नेपालको मुख्य तीन बाली धान, मकै र गहुँ तर मकैको आयात बढ्दो

२०७५ पौष १९ बिहीबार ०९:४८:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौँ, १९ पुस । कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । 

कुखुरापालनमा लाग्ने किसानको सङ्ख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादन वृद्धि नभएको वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताए । उनले भने, “किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर भए पनि मकैको उत्पादन बढाउनुपर्छ ।” 

नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छ । तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ । दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ । 

किसानलाई मकैखेतीमा आकर्षित गर्ने कार्यक्रम स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत लैजाने केन्द्रको योजना रहेको जानकारी दिँदै उनले भने, “थोरै जमीनमा पनि धेरै उत्पादन दिने जातका मकैको उत्पादन बढाउनु खाँचो छ ।” देशभरमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ । रासस

प्रतिकृया दिनुहोस

उखु किसान मारमा, मालिक चिनीको भाउँ बढाउने दाउँमा !

नवलपरासी पश्चिम, ५ माघ । नवलपरासी पश्चिम जिल्लाका मुख्य तीनवटा चिनी मिलहरू सिजनको दुई महिना वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा नआएका कारण उखु

अनुदान दुरुपयोगको एउटा प्रमाण पेस गर्दै कृषि मन्त्रीलाई सञ्जय पन्थी प्रश्न, ‘कसरी अनुदान दुरुपयोग हुन्छ, जानकार हुनुहुन्छ मन्त्री ज्यू ?’

मन्त्री ज्यु, तपाईको निर्वाचन क्षेत्रको मतदाता भएकोले कृषि मन्त्रालयको अनुदान र कार्यक्रमबाट कसरी लाभान्वित बन्ने चेष्टा हुनुपर्ने हो ? तर, मलाई कसरी

विधेयक पारित भए, ‘खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेलाई  जरिवाना’

सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन