अनाधिकृत विषादी प्रयोगकर्तालाई पचास हजारदेखि डेढ लाखसम्म जरिवाना

२०७५ पौष १९ बिहीबार १५:५७:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौँ, १९ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै उहाँले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिए। विषादी अनाधिकृत प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताए ।

यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको