कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथि परनिर्भरता रहनु दुखद् : राष्ट्रपति

२०७५ पौष १९ बिहीबार ०८:२३:०० मा प्रकाशित

हलोखबर

halokhabar

झापा, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा व्यापार घाटा हुनु राम्रो नभएको भन्दै कृषि पेशामा आधुनिकीकरणको आवश्यक रहेको बताएछन् । उनले कृषिप्रधान देशको ख्याति कायम राख्न र उत्पादकत्वलाई बढावा दिन कृषिमा सबल नेतृत्व आवश्यक रहेको बताउँदै अब स्थानीय सरकारले कृषि र उद्योगधन्दाको नेतृत्व लिनुपर्ने धारणा राखे । 

झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्रडाँगी कृषि विकास फार्म बुधबार अवलोकन गर्दै राष्ट्रपति भण्डारीले कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथिको परनिर्भरता रहनु दुखद् भएको बताए । अहिले कृषि र उद्योगधन्दा सञ्चालनमा सङ्घ र प्रदेश सरकारबीच हानथाप भइरहेको भन्दै उनले अधिकार र कार्य विभाजन गर्दा सोचविचार गरेर मात्रै गर्न सरकारलाई सुझाव दिएकाछन् । 

चौरासी बिघा अर्थात् ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मले २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बीउ उत्पादन गरी कृषकलाई वितरण गर्दै आएको छ । फार्मले वार्षिक ८० टन धानको बीउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बीउ उत्पादन गर्दै आएको छ । फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बीउ उत्पादन गर्ने गरेको छ । 

यसअघि बुधबारनैं गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको नमूना एकीकृत खेतीको समेत अवलोकन गरेका थिए । झापाको गौरादह नगरपालिका– ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवद्र्धित नमूना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको ठूलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सीमित रहनु चिन्ताजनक भएकाले कृषि क्षेत्रलाई आधुनिकीरण गरेर व्यावसायीकरण गर्न ध्यान दिनुपर्ने औँल्याएका हुन्। 

गरीबी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सहकारी अभियान देशकै नमूना भएको बताउँदै उनले भने , “सहकारीमार्फत मुलुकको समृद्धि यात्रालाई टेवा दिन सबै क्षेत्र जुट्नुपर्छ ।” उनले महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सङ्गठित महिलाको सहकारी अभियानका गतिविधि सबैका लागि उदाहरणीय भएको उनको भनाइ थियो । 

सोही कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यावसायिक गरी औद्योगिकीकरण गरिए मात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने बताउँदै कृषि औद्योगिकीकरण गर्न प्रदेश सरकारले जोड दिएको जानकारी दिए । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषिको रुपान्तरण र आधुनिकीकरणविना आर्थिक समृद्धि पूरा नहुने बताए । कार्यक्रममा संस्थाद्धारा प्रवद्र्धित हल्दिबारी साना किसान सहकारी संस्था र मोरङ साना किसान सहकारीद्धारा प्रवद्र्धनात्मक केरौन साना किसान सहकारी संस्थाको प्रमाणपत्रसमेत हस्तान्तरण गरिनाका साथै संस्थामा आबद्ध कृषि वैज्ञानिक रामशिष साहलाई सम्मान गरिएको संस्थाका अध्यक्ष मीना ढकालले बताए । रासस

प्रतिकृया दिनुहोस

जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?

विश्वस्तरीय जलवायु परीवर्तनको प्रस्ताव मानव स्वास्थ्यमा पनि पर्नेछ । झाडा पखाला पेचीस हैजा तथा म्यादी ज्वरो जस्ता संक्रामक बिमारीहरुको

भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा नआउँदा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेन

काठमाडौँ, १६ पुस । सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि

विदेशबाट फर्केका युवालाई दोस्रो मैंका, निःशुल्क सीप परीक्षणका लागि पुनःआवेदन दिन सकिने 

काठमाडौँ, १३ पुस । सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ । विदेशमा विभिन्न