उपत्यकामा अव कालीमाटी तथा बल्खु तरकारी बजारको एकाधिकार तोडिदै, थप पाँच ठाउँमा तरकारी बजार खुल्ने (सूचना र फारम सहित)

२०७५ पौष १८ बुधबार ११:४०:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, १८ पुस । कालीमाटी तथा बल्खु तरकारी बजारको मात्रै एकाधिकार रहेको उपत्यकामा कृषि बजारहरु थपिने भएका छन् । कृषि पूर्वाधार विकास तथा यन्त्रीकरण प्रवद्र्धन केन्द्रले उपत्यकाका पाँच नाकामा यस्ता तरकारी बजार खोल्न लागेको हो । 

केन्द्रका प्रमुख राजेन्द्र मिश्रका अनुसार पर्याप्त मात्रामा तरकारी बजारको नभएपछि पहिलो चरणमा पाँच ठाउँमा कृषि बजार खोल्ने प्रकृया सुरु गरिएको छ । उनका अनुसार कोटेश्वर, चावहिल, सातदोबाटो, महाराजगन्ज र भक्तपुरमा कृषि बजारका लागि जग्गा खोज्ने काम भईरहेको छ । जग्गाको अवस्था हेरिसकेपछि मात्रै ति तरकारी बजारहरु कस्ता प्रकृतिका हुनेछन् भन्ने टुङ्गो लाग्ने उनले जानकारी दिए । अहिले छनोट गरिएका नाकामा कृषि बजार राख्न सके चारैतिरबाट आउँने किसानकालागि मात्रै नभएर उपभोक्ताले पनि सहज पहुँच पाउँने जनाईएको छ । 

कृषि पूर्वाधार विकास तथा यन्त्रीकरण प्रवद्र्धन केन्द्रले पहिलो चरणमा प्रारम्भिक प्रस्ताव आवहान माग गरिएको छ । स्थानिय निकायको सहकार्यमा सार्वजनिक, निजी तथा सहकारी कुनै पनि प्रकारको जग्गाबारेको प्रारम्भिक प्रस्ताव आवहान गरिसकिएको प्रमुख मिश्रले जानकारी दिए । त्यसपछि थप अवलोकनगरी अगाडि बढ्ने केन्द्रका प्रमुख मिश्रले जानकारी दिए । जग्गा भनेजस्तो भएपछि केन्द्रले भवन निर्माणमा पूर्ण सहयोग गर्ने जनाईएको छ । 

केन्द्रले पुस ८ गतेदेखि एक महिनाभित्रमा प्रस्ताव पेश गर्ने समयसीमा तोकेको छ । प्रस्ताब पेश गर्नलाई संस्था दर्ताको प्रमाणपत्र (अध्यावधिक नविकरण सहित), भ्याट÷प्यान दर्ताको प्रमाणपत्र, गत आवको कर चुक्ता गरेको प्रमाणपत्र, विगत तिन बर्षको लेखापरिक्षण प्रतिवेदन, सम्वन्धित    विषयमा राम्रो अनुभवको प्रमाण, बजार सञ्चाल सम्वन्धी विज्ञ प्राविधिक उपलब्ध भएको संस्थागत क्षमताको प्रमाण, संस्थाको आफ्नै जग्गा भएमा  जग्गाको क्षेत्रफल खुल्ने प्रमाण आवश्यक पर्ने जनाईएको छ । 

त्यसैगरी, तथा जग्गा लिजमा लिएको भए कम्तीमा १५ वर्षसम्म भोगाधिकार गर्न सक्ने प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने जनाईएको छ । यसकालागि संस्थाको वेबसाईट एग्रीविज डट जीओभी डट कममा फारम समेत उपलब्ध भएको केन्द्रले सार्वजनिक गरेको सूचनमा उल्लेख गरिएको छ । 
हाल, उपत्यकामा जुनै कुनाबाट तरकारी आयात गरिएपनि बल्खु र कालीमाटीसम्मै पुर्याउनुपर्ने झन्झट मात्रै नभएर थोक विक्रेताले लिन पनि उतै पुग्नुपर्ने अवस्था छ । यसले गर्दा उपभोक्तालाई महंगो समेत गर्ने गरेको छ । नयाँ पाँच ठाउँमा तरकारी बजार खुलेपछि सम्वन्धित क्षेत्रबाट आउँने तरकारी नजिकैको होलसेल बजारमा लैजादा उपभोक्ताले पनि सस्तोमा तरकारी पाउँने जनाईएको छ । 
 

प्रतिकृया दिनुहोस

सहकारीमार्फत महिना दिनमा एक करोडको सुन्तला बिक्री

रत्ननगर, २६ पुस । तामिन कृषि बहुउदेश्य सहकारीले एक महिनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त

भारतीय माछा विस्थापन गर्दै राना 

कञ्चनपुर, २३ पुस । बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक

भारतीय अवैध रुपमा अण्डा भित्रन नदिन निगरानी

चितवन, २० पुस । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ