यता, ‘अर्जिनल किसान’ले उत्पादन गरेको स्वाउँले मूल्य पाउँदैन, उता, सरकार भने प्रति विरुवा १३ सय खर्च देखाएर कमिसनको जोडघटाउँमा व्यस्त छ !

२०७५ पौष १९ बिहीबार २१:०८:०० मा प्रकाशित

मुकेस पाल

halokhabar

दार्चुला, १९ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक लाख स्वाउँको विरुवा यूरोपबाट झिकाएर वितरण गर्ने हल्ला गरिरहेको छ । त्यै पनि प्रति विरुवा १३ सय रुपैया । तर, परम्परागत रुपमा स्याउँ खेती गर्दै आएका अर्जिनल किसान भने बजार नपाएर तनाब खेप्दै आईरहेका छन् । सरकारी योजनामा प्रवुद्ध व्यक्तिहरु हिसावकिताव र देनदेनमा कुरा मिले मात्रै योजना अगाडि बढाउँछन् । तर, तिनै किसान भने दैनिक मरिरहेका छन् । किसानका नाममा भ्रष्टाचार गर्ने सरकारी कर्मचारीले अर्जिनल किसानको नाममा गरेको राजनीति उताङ्गो छ । 
यस परियोजनाले टेन्डर आवहान गरेको छ । तर, ‘सेटिङ’ नमिलेका कारण अहिलेसम्म त्यो टेन्डर खोल्न सकेको छैन । ग्लोबल टेन्टर भने पनि यसमा सेटिङ नमिलेपछि अहिलेसम्म खुलाउँन नसकेको स्रोतको दाबी छ । 

यसको ज्वलन्त उदहारण हो दार्चुला । दार्चुलामा कतिपय गाविसका वडामा सडक नपुग्दा स्थानीय स्याउँले बजार पाउन सकेको छैन् । ब्यासँ गाउँपालीका–१ छांगरुमा फलेका स्याउँले बजार नपाउदा किसान समेत चिन्तित बनेका छन् ।छांगरुवासीले स्याउँ उत्पादन गर्न थालेको झन्डै १५ वर्ष भैसकेको छ । २०६० सालमा भारतको हिमाञ्चलवाट चार सय विरुवा लिएर खेति शुरु गरेका स्थानिय जीतसिंह वोहरा अहिले आफ्नो वारीमा फलेको स्याउँ देख्दा निकै खुसी छन् । तर, स्याउँले वजार नपाउँदा उत्तिकै चिन्तित पनि छन् ।

स्याउँ खेती सुरु गर्ने बेला बोहराले दार्चुला तिंकर सडक निर्माण हुने र तिंकरसम्म गाडी गुड्छ भन्ने सुनेका कारण खेति शुरु गरेका थिए । उनले पहिलो पटक तीन हजार मिटर उचाईमा पर्ने व्यासको छांगरुमा स्याउँखेती शुरु गरेर सोचे जति स्याउँ फलेको भए पनि वजार नपाएका कारण उनमा चिन्ता पैदा भएको हो । अन्न उत्पादन गर्ने बारीभरी स्याउका विरुवा रोपेपछि धेरैले यस क्षेत्रमा स्याउ फल्छ होला भनेर विश्वास गरेका थिएनन ।

रोयल र गोल्डेन जातका स्याउँ ५ वर्षपछि बारीभरीका लटरम्म फल्न थालेपछि सबैलाई चकित बनाएको छ । स्याउँका वोटहरु रोप्ने क्रममा दार्चुला तिंकर सडकको काम शुरु भएको थियो । २०६५÷०६६ सालवाट शुरु भएको तिंकर सडक निर्माण कार्य कछुवा गतिमा भैरहेको छ । सडक निर्माण त परै जाओस् उनको गाउँसम्म पुग्न गोरेटो वाटो समेत छैन् । सदरमुकाम आउन जान समेत भारतको वाटो प्रयोग गर्नु पर्ने हुन्छ । गोरेटो वाटो भएको भएपनि खच्चरवाट स्याउ ढुवानी गरी दार्चुला सदरमुकाम खलंगा र छिमेकि वजार धारचुला पु¥याई विक्री गर्ने वताउँछन् ।

उनको बारीमा फलेको स्याउँ अहिले स्थानिय वजारमा मात्र किनमेल भैरहेको छ । जुम्ला वाट आउने स्याउँ सदरमुकाम खलंगामा ढेड दुई सय रुपैया प्रतिकिलोको भए पनि गाउँमा उत्पादन भएको स्याउ ८० रुपैयाँ प्रतिकिलोग्राम मूल्यमा विक्री हुने गरेको छ । सडक र बाटो नहुँदा सस्तो मूल्यमा गाउँमानै विक्री गर्नु पर्ने भएको छ । स्थानिय वजारमै व्यापारीहरुलाइ सस्तो मूल्यमै स्याउँ विक्री गर्दा पनि बार्षिक अढाई लाख रुपैयाँ आम्दानी हुने गरेको बोहराको भनाई छ । नेपालतिर बाटो र सडक भइदिए गाडीमा राखेर डेढ सय देखि दुई सय रुपैयामा स्याउ सजिलै खलंगामा विक्री हुने थियो । तर सडक सपना बुनेर लगाएको स्याउ अहिले सस्तो मुल्यमा विक्री गर्नुपरेको छ ।

उनले थालनी गरेको स्याउँ खेती देखेर अहिले गाउँ भरी व्यक्तिगत तथा सामुहिक रुपमा स्याउँ खेती शुरु गरिएको छ । छांगरुका झण्डै ८० बढि परिवार अहिले स्याउ खेतीमा आवद्ध भएका छन् । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय तथा वडा कार्यालयको सहयोगमा राखुपा कृषक उपभोक्ता समितिले गत वर्षबाट स्याउ खेती शुरु गरेको छ । अहिले उक्त गाउँमा गाउँभरीका २५ बढि परिवार आवद्ध भएर एक हजार स्याउका विरुवा रोपेका छन् । छांगरुका अधिकांश स्थानीयले २० देखि डेढ दुई सय सम्म व्यक्तिगत रुपमा स्याउँका विरुवा लगाएका छन् ।


 

प्रतिकृया दिनुहोस

खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३

भेंडा–बाख्रा व्यवसायबाट वार्षिक साढे ३३ करोड आम्दानी

जाजरकोट, ५ माघ । पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा

डेढ लाखबाट सुरु गरेका नर्सरीको मूल्य एक करोड

काठमाडौं, ४ माघ । लामो समयदेखि पुष्प ब्यवसाय गर्दै आएका वुद्धहर्षर नर्सरीका संचालक कृष्णवहादुर दुलालको जीवनस्तरमा परिवर्तन आएको छ । उनले यो व्यवसाय