माछा पालक किसानलाई झन्डै दुई करोड बीमा अनुदान, तरकारी, फलफूल र पशु पालनमा पनि पाईन्छ बीमा अनुदान !

२०७५ पौष १९ बिहीबार १३:३०:०० मा प्रकाशित

अनुमानित उत्पादनको समेत बीमा गर्न पाईने 

मनोज श्रेष्ठ

halokhabar

काठमाडौं, १९ पुस । कृषि बीमा गर्ने किसानहरुको संख्या दिनानुदिन बढ्न थालेका छन् । सरकारले ७५ प्रतिशतसम्मको अनुदान दिएपछि आफ्नो बाली तथा विभिन्न पशु तथा माछा पालन गर्ने व्यवसायिहरु बीमा गर्न तर्फ आकर्षित हुन थालेका छन् । आर्थिक बर्ष ०७४/७५ मा कुल बीमा १३ अर्ब २० करोड ८५ लाख ८ हजार ५९४ रुपैया बराबरको बीमांक गरिएको थियो । जसमा ५७ करोड २८ करोड  ८ लाख ५१ हजार ६२२ रुपैया बराबरको बीमा शुल्क लागेको थियो । यो शुल्कको ७५ प्रतिशत अर्थात ४२ करोड ९६ लाख ३८ हजार ७१७ सरकारले व्यहोरिदिएको कृषि विभागका उपनिर्देशक तारा कुमार श्रेष्ठले जानकारी दिए । 
आर्थिक बर्ष ०७३/७४ मा भने कुल बीमांक ९ अर्ब २४ करोड, ५० लाख ६१ हजार ८१५ मध्ये ४२ करोड ५९ लाख २४ हजार ७०४ बीमा शुल्कमध्ये ३१ करोड ९४ लाख ४३ हजार ५२८ रुपैया बराबर सरकारले अनुदान दिएको बीमा समितिले जानकारी दिएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष झण्डै चार अर्ब बढीको बीमा भएको थियो । 

२०७०/७१ बाट सरकारले कृषि बीमामा अनुदान दिन सुरु गरेको थियो । सरकारले २०७० मा बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउँने निर्देशिका ल्याएको थियो । चालु आर्थिक बर्षमा कृषि विभागलाई कृषि सम्बन्धि प्रिमियमा अनुदान उपलब्ध गराउँन ३० करोड सम्मको अधिकार छ । यस रुपैयाबाट अधिल्लो बर्षको बाकी भूक्तानी पनि हुने जनाईएको छ । यस बजेटमा पशु बीमा भने पर्दैन । पशु बीमा भने पशु विभाग अन्तर्गत पर्ने जनाईएको छ । 

कृषि विभागका अनुसार बीमा गर्ने बेलामा किसानहरुले स्थानिय निकायसंग सहकार्यगरी मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यसपछि बीमा गर्न सकिनेछ । यो अनुदान रकम बीमा समिति कोष मार्फत भूक्तानी हुन्छ । पहिले यो कृषि मन्त्रालय अन्तर्गत सिधै बीमा रकम भूक्तानी दिन्थ्यो । तर, चालु आबदेखि कृषि विभाग मातहतमा जिम्वेवारी आएको छ ।  जिम्मेवारी हेरफेर भएपनि बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउँने निर्देशिका २०७० संसोधन हुनेक्रममा छ ।

कृषि तर्फ पनि बाली (अन्न) तर्फ विमांक १७ करोड ९८ लाख  १९ हजार, बीमा शुल्क ७६ लाख ७९ हजार ८४४, अनुदान ५७ लाख ५९ हजार ८८३ दिईएको थियो । त्यस्तै तरकारीतर्फ  १० करोड ५२ लाख ५४ हजार ५८२ बीमांकमा ५२ लाख ३१ हजार ६३३ बीमा शुल्क लागेकोमा ३९ लाख २३ हजार ७२४ अनुदान दिईएको थियो । 

त्यसैगरी, फलफूलतर्फ ३२ करोड ९ लाख ५२ हजार ६३५ बीमा शुल्क लागेको थियो । फलफूल तर्फ एक करोड २३ लाख ७० हजार ८९४ रुपैया बराबरको अनुदान दिईएको थियो । त्यसैगरी माछातर्फ एक अर्ब ४३ करोड ९६ लाख ८ लाख ५८७ रुपैया बराबरको बीमांकमध्ये दुई करोड  २७ लाख २० हजार ११५ रुपैया बीमा शुल्क तोकिएको थियो । जसमा अनुदान एक करोड ७० लाख  ४० हजार ८६ रुपैया दिईएको थियो । यस्तो बीमा गर्दा २५ प्रतिशत रकम भने किसान आफैले व्यहोर्नुपर्ने हुन्छ ।
बीमा गर्दा आफ्नो लागतको मात्रै नभएर अनुमानित फल्न सक्ने जम्मा बालीको मूल्याङ्कनगरी त्यसको समेत बीमा गर्न मिल्ने जनाईएको छ । यसले गर्दा किसानहरुलाई राहत मिल्ने जनाईएको छ । 
बीमा कम्पनीहरुमध्ये सवैलाई विभिन्न जिल्लाहरु छुट्टयाएर बीमा गर्ने अधिकार रहेको छ । बीमा कम्पनीले आफ्नो भागमा परेको जिल्लामा बीमा गराउँदै आएका छन् । 


 

प्रतिकृया दिनुहोस

५२ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकले घोषणा गर्यो सहुलियतपूर्ण कर्जा कार्यक्रम 

काठमाडौं, ७ माघ । सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा नपाएको गुनासो यत्रतत्र सुनिने गरेको छ । कतिपय बैंकले अझै पनि किसानलाई सहुलियत ऋण दिन आनाकानी

दार्चुलामा यसवर्ष यूरोपबाट ल्याइएको साढे बाह्र हजार स्याउको विरुवा रोपिने

दार्चुला, ४ माघ । दार्चुला जिल्लामा चालु आर्थिक वर्ष भित्रै १२ हजार ६ सय स्याउका बोटहरु रोपिने भएको छ । जिल्लाका प्रधानमन्त्रि कृषि आधुनिकिकरण

कृषि अनुदान दुरुपयोगको सरकारले पुनः मूल्याङ्कन गर्ने

काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनः मूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन