैमा फूर्सद छैनन् । तिनहरु मध्ये अधिकांसको ध्यान किसानमा भन्दा उनीहरुको नाममा आउँने बजेट ‘सेटिङ’ गर्दैमा वित्ने गरेको छ । यसको प्रमाण हजारौ छन् । बर्षेनी अर्बौ बजेट विनियोजन हुदै आएको यस मन्त्रालयले संचालन गरेको कुनै पनि परियोजना, योजना सफल छैनन् । 

तर, केही किसानी गरेर किसान कै नाममा अवोरात्र खटिरहेका छन् । भलै केही फुनाफा हुनु स्वभाविक कै मान्नु पर्छ । विश्वले कृषिमा फड्को मारेर कहाँबाट कहाँ पुगिसक्यो । ईजरायलकै कुरा गर्ने हो भने पनि त्यहाँका तीन प्रतिशत जनता मात्रै कृषिमा आवद्ध छन् । र, त्यही ३ प्रतिशतले गरेको कृषि व्यवसायबाट उत्पादन भएको खाद्यन्नहरु सिंगो ईजरायलीलाई खान पुग्छ । बाँकी, विदेश निर्यात गर्न पनि पुग्छ । 

त्यही ईजरायलमा झण्डै एक दशक विताएर फर्किएका हुन, श्रीकृष्ण अधिकारी । उनले ईजरायलमा पनि खेतीपाती नै सिके । केही रुपैया कमाउँदै सिकेको शीपलाई सर्लक्क नेपालमा उतार्ने जमर्को गरे । र, सफल पनि बने । उनले ईजरायली नामलाई नै आफ्नो कम्पनीको ब्राण्ड नेम राखे । उनको कम्पनीको नाम सलोम एग्रीकल्चर प्रालि हो । विदेशमा प्रयोग भएका धेरै ब्राण्डहरु नेपालमा ल्याएर किसानलाई आधुनिक कृषि व्यवसाय गर्न सहयोग गरिरहेका छन् । कौसी खेती, ग्रीनरी हाउँसदेखि अन्य थुप्रै सामाग्री आयातगरी किसानलाई सर्वसुलभ शुल्कमा विक्री गरिरहेका छन् । 

उनले नेपालमा परिचय गराएका अर्को परिकार हो, ‘पिटमोस’ । यो एक किसिमको बेर्ना तयार पार्ने मिडिया हो, जसले विरुवालाई चाहिने अर्गानिक मलखाद्यहरु त्यही हुन्छ । 

सलोम एग्रीकल्चर प्रालिका अध्यक्ष श्रीकृष्ण अधिकारी भन्छन्, ‘५० केजीको व्यागलाई ५२ देखि ५५ सयसम्म पर्न आउँछ । यसमा दश हजारसम्म बेर्ना तयार गर्न पुग्छ ।’  यसको डिमाण्ड एकदमै राम्रो भएको उनको भनाई छ । पिटमासको लागत घटाउँन केही किसानहरुले आधी हाईपिवर कोकोपिट र आधी पिटमोस प्रयोग पनि गर्ने गरेको उनी बताउँछन् । 

विरुवा उमार्ने पीभीसी ट्रेमा तयार पारेर आवश्यक मात्रामा प्रयोग गरी गुणस्तरिय बेर्ना उत्पादन गर्न उनले विगत दुई बर्षदेखि ट्रायल गरिरहेका थिए । जव सफल भयो, त्यसपछि उनले विगत छ महिनादेखि व्यापारिक प्रयोजनमा ल्याएका हुन । यूरोपको लाटभियामा यसको उत्पादन हुन्छ । उमार शक्ति बढी हुने भएकाले यसको माग विश्वभरमै हुने गरेको उनको भनाई छ । पिभिसी ट्रेमा पिटमोस भरिरे बिउँ रोपिन्छ । यसको मूख्यतय फाईदामा कर्मचारी खर्च कम हुनुका साथै उमार शक्ति एक नासको हुन्छ । र, विरुवा गुणस्तरको निस्कन्छ । ड्याम्पिङ अफ (फेद कुहिने समस्या) कम हुने जनाईएको छ ।

 ईजरायलमा सिकेको शीप मात्रै नभएर अधिकारीले अन्य थुप्रै किसान हितका सामाग्रीहरु आयाग गरेर विक्री वितरण गरिरहेका छन् । उनले आफै फार्म पनि संचालन गरिरहेका छन् । उनले जस्तो कामहरु अन्य केही कृषिका व्यापारी पनि गर्दै आएको उनी बताउँछन् । कृषि व्यापारीबीच भित्री प्रतिष्पर्धा भएपनि प्रायःजसो उनीहरु आपसमा मिलेरै व्यापार गर्दै आईरहेको देख्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय