निरन्तर २३ वर्षअघिदेखी तरकारी खेती

२०७५ पौष १९ बिहीबार १८:२३:०० मा प्रकाशित

हलोखबर

halokhabar

बेझाड, १९ पुस । रामपुर नगरपालिका–५ राङभाङ बस्ने टिकीसरा गौतमले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । आजभन्दा २३ वर्षअघि देखि गौतमले व्यावसायिक रुपमा तरकारी खेती थालनी गरेकी हुन् । 

गौतमले अहिलेसम्म यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । करीब चार रोपनी क्षेत्रफलमा तरकारी लगाएर वार्षिक रु पाँच लाख बराबरको आम्दानी गर्छन् । “तरकारी खेतीबाट नै घर, छोराछोरीको पढाइ खर्च राम्रैसँग चलेको छ, दिनहुँ तरकारी बेच्यो हातमा दाम परिहाल्छ,” गौतमले भने । उनको दैनिकी तरकारी लगाउने, गोडमेल र बिक्री गर्ने कार्यमा बित्छ । यहाँ उत्पादित तरकारी रामपुरको बेझाड बजारमा बिक्री हुन्छ । “व्यापारी घरमै पनि आउँछन्, तरकारी टिप्न शुरु भएको छैन, तरकारी बोटमै हुँदा पहिले नै पैसा बुझाएर जान्छन्,” उनले भने । 

तरकारी खेतीबाटै गौतमको पाँच जना परिवारको गुजारा राम्रोसँग चलेको छ । गौतमले बाह्रै महीना मौसमी तथा बेमौसमी जातका तरकारी लगाउने गरेका छन्। सिँचाइका लागि गौतमले इनारबाट पानीको व्यवस्था मिलाएका छन् । गौतम यस क्षेत्रमै व्यावसायिक रुपमा तरकारी खेती गर्ने पहिलो कृषक हुन् । अहिले भने गाउँघरमा उनको व्यवसायको धेरैले सिको गर्दै तरकारी खेती गर्न थालेका छन् । 

गौतमलाई तरकारीमा लाग्ने रोग कीरासम्बन्धी राम्रो ज्ञान छ । “काम गर्दै जाँदा अहिले कृषि प्राविधिकसँग सोधपुछ गर्नै पर्दैन, तरकारी खेतीमा धेरै अनुभव लिइयो, गाउँघरमा छिमेकीलाई रोग, कीराबारे आफ्नो अनुभव बताउँदै समस्याको समाधान गर्न सक्ने भए,” गौतम भन्छन् । कहिलेकाँही बाहिरबाट केही व्यापारीले तरकारी रामपुरमा भित्र्याउँदा बजारमा भने अनुसारको मूल्यमा बिक्री गर्न समस्या हुने गरेको गौतम बताउँछन् । फुर्सदको समय खाली बस्नभन्दा तरकारी लगाएर आयआर्जन गर्न छिमेकी महिलालाई पनि उनको अनुरोध छ । रासस
 

प्रतिकृया दिनुहोस

डेढ दशकको यूरोप बसाई त्यागेर बाबुराम श्रेष्ठले सुरु गरे नेपालमै व्यवसायिक कालिज पालन

काठमाडौं, ६ माघ । पुख्यौली घर पाल्पा भएका बाबुराम श्रेष्ठको कृषिमा केही गर्ने सोच पहिलेदेखि कै हो । त्यही अठोटलाई मूर्त रुप दिदै कालिज पालन गर्ने निचोड

भैँसीपालनबाट विदेशमा भन्दा स्वादेशमै चारगुणा बढी आम्दानी 

दाङ, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ

मेहनत गरौं कोरियाको कमाई स्वादेशमैं

बलेवा, २३ पुस । पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङको कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए ।