बारामा बादर आतंक ! किसान हैरान, बादर मारे २ बर्षसम्म कैद तथा १० हजार जरिवाना

२०७५ पौष १९ बिहीबार ११:३९:०० मा प्रकाशित

हलोखबर

halokhabar

बारा, १९ पुस । पुर्ब पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया, अमलेखगंज तथा पिलुवा क्षेत्रका कृषकलाई बांदरले सारै सास्ती दिन थालेको छ । वांदरले स्थानीय कृषकको खेतीपाती सखाप पारि दिएको छ । 
बांदरले अन्नबाली त सखाप पारिसकेको छ भनेसाना बालबालिकालाई समेत हिंड्न दिएका छैनन् । बांदरको यस्तो ज्यादती पछि स्थानीय कृषकले बांदर नियन्त्रणका लागि पहल गरिदिन स्थानिय प्रशाशनलाई अनुरोध गरेका छन् । जिल्ला कै पसाहा पुल र नौं किलो क्षेत्रका होटल व्यवसायी पनि बाँदरका कारण हैरान छन् । कति पटक पस्केको भात नैं बाँदरले बोकेर हिंडेको स्थानीय सुनाउंछन् । 
पर्सा बन्यजन्तु आरक्ष क्षेत्र र जिल्ला बन कार्यालय बाराको क्षेत्रमा पर्ने जंगल क्षेत्रका स्थानीयलाई बांदरले मात्र होईन अन्य जंगली जनावरले पनि उत्तिकै सताउने गरेका छन् । रातीको समयमा जंगल क्षेत्रबाट आउने नीलगाई र घोडगधाले किसानको बालीनाली नष्ट गर्ने गरेको छ । 


जिल्ला स्थित डुमरवानाको बदाफर, कतर्वा लगायतका क्षेत्रमा किसानले लगाएको मकै, गहुं र तोरी बाली नष्ट गरिदिएपछि स्थानीय मारमा छन् । किसानहरुका अनुसार एक साता यता प्रत्येक रात निलगाईले दुःख दिने गरेको छ । तर पनि बनसंग सम्बन्धित निकायले चाँसो दिएको छैन । यता पर्सा बन्यजन्तु आरक्षले भने जंगली जनावरले दुख दिएपनि कसैले पनि उजुरी नदिएको वताएको छ ।
बांदर मारेमा कानुनी कारवाही हुने भएकाले पनि स्थानीयले बांदर नियन्त्रणको पहल गर्न सकेका छैनन् । बांदर मार्नेको पहिचान भए ६ महिना देखी २ बर्ष सम्म कैद र १० हजार रुपैयाँ सम्म जरीवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान रहेकाले पनि स्थानिय कृषकहरु बांदरलाई केही गर्न सक्ने अवस्थामा छैनन् ।
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको