यार्सागुम्वा लगायतका जडीबुटी अवैधानिक बाटो हुदै चीनतर्फ लैजानेक्रम बढ्दो

२०७५ पौष १८ बुधबार १७:३५:०० मा प्रकाशित

प्रेमराज जोशी 

halokhabar

काठमाडौं, १८ पुस । ठूलो परिमाणमा यार्सागुम्बालगायतका वहुमुल्य जडीबुटीहरू अबैध तरिकाले ताक्लाकोट नाका हँदै चीन/तिब्बत तर्फ जाने गरेको पाईएको छ । राज्यले यसबाट ठूलो राजश्व घाटा व्यहोर्नु परिरहेको छ । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा पाइने विभिन्न प्रजातिका वनस्पतिहरू चोरी–निकासीका हुदा राजश्वमा कमी आएको हो । नेपालले जडिवुटी, काठ र पर्यापर्यटनवाट आर्थिक वर्ष २०७४/०७५ मा २ अर्व ४७ करोड राजश्व संकलन गरेको वन तथा वतावरण मन्त्रालयका सुचना अधिकारी रामप्रसाद लम्सालले वताए । हुन त यो गत अर्थिक वर्षको भन्दा धेरै हो । तर अझै दार्चुलाको तिंकर नाकामा राज्यका निकायको उपस्थिति गराएमा सरकारको राजश्वमा वृद्धि हुने थ्यो उनले जानकारी दिए । 


दार्चुलाको तक्लाकोट नाका भएर चिनको तिब्वत तिर वन पैदावार जडीबुटीहरु चोरीछिपी निकासा हुदाँ वर्षेनि करोडौँको संख्यामा राज्यको राजश्व चुहावट भएको भन्दै ताक्लाकोट नाकामा दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र वन तथा भन्सार कार्यालयले एकाइ स्थापना गरे राज्यको ढुकुटी वढ्ने उनको अपेक्षा छ । वन र वनस्पतिको अत्यधिक प्रयोग र दोहनले गर्दा विभिन्न जिल्लामा भएका वनस्पतिहरू लोप भएको वन तथा वतावरण मन्त्रालयको ठहर छ । खयर, कुरिलो, पाषाणभेद, पलास, सिप्लीकान, जगर, पाँचआंैले, सतिसाल, वन तरुल, चाँप, रुद्राक्ष, मजिठो, तीतेपाती, वन कचुर, पिरे घाँस, धूपी, पीपलालगायत कैयन् वनस्पति संकटापन अवस्थामा रहेको विज्ञहरु वताउँछन् । 

जडीबुटी खेती र उत्पादनका लागि नेपालको मध्य र सुदूर पश्चिमका पहाडी जिल्लाहरु हावापानीका हिसावले उपयुक्त मानिदै आएका छन् । उत्पादन भएर निकासी हुने जडीबुटीको वास्तविक बजार कहाँ छ, त्यसको उपयोगिता के हो भन्नेबारे ठूलो अन्योल वर्षै देखि रहिआएको छ । बजार स्थायी गरी पहिचान नहुँदा बहुमूल्य जडीबुटी अवैध रुपमा निकासा भैरहेका छन् । विदेशीने युवाहरुले जडीबुटीलाई व्यावसायिक रूपमा खेती गर्न सके सीमान्त भूमीको उत्पादकत्व अभिवृद्धि गर्न सकिने छ । 


१८ सय मिटर उचाइदेखि माथिको पहाडी–हिमाली क्षेत्रहरूमा जडीबुटी खेतीतर्फ पछिल्लो समय युवाहरु आकर्षित भए पनि बिचौलियाका कारण कृषक र राष्ट्रले सोचे जति फाइदा लिन सकेको छैन् । कच्चापदार्थको नेपालमै प्रशोधन गरेर निकासी गर्न सके निकासी मूल्य बढी प्राप्त गर्न सकिने दार्चुला जिल्लाका १ जना जडिवुटी संकलक रामसिह धामी वताउँछन् । जडीबुटीको व्यवस्थापन गर्न जडीबुटी संकलन केन्द्र, भण्डारण तथा प्रशोधन केन्द्र, शीत भण्डार, जडीबुटी सूचना केन्द्रको स्थापना अपरिहार्य भएको छ । नेपालका जडीबुटी पाइने सबैजसो जिल्लामा अधिकांश जडीबुटी संकलकहरुले जहिले पनि मूल्य नपाएनको गुनासो आउने गरेको छ ।


जिल्लाबाट संकलित जडीबुटीहरुको ब्यवसायीहरुले पैसा नदिइ भाग्ने गरेको समेत खुल्न आएको छ । साथै निकासी र सरोकारहरूलाई आम्दानी रहँदै आएको बहुमूल्य जडीबुटी सदुपयोगविहीन अवस्था रहँदै आएको छ । स्थानीय रूपमा घाँसी र गोठालाले जथाभावी संकलन गर्नाले जडीबुटीका बीउ मासिन गएकोले विउँ झरिसकेपछि मात्र संकलन गर्न संकलकहरुमा वन तथा वतावरण मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालबाट जडीबुटी निकासी भएका देशहरूमा चीन, भारत, हङकङ, सिंगाापुर, बंगलादेश, जापान, कोरिया, पाकिस्तान, ताईवान, थाइल्यान्ड, युएई, क्यानाडा, यूएसए, पैरु, फ्रान्स, जर्मनी, यूके, पोल्यान्ड, अस्ट्रेलिया जस्ता राष्ट्रहरु रहेका छन् ।उक्त नाकासहित अरू नाका भएर ठूलो परिमाणमा चोरी–निकासी हुने गरेकाले वार्षिक सरकारको करोडौंको राजस्व पनि चुहावट हुने गरेको छ । 


सरकारले २०६७ सालदेखि झ्याउ ओसारपसारमा रोक लगाएको भएपनि हाल सम्म चोरी छिपी निकासा हुने गरेको छ । झ्याउ पान मसला, टेस्टी पाउडर, सुगन्धित अत्तर, छारे रोगको औषधि बनाउनमा प्रयोग गरिन्छ ।नेपालका हिमाली तथा पहाडी जिल्लाका जडीबुटी संकलककर्ताहरुले घाटा बेहोर्दै तिब्बत पु¥याउने गरेका छन् । नेपालका सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाहरूबाट ठूलो परिमाणमा कालादानाको नाममा सुगन्ध कोकिला जस्ता प्रतिबन्धित जडीबुटी निकासी हुने गरेको समेत सुन्नमा आएको छ । हुम्लाबाट बाजुरा, मुगु तथा अरू जिल्लामा भएर निकासा हुने गरेको र तिब्बतमा समेत निकासी नभनी जाने गरेको छ । 
नेपालका जडीबुटी कम्पनीहरू र विदेशका कम्पनीहरूबीच युरोपमा जडीबुटीबाट सौन्दर्य तथा श्रृंगारका वस्तुहरू उत्पादन गर्न नेपालका अर्धप्रशोधित जडीबुटीहरू निकासी गर्ने सम्झौता हुँदै आएको भएपनि कार्यान्वयन नभएको देखिन्छ । 


नेपालको ग्रामीण स्तरका सरोकारवलाहरूलाई आम्दानी बढाउन स्थानीय स्तरमा भएका प्रशोधित जडीबुटीहरूका मूल्य अभिवृद्धि गरी लाभ पु¥याउन यस्ता सम्झौताहरू हुने गरेको पाइन्छ । जडीबुटीको निर्यातबाट देशका लागि राम्रो निकासी आम्दानी गर्ने प्रशस्त सम्भावना हँदाहुँदै पनि ऐन–नियम बाधक रहँदा त्यसलाई कार्यान्वन गर्न समस्या पर्दै आएको छ ।शताब्दीऔं पहिलेदेखि नै नेपालमा वृन्दावन, जडीबुटी उद्यानजस्ता क्षेत्रहरू स्थापना हुँदै आएका भए पनि यी क्षेत्रहरु संकटापन्न अवस्थामा रहेका छन् । सम्बन्धित निकायले बेरोजगार युवाहरूलाई संकलन, प्रशोधन र संरक्षणसम्बन्धी ज्ञान दिए, जडीबुटीको उचित सदुपयोग हुने छ । 
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको