इजरायली प्रविधि रोज्दै नेपाली युवा

२०७५ कार्तिक २८ बुधबार ११:३९:०० मा प्रकाशित

हलोखबर

halokhabar

नेपाली किसानहरु माझ आज भोलि निकै लोकप्रिय बन्दै गएको एउटा छ इजरायली कृषि प्रबिधि । इजरायल यस्तो देश हो, जुन देशको कुल जनसंख्याको ३ प्रतिशत व्यक्ति मात्र कृषि व्यवसायमा लागेका छन् । उनीहरुले आफ्नो देशमा खपतगरी वाँकी रहेको कृषि उपज यूरोपका विभिन्न देशमा समेत निर्यात गर्छन । इजरायलको आम्दानीको मुख्य स्रोत पनि कृषि नै हो ।

यत्तिको उत्पादन त्यहाँको माटो राम्रो भएर मात्रै होईन । प्रबिधिको प्रयोगलेनै इजरायलको कृषि सफल भएको हो । त्यहाँ नेपालको जस्तो भौगोलीक विविधताहरु जस्तै हावा, पानि र माटो पनि छैन । पेट्रोल जस्तै खानेपानी समेत अन्य देशबाट महँगो मुल्यमा किनेर ल्याउनुपर्ने स्थिती छ । यस्तो अवस्थामा समेत कृषिमा प्रगति गरेको देख्दा इजरायलको कृषिमा उन्नती देखेर नलोभिने कोहि पनि छैन ।

हुन त नेपालमा करिब १० वर्ष अघि नै टनेलमा खेती गर्ने प्रविधि भित्रीएको थियो तर यसले व्यावसायिक रुप भने पाउन सकेको थिएन । त्यहि व्यावसायिक रुप दिने काम इजरायलका विभिन्न फार्महरुमा कृषि काम गरी नेपाल फर्केका युवाहरुले गरेका हुन् ।

विगत ३ –४ वर्ष यता नेपालमा पनि इजरायलमा बैदेशीक रोजगारीमा गई कृषि काम गरेर फर्केका नेपाली युवाहरुले त्यहाँ सिकेको प्रविधि र ज्ञानको प्रयोग गरी कृषि क्षेत्रमा एक प्रकारले नयाँ क्रान्तिको थालनि नै गरेका छन् । ति मध्ये केहि युवाहरुले नेपालमा भित्राउन सफल भएका कृषि प्रविधिहरुको विषयमा चर्चा गर्न खोजिएको छ ।

२५ प्रतिशत मात्रै इजरायलको प्रबिधि प्रयोग गरे पुग्छ

संखुवासभा जिल्लाको चेवुवा गाविसमा घर भएका सान्दुक लामाले इजरायलमा ५ वर्ष ३ महिना कृषिका विभिन्न फार्महरुमा काम गरे । त्यहि अनुभवको साहारामा नेपालमा पनि कृषि क्षेत्रमा काम गर्ने अटोठ लिइ २०६८ सालको फाल्गुन महिनाबाट ललितपुर जिल्लाको झरुवारासी मा १९ रोपनी जग्गा भाडामा लिएर प्लाष्टिक टनेल भित्र व्यावसायिक रुपमा गोलभेँडा खेतीको थालनि गरेका छन् ।

इजरायलमा बस्दा त्यहाँ देखेको विभिन्न प्रविधिहरु मध्ये सिँचाईका लागि जरा जरामा नै थोपाबाट सिँचाई गरिने प्रविधि थोपा सिचाँई, सिँचाई सँग मलखाद दिने प्रविधि फट्रिगेशन, प्लष्टिक घरभित्र गोलभेँडा खेतीगर्दा एउटा मात्र हाँगा राखेर कटिङ् गर्ने प्रविधि, डोरी मार्फत थाक्रा दिने विधि, प्लाष्टिक मल्चिङ् प्रविधि जस्ता विभिन्न प्रविधिहरुको प्रयोग गरेर सान्दुकले व्यावसायिक गोलभेँडा खेती गदै आएका छन् ।
टनेल निर्माण, थोपा सिँचाई प्रणाली, मल, बीऊ आदी गरेर पहिलो वर्ष ३५ लाख रुपैँया लगानी गरी शुरु भएको उनको फार्ममा दैनिक ७ जना कामदार कार्यरत छन् । बार्षिक १३ लाख खर्च कटाएर गत वर्ष गोलभेँडाको राम्रो मुल्य पाएकाले ६ लाख रुपैँयाँ आम्दानी भएको उनले बताए ।

नेपालमा २ वर्ष देखी गदै आएको कृषिको अनुभवको आधारमा यहाँ कृषि क्षेत्रको व्यवस्थापन ज्यादै कम्जोर रहेको उनको बुझाइ छ । आफू जस्ता धेरै युवाहरु विदेशको श्रम भन्दा नेपालमै संभवना देखेर कृषि क्षेत्रमा लागे पनि मल, बीऊ, बजार जस्ता विषयहरुमा नेपालमा ज्यादै अव्यस्थित र जिम्मेवारी बहन गर्ने निकाय नभएकाले सोचे जस्तो प्रतिफल लिन नसकेको उनले गुनासो गरे ।

गत वर्ष सिर्जना जातको गोलभेँडा सबै प्रविधि पु¥याउँदा प्रतिबोट ६ किलो सम्म फलाउन सकेको तर यो भन्दा अझ उन्नत जातको गोलभेँडा प्राप्त भए धेरै राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । किसानले लगानी गरेर सबै जोखिम किसानले मात्रै व्याहोनुपर्ने अवस्था अझै केहि वर्ष नेपालमा रहने हो भने थोरै भएपनि युवाहरु आकर्षित हुनथालेको कृषि क्षेत्रबाट सबै विस्थापित हुने उनको अनुमान छ ।

सोचे भन्दा धेरै समस्या झेल्नुप¥यो
इजरायलमा नै ५ वर्ष श्रम गरी नेपाल फर्केका ४ जना उत्साहि युवाहरु मिली काठमाडौँको काभ्रेस्थलीमा ३० रोपनी जग्गामा प्लाष्टिक टनेल भित्र गोलभेँडा खेती गदै आएका छन् । पेमा लामा, शिवहरी भण्डारी, विर बहादुर गुरुङ किर्तिमान विं.क मिलेर एभरेष्ट एग्रिकल्चर फार्मको नामबाट विगत ३ वर्ष देखी कुल ५० लाख लगानीमा फार्म सञ्चालन गदै आएको फार्मका सदस्य पेमा लामाले जानकारी दिए ।
उनीहरुको समूहले पनि इजरायलमा देखे सिकेको प्रविधि थोपा सिँचाइ, इन्सेक्ट नेट, डोरीले थाँक्रा दिने प्रविधि जस्ता नेपालमा प्रयोगमा ल्याउन सकिने प्रविधिहरुको प्रयोग गरेका छन् । ईजरायलमा धेरै उत्पादन भएको देखेर प्लाष्टिक घरभित्र प्रविधि अपनाइ खेती गर्दा सिर्जना जातको गोलभेँडा प्रतिबोट ६ किलो भन्दा धेरै फलाउन सकिएको छैन । यति मात्र उत्पादनले मेहनत अनुसारको आम्दानी प्राप्त हुन नसकेको लमाको भनाइ छ ।

उनका अनुसार प्रति वर्ष मल, बीउ, कामदार औषधि उपचार लगायत गरेर १५ लाख रुपैँया खर्च भएपनि आम्दानी भने गत वर्ष राम्रो मुल्य पाउँदा १२ लाख रुपैँया मात्र भएको थियो । उनिहरुको अनुभवले पनि नेपालको कृषिमा बीउको राम्रो जात नपाइनु, विषादीको सहि प्रयोग बारे प्राविधिक ज्ञान नहुनु, उत्तदायित्व बहन गर्ने निकायको अभाव हुनु जस्ता विविध समस्याले गर्दा यस क्षेत्रबाट सोचे जस्तो प्रतिफल प्राप्त हुन सकेको छैन ।

अर्गानिक फार्म बनाउने प्रयास गदै
स्याङ्जा जिल्ला घर भएका बुद्धीराम ढकाल र प्रविण विडारीले ५ वर्ष इजरायलको कृषि क्षेत्रमा काम गरेको अनुभवको आधारमा काठमाडौँको मोतातिर्थमा ३५ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर यसै वर्षबाट व्यावसायिक तरकारी खेती सुरु गरेका छन् ।
इजरायलमा आफुले देखेका सबै प्रविधि प्रयोग गर्न नसके पनि सिँचाईका लागि थोपा सिँचाई प्रविधि, माटो बनाउने प्रविधि, नर्सरी ट्रे मा राख्ने विधि , प्लाष्टिक मल्चिङ् प्रविधि जस्ता विभिन्न प्रविधिको प्रयोग गरी तरकारी खेती गदै आएका छन् ।

फार्ममा जैविक मल र जैविक विषादीहरुको मात्र प्रयोग गरी अर्गानिक उन्मुख फार्म बनाउने तयारीमा आफुहरु रहेको पनि ढकालको भनाइ छ । धेरै उत्साहि भएर यस क्षेत्रमा लगानी गरेकाले सफल हुनेमा ढुक्क भएको उनी बताउँछन् ।

कुल ५० लाख रुपैँया लगानी गरी शुरु भएको उनीहरुको फार्ममा ८० वटा प्लाष्टिक टनेलहरु रहेका छन् । पहिलो लटमा इजरायली काँक्रो लगाउँदा राम्रो उत्पादन भएको र बजार पनि राम्रो पाएको ढकालले जानकारी दिए । अहिले उनिहरुको फार्ममा गोलभेँडा, भेडेखुर्सानी र सिमी लगाइएको छ । फार्ममा दैनिक १७ जना कामदारले काम गर्दै आएका छन् । गोलभेँडाबाट मात्रै यस वर्ष ३५ लाख सम्म आम्दानी लिने उनिहरुको योजना छ ।

केहि समस्या विच आशावादी बन्दै : ग्रिन हिल
काठमाडौँको सुन्दरीजलमा ग्रिन हिल कृषक समूहको नामबाट २ वर्ष अगाडि देखी सञ्चालनमा आएको कृषि फार्ममा इजरायलमा ६ वर्ष कृषि काम गरी नेपाल फर्केका युवाहरुको संलग्नता रहेको छ । विधुर चालिसे,रमेश केशी र दिपक पाण्डे ३ जना साथिहरु मिलेर कुल ५० लाखको लागानीमा ३५ रोपनी क्षेत्रफलमा इजरायलमा सिकेको सिपको सदुपयोग गरी व्यावसायिक गोलभेँडा खेती गदै आएका छन् ।
इजरायलमा हुदाँ नै नेपाल फर्केर कृषि काम गर्ने योजना बनाएको र सोहि अनुरुप यो फार्म सञ्चालमा आएको समुहका एक सदस्य विधुर चालिसेले जानकारी दिए । उनका अनुसार फार्ममा १३ जना कामदारलाई दिने तलब, मल, बीउ, विषादी इत्यादीमा लाग्ने खर्च कटाएर गत वर्ष १० लाख रुपैँया आम्दानी भएको थियो ।

गत वर्ष १५ रोपनी क्षेत्रफलमा मात्र रहेको फार्मबाट राम्रै आम्दानी भएपछि यस वर्ष उनिहरुले २० रोपनी थप गरी ३५ रोपनी पु¥याएका हुन् । यस वर्ष खर्च कटाएर ३५ लाख आम्दानी लिने योजना भएपनि गोलभेँडाको मुख्य सिजनमा राम्रो मुल्य नपाउनले केहि समस्या भएको चालिसेको भनाइ छ ।

उनिहरुको फार्ममा पनि थोपा सिँचाई, नर्सरी ट्रे, गोलभेँडामा डोरीले थाक्रा दिने प्रविधि जस्ता इजरायलमा प्रयोग हुने विधिहरु प्रयोग भएको छ । समूहले मेहनत गरे अनुसार नियमीत रुपमा प्राविधिकको समेत व्यवस्था गरेको भएतापनि कृषि क्षेत्रमा आएका जोखिमरु स्वयम किसानले मात्रै बहन गर्नुपर्ने अवस्थाले अपठ्यारो बनाएको उनले बताए ।

कृषि क्षेत्रका लागि सरकार पनि विस्तारै सकारात्मक बन्दै गएकाले आफूहरु आशावादी नै भएको समूहका सदस्यहरु बताउँछन् । यस क्षेत्रमा नयाँ लगानी गर्ने युवाहरुलाई बजारको संभावना र उत्पादन लागतको विषयमा पहिला सबै बुझेर मात्र लगानी गर्ने सल्लाह पनि उनिहरु दिन चाहान्छन् ।

थोपा सिँचाईको पहिलो व्यावसायिक विस्तारकर्ता : अधिकारी

इजरायलमा कृषिका विभिन्न व्यावसायिक फार्महरुमा ८ वर्ष काम गरेरे दक्षता हाँसिल गरी नेपाल फर्केका श्री कृष्ण अधिकारीले ति फार्महरुमा काम गर्दा देखेको सिचाँईको आधुनिक र सस्तो प्रविधि थोपा सिचाँई प्रविधिको विस्तार गर्ने कामलाई नै आफ्नो व्यावसाय बनाएका छन् । ८ वर्ष सम्म विशेष गरी तरकारी, फलफूलका विभिन्न बालीहरुको नर्सरीमा काम गरी अनुभव हासिँल गरेका अधिकारीले विगत ३ वर्षदेखी शलोम एग्रिकल्चर प्रालिको नामबाट थोपा सिचाँईको विस्तार गर्ने काम गर्दै आएका हुन् ।

नेपालमा पानिका स्रोतहरु धेरै भएपनि भौगोलिक विकटताको कारण ति स्रोतहरुको उपयोग गर्न सक्ने प्रविधि किसानहरुसँग नभएकाले व्यावसायिक खेतीका लागि सिँचाई नै प्रमुख समस्याको रुपमा रहेको छ । हुन त नेपालमा उनले भन्दा धेरै वर्ष पहिला नै डाबर नेपाल कम्पनिले आफ्नो प्रयोजनका लागि मात्रै थोपा सिँचाई प्रविधि भित्राएको थियो ।

गोल्छा समूहले चापागाउँको फुलको फार्ममा त्यसैगरी एभरेष्ट फ्लोरिकल्चर सुन्दरीजलले करोडौँ रुपैँया खर्च गरेर विदेशबाट प्राविधिकहरु मगाई थोपा सिँचाई प्रविधि लगायत ग्रिन हाउस जडान ग¥यो । त्यसैगरी मह एग्रिकल्चर फार्मले पनि आफ्नो फार्मका लागि थोपा सिँचाई प्रविधि भित्रायो तर व्यावसायिक रुपमा नेपालका किसानहरुलाई नै इजरायलको प्रविधियुक्त थोपा सिँचाई सुविधा विस्तार गर्ने काम भने शलोम एग्रिकल्चार प्रा.लि मार्फत अधिकारीले नै पहिलो शुरुवात गरेका हुन् ।

थोपा सिँचाई प्रविधिको विस्तार गर्नुका साथै उनले ट्रेमा नर्सरी राखी उन्नत जातको बेर्ना उत्पादन गर्ने, व्यावसायिक रुपमा तरकारी उत्पादन गर्ने फार्म सञ्चालन गर्दै आएका छन् । साथै उनले माटो रहित खेती प्रबिधि प्रयोग गरी गमलामा खेती पनि गरेका छन् । केहि वर्ष देखी अधिकारीले विश्वमा नै पहिलो पटक थोपा सिँचाई प्रविधिको विकास गर्ने इजरायलको एक मात्र ल्भ्त्ब् ँक्ष्ः (नेटा फेम) कम्पनिले थोपा सिँचाईका लागि उत्पादन गरेका सामाग्रीहरुको व्यावसायिक विस्तार गदै आएका छन् । जुन कम्पनिले विश्वका १ सय ३५ वटा देशमा थोपा सिँचाई प्रविधिको काम गदै आएको छ ।

इजरायलमा सिकेको सिपलाई आफ्नो जीवनमा कृषिको व्यावसायिक उत्पादनका लागि खर्च गरी नाम र दाम दुवै प्राप्त गर्न सहज भएकोमा यो क्षेत्रबाट उनी सन्तुष्ट भएको बताउँछन् । उनका अनुसार बिरुवालाई सजिलै खाद्यतत्वको उपलब्धता गराउन र उत्पादन बृद्धि गर्नका लगि यो प्रविधि निकै नै लाभदाय छ । यो प्रवधिका लागि आवश्यक पर्ने सामाग्रीहरु विदेशबाटै मगाउनु पर्ने भएकाले शुरुमा राख्नका लागि केहि खर्च हुने भएपनि व्यावसायिक फार्महरुमा हुने कामदार खर्च, सिँचाई खर्च जस्ता विविध खर्चहरु कम गरी उत्पादन लागत घटाउन यो प्रविधि वरदान नै सावित हुन्छ । यसरी ईजरायली प्रबिधिकै कारण अधिकारी सफल कृषि उद्यमी बन्न सफल भएका छन् ।
 

इजरायली खेतीको व्यावसायिक शुरुवात : मह एग्रिकल्चर

विदेशको सिप स्वदेशमा लगानी, आफै कामदार आफै मालिक भन्ने नारा सहित इजरायलमा करिब ६ वर्ष काम गरेका खोजराज कटुवाल, राजन मैनाली, ठाकुर केशी लगायतका १२ जना युवाहरु मिलेर काठमाडौँको धर्मस्थलीमा स्थापना भएको मह एग्रिकल्चर प्रा.लि नेपालमा इजरायली खेतीको व्यावसायिक विस्तार गर्ने पहिलो व्यावसायिक फार्मको रुपमा चिनिन्छ ।

करिब १० वर्ष साउदी अरब र ६ वर्ष इजरायलको विभिन्न कृषि फार्महरुमा काम गरि नेपाल फर्केका खोजराज कटुवालको प्रमुख व्यवस्थापनमा सञ्चालमा आएको यस फार्मले नेपाली कृषिको क्षेत्रमा नयाँ प्रविधिको विस्तार गर्न अह्म भुमिका खेलेको छ ।
नेपालका सुप्रसिद्ध हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहेको यस फार्मले शुरुवात गरेको इजरायली प्रविधि अनुसारको खेतीबाट प्रभावित भएर नै विदेशबाट फर्केका कयौँ युवाहरु यस्ता प्रविधिहरुको प्रयोग गरी खेती गर्न उत्साहि भएका छन् ।

इजरायलबाट फर्केर व्यावसायिक फार्म गर्न साथिहरुको समूह बनाइ जग्गा छनोट गर्ने शिलसिलामा संयोगवश मह जोडिलाई भेट भएपछि उहाँहरुको सहयोगबाट नै मह एग्रिकल्चरको थालनि भएको कम्पनिका व्यावस्थापक कटुवालले जानकारी दिए ।

उनका अनुसार कम्पनिले २०६७ सालमा फार्म स्थापना गर्दा इजरायली प्रविधि अनुसारको ग्रिन हाउस प्लाष्टिक, थोपा सिचाँई प्रविधि, इन्सेक्ट नेट, ट्रे मा नर्सरी राख्ने प्रविधि, गोलभेँडमा डोरी बाधेँर थाँक्रो लगाउने प्रविधि लगायतका नेपालमा प्रयोगमा आउन सक्ने सबै जसो प्रविधिका सामाग्रीहरुको व्यवस्था गरेको हो ।

फार्ममा सबै सदस्यहरुले ५ –५ लाख रुपैँया लगानी गरी शुरुवता गरिएको र पहिलोवर्ष फार्ममा ५० लाख रुपैँया खर्च भएको पनि कटुवालले बताए । १९ रोपनि क्षेत्रफलमा रहेको यस फार्ममा अहिले १० जना कामदार कार्यरत रहेका छन् । गोलभेँडा, साग, धनियाँ लगायतका वस्तुहरु उत्पादन हुने यस कम्पनिको बार्षिक सञ्चालन खर्च १८ लाख रहेको उनको भनाई छ । त्यसैगरी आम्दानी भने पहिलो वर्ष १९ लाख, दोस्रो वर्ष २५ लाख र तेस्रो वर्ष १७ लाख भएपनि सोचे जस्तो आम्दानी लिन गाह्रो भएको उनको गुनासो छ ।

नेपालमा कृषि क्षेत्र सबै एग्रोभेटका व्यापारीहरुको भरमा मात्र छोडिएकाले उन्नत जातको बीउ, मल र विषादी पाउन किसानलाई धेरै समस्या भएको उनी बताउँछन् । इजरायली सरकारले त्यहाँको कृषि प्रति अत्यन्तै सजक र सकारात्म भई योजनाहरु बनाउने भएकाले त्यहाँको जस्तो प्रविधि नेपालमा प्रयोग हुन धेरै समय लाग्ने उनको बुझाई छ ।

उत्पादन राम्रो हुँदा पनि भारतमा ९० प्रतिशत सम्म कृषिमा अनुदान पाएका किसानहरुसँग मुल्यमा प्रतिष्पर्धा गनुपर्ने भएकाले धेरै गाह्रो भएको कटुवालको अनुभव छ । कृषिमा प्रविधि र व्यवस्थापन सबै भन्दा महत्वपूर्ण हुने भएकाले अब यस क्षेत्रमा आउने युवाहरुले यि दुई विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
मह एग्रिकल्चर मार्फत खोजराज कटुवालले भारतको जेन इरिगेशन कम्पनिका सामानहरु राखि किसानलाई थोपा सिचाँई प्रविधि जडान गर्ने काम पनि गर्दै आएका छन् ।

इजरायलबाट फर्केपछि गाईपालन : भट्टराई

मकवानपुर जिल्ला हटिया गाविस वडा न. ६ घर भएका भोजराज भट्टराई इजरायलका विभिन्न कृषि फार्महरुमा ५ वर्ष काम गरी २०६६ सालमा नेपाल फर्केका थिए ।
इजरायलमा रहँदा आफुले केहि वर्ष गाईफार्महरुमा काम गर्दाको अनुभवले घर फर्केर आफु पनि व्यावसायिक गाईपालन गर्ने सोचमा पुगेको उनले बताए ।
सोहि अनुरुप २०६७ सालबाट फार्मको संरचना सहित करिब २० लाखको लागतमा भारतिय व्यापारीको सहयोगमा ५ वटा होलेष्टेन जातका गाईहरु ल्याई व्यावसायिक गाईपालनको शुरुवात गरेका हुन् ।

कामधेनु गाई फार्मको नामबाट शुरु भएको फार्ममा शुरुको वर्षको खर्च कटाएर मासिक रुपमा २५– ३० हजारसम्म आम्दानी हुने गरेको भट्टराईले जानकारी दिए । तर दानाको उचित मात्रा मिलाउन केहि समस्या भएकाले दोस्रो वर्ष गाईहरु बयलिने ( गर्भ नरहने ) समस्या भएकाले केहि माउहरुको विक्री गरेपछि , हाल उनको फार्ममा ७ वटा गाई रहेका छन् ।

कृषि नै आफ्नो पहिलो पेशा र पहिचान भएकाले यसबाट नै आफ्नो घरपरिवारको आवश्यकताहरु पुरा हुदै आएको र अगामी दिनमा सफल व्यावसायिक किसान बन्ने तयारीमा अाँफु रहेको उनले जानकारी दिए । इजरायलको सिप र प्रबिधि सिकेकाले आँफुलाई कृषिमा धेरै कुराहरु गर्न सक्छु भन्ने आँट आएको उनको भनाइ छ । गाईपालनलाई व्यवस्थित गर्न उनले १० कठ्ठा जमिनमा उन्नत जातका घाँसहरु पनि लगाएका छन् ।

यस वर्षबाट उनी गाईपालन सँगै बाख्रापालनलाई पनि विस्तार गर्ने तयारीमा छन्् । सोहि अनुरुप केहि स्थानिय जातका बाख्रा सहित २ वटा बोयर जातका ( बोका) राखी व्रिडीङ फार्म सञ्चालन गर्ने तयारी भट्टराईले गर्दैछन् ।
यसका साथै इजरायलको प्रबिधि प्रयोग गरि अन्य कृषि कर्म गर्ने सोंचमा आँफु रहेको उनले बताए । सरकारी क्षेत्रबाट तर्फबाट सहयोग भएको खण्डमा यस क्षेत्रमा नमुना बन्न सक्ने दाबी उनले गरेका छन् ।

केरा खेतीगर्दै क्याफे सञ्चालन : भट्ट, चितवन
गोर्खा घर भएका रामचन्द्र भट्टले इजरायलको कृषि क्षेत्रमा ५ वर्ष काम गरी अनुभव प्राप्त गरेर नेपाल फर्केपछि आफ्नो परिवारले चितवनको जमुनापुरमा केहि जमिनमा गर्दै आएको केराखेतीलाई विस्तार गरी व्यावसायिक रुप दिने काम गरे । व्यावसायलाई विस्तार गर्ने क्रममा उनले २०६७ सालमा १२ विगाह जमिनमा टिस्युकल्चर प्रविधिबाट तयार गरिएको मालभोग र विलीयस हाइब्रिंड (हरियो ) केरा रोपेका थिए । पहिलो वर्ष १० लाख लगानीबाट शुरु भएको उनको व्यावसायले अहिले ठुलो रुप लिएको छ ।

चितवनमा रहेको केरा फार्मबाट हावाहुरी नलागेको खण्डमा खर्च कटाएर वर्षमा १५ लाख आम्दानी हुने गरेको पनि उनले जानकारी दिए ।
२०७० सालबाट उनले काठमाडौँको चावहिल मित्रपार्कमा केराबाट बनेका परिकारहरु बनाई विक्री गर्नका लागि बनना क्याफे नाम दिएर एक रेष्टुरेन्टपनि सञ्चालनमा ल्याएका छन् । केराबाट बनेका विभिन्न परिकारहरु जस्तै केराको मःम, पकौडा, चिप्स, लस्सी लगायतका खानेकुराहरु विक्री गर्ने सेन्टरको रुपमा उनले त्यस क्याफेलाई सञ्चालनमा ल्याएका छन् । नयाँ स्वाद पाइने र स्वस्थका दृष्टिकोणबाट पनि लाभदायक हुने भएकाले यो व्यावसायबाट सोचे भन्दा धेरै राम्रो सफलता हासिल गर्दै आएको भट्ट बताउँछन् ।

इजरायल जस्तो बालुवा मात्र भएको देशले कृषिमा गरेको प्रगति देखेर, स्वदेशमा आइ कृषि क्षेत्रमै काम गर्ने इच्छा अनुरुप आँफुले व्यावसायिक केरा खेती गर्दै आएको र यसबाट इजरायलको भन्दा पनि धेरै आम्दानी भएको भट्टले बताए । क्याफे सञ्चालनमा ल्याएपछि बुवा र भाईले फार्मको रेखदेख गर्ने काम गर्दै आएको उनी बताउँछन् ।

इजरायली प्रविधिबाट अङ्गुर खेति, मकवानपुर
हेटौंडा नगरपालिका–१७ चुरियामाई मयुरधापका सानु मोक्तानले ६ वर्षको इजरायल बसाईबाट घर फर्केर दुई वर्ष अघि देखी व्यावसायिक अंगुरखेती गदैआएका छन् ।

उनले इजरायल बस्दा सिकेको सिप र प्रविधिको प्रयोग गरेर ६ कठ्ठा जमिनमा करिब ८ लाख रुपैयाँको लागतमा व्यावसायिक अंगुर खेती सुरु गरेका हुन् । उनका अनुसार यसरी व्यवसायिक रुपमा नै अंगुरखेती गर्ने मोक्ततान नै मकवानपुरका पहिलो व्यक्ति हुन् ।
दुई वर्ष अघि सानु एग्रिकल्चर फार्मको नामबाट व्यावसायिक अङ्गुर खेती गदै आएका मोक्ततानले , बैदेशिक रोजगारीमा सिकेको सीपको सदुपयोग गरी दुःख गरी कमाएको धनको नयाँ प्रविधिमा खर्च गरेका हुन् । चुरियामाईमा रहेको अङ्गुर फार्म हेर्न सर्वसाधारणबाट उनले २० रुपैँया प्रवेश शुल्क समेत लिने गरेका छन् ।

पहिलो लडको ओलम्पिया (कालो ) जातको अंगुर २ सय ५० को दरमा एक कुन्टल विक्री भएको तर स्वाद राम्रो भएपनि दाना भएकाले सोचे जस्तो बजार प्राप्त गर्न नसकिएको मोक्ततानको गुनासो छ । अंगुरको विरुवा दिने बागवानी विकास शाखाले “दाना नभएको राम्रो अंगुर हो” भनेर आफुहरुलाई झुक्याएकाले एक कुन्टल त विग्रीएर गयो उनले थपे । किसानहरुले अफ्नो फार्ममा अगुर खेती देखेर विरुवाको माग गरेपछि थमसम जातको १० हजार जपनिज अंगुरको विरुवा पनि विक्री गरिएको उनले जानकारी दिए। । 


उनले ओलम्पिया र हिमरड सीडलेस प्रजातिको अङ्गुर फलाएका छन् । न्युक्लियस जातको अङ्गुरको दानामा बिया लाग्ने भएपनि हिमरेड सीडलेसमा यो समस्या नभएकाले यो जातको अंगुरको माग बढि हुने गरेको उनको भनाइ छ ।

कीर्तिपुर वागवानी केन्द्रबाट बीउ ल्याउदा प्राविधिक सहयोग दिने आश्वासन पाएको तर व्यावहारिक रुपमा भने त्यस प्रकारको सहयोग पाउन नसकेको मोक्ततान बताउँछन् । “बीउ लगाएपछि काठमाडौ बाट प्राविधिक पाठाइदिन्छु भनेका थिए तर कोहि पनि फर्केर आएनन्”, । मोक्तानले भने,हेटौँडामा त पहिलो भएर होला यसबारे जिल्ला कृषि विकास कार्यालयमा कसैलाई थाहै छैन ।”

    १ सय ५० वटा अङ्गुरका बोट भएको सानु एग्रीकल्चर फार्मले अङ्गुर खेतीलाई विस्तार गर्दै लैजाने योजना बनाएको मोक्तानले जानकारी दिए । अंगुरबाट एक पटक लगाए पछि २० देखि २५ वर्षसम्म लगातार फल लिन सकिन्छ ।

उनका अनुसार बेमौसमी अङ्गुर खेतीबाट सुरुमा प्रतिबोट ५ किलो फल लागे पनि पछि प्रतिबोट १० किलोसम्म फल्ने गर्दछ । वीरगञ्जको एक जुस उत्पादक कम्पनीसँग विक्रि सम्झौता भइसकेकाले बजारको विषयमा अब भने आफु ढुक्क भएको उनी बताउँछन् ।

इजरायलको कृषिबाट नेपाली युवाले अपनाएका तरिकाहरु
ड्ड व्यावसायिक उत्पादन गरी आम्दानी र खर्चको लेखा जोखा
ड्ड व्यवस्थित कृषिका लागि थोपा सिँचाई प्रविधि सँगै खाद्यतत्व दिने
ड्ड उन्नत तरिकाबाट नर्सरी ब्याड राख्ने नर्सरी ट्रे को प्रयोग
ड्ड प्लाष्टिक घरभित्र खेती गर्ने तरिका
ड्ड प्लाष्टिक मल्चिङ् प्रविधि
ड्ड गोलभेँडाको थाँक्रा दिन डोरी र किल्पको प्रयोग
ड्ड गोलभेँडाको बोटमा एउटै मात्र हाँगा राखि कटिङ् गर्ने
ड्ड इन्सेक्ट नेट राखी किराको प्रकोपलाई कम गर्ने उपाय
ड्ड कृषिलाई आयमुलक व्यावसायको रुपमा विस्तार

इजरायलबाट नेपाल फर्केर कृषि गर्ने केहि युवाहरु

क्र.स
नाम ÷ ठेगाना
व्यावसायिक क्षेत्र
सम्पर्क

श्री कृष्ण अधिकारी, गोलढुङ्गा १ काठमाडौँँ
इजरायली थोपाँ सिँचाईको विस्तार र व्यावसायिक तरकारी खेती
९८५११५०२३८

खोजराज कटुवाल , धर्मस्थलि, काठमाडौँ
व्यावसायिक खेती साथै थोपा सिँचाई विस्तार
९८५११२६०५५

विधुर चालिसे, सुन्दरीजल
३५ रोपनीमा गोलभेँडा खेती
९८४११६६१६०

बुद्धी राम ढकाल, ललितपुर
३० रोपनीमा तरकारी खेती
९८५११५०९९०

ठाकुर केशि

९८१३४३९९३९

अर्जुन

९८४७५१३६७०

सान्दुक लामा, ललितपुर
३० रोपनीमा गोलभेँडा खेती
९८१३२६२२३०

विवेक लोहनी,

९८४१२९८९६५

शरण मानन्धर

९८५१०२८७३७
१०
बद्री अधिकारी, मकवानपुर
१० कठ्ठामा तरकारी खेती
९८४५५००५९१
११
साबु महतो

९८०७२५९०६९
१२
किरण सिँह, चितवन
८ विगाहमा तरकारी खेती
९८०८८४७९२१
१३
रामचन्द्र भट्ट, चितवन
१२ विगाहमा केरा खेती
९८४५२७२०३४
१४
सिपि पौडेल, कास्की
१२ रोपनीमा गोलभेँडा खेती
९८१५१०९२०६
१५
ध्वज गुरुङ, तनहुँ बसन्तपुर
भेडाबाख्रा पालन सहित तरकारी खेती
९८१८७३३३६०
१६
केशव श्रेष्ठ

९८४७४१३७२७
१७
भोजराज भट्टराई, मकवानपुर
गाई र बोयर बाख्रापालन
९८४५३९९६७४
१८
उद्यव घिमीरे , मकवानपुर
घिउकुमारी खेती
९८५५०७९०३१
१९
सानु मोक्तान, मकवानपुर
अङ्गुर खेती
९८०७२५९०६९

इजरायलको कृषिमा प्रयोग हुने केहि प्रविधि

थोपा सिँचाई
ड्ड विरुवालाई आवश्यक पर्ने पानिको मात्रा विरुवाको जरामा नै थोपा थोपा गरी एकै नाशले मितव्ययी किसिमले दिने प्रक्रियालाई थोपा सिँचाई प्रविधि भनिन्छ ।
ड्ड यो प्राणालिको विकास ई. सं १९९० मा इजरायलको नेटा फेम (ल्भ्त्ब् ँक्ष्ः० कम्पनिमा कार्यरत सिम्का ब्लास्क नामक बैज्ञानिकले गरेका हुन् ।
ड्ड यो प्रणालि अनुसार सिँचाई गर्दा विरुवाको प्रकृति अनुसार ३० देखी ७० प्रतिशत सम्म पानिको बचत हुनुको साथै उत्पादनमा ३० देखी १ सय प्रतिशत सम्म बृद्धि हुन्छ । तथा कामदारको खर्च समेत बचत हुन्छ ।
ड्ड पानि कम हुने भिरालो जमिन, बलौटे माटो भएको जमिन पहाडी तथा तराई क्षेत्रमा यसको प्रयोग ज्यादै लाभदायक हुन्छ ।
ड्ड यो प्रविधिको प्रयोग प्राय सबै प्रकारका तरकारीबाली र फलफुलबालीका लागि उपयुक्त हुन्छ ।

नर्सरीका लागि प्लाष्टिक ट्रे

ड्ड नर्सरी ट्रे मा विरुबाको नर्सरी राख्नका लागि सर्वप्रथम कोकोपिट, पिभिसी सिड ट्रे, भर्मि कम्जोष्टको आवश्यकता पर्दछ ।
ड्ड नर्सरी ट्रे मा व्याड राख्नका लागि १ किलो कोकोपिटमा ३ सय ग्राम भर्मि कम्पोट ( गड्यौला मल ) र २० ग्राम कार्बन्डाजिम राखेर राम्रो सँग मिश्रण गर्ने
ड्ड यसरी मिश्रण गरीको कोकोपिट ( कोकोमोक्स) लाई नर्सरी ट्रे को प्रेत्येक सेल (प्वाल) मा मुठि मुठि लिएर भर्ने
ड्ड कोको मोक्स भरेको नर्सरी ट्रे मा हातको बुढी औलाले बिस्तारै थिचेर एक एक दान प्रत्येक सेलमा राखी माथिबाट कोकोपिटले छोपोर हजारीको माध्यमबाट पानिले राम्रोसँग भिजाउने र माथिबाट परालले हल्का छोप्ने
ड्ड परालले छोपेको २ दिन पछि माथिबाट हल्का पानि हाल्ने र विरुवा टुसाउन थालेपछि पराललाई झिकी आवश्यकता अनुसार मलखाद र औषधिको प्रयोग गर्ने
ड्ड यसरी बेर्ना जमाउँदा बढीमा २१ दीन सम्ममा नर्सरी ट्रेमा विरुवा तयार हुन्छ ।
ड्ड नर्सरी ट्रे मा विरुवा जमाउँदा विरुवाको उमाशक्ति अनुसार प्राय सबै विरुवाहरु सजिलै उम्रन्छन्
ड्ड कोकोमोक्स ज्यादै खुकुलो र हल्का हुने भएकाले बर्नाले सबैतिर जराहरु फैलाउन सक्दछ जसले गर्दा रोपिसके पछि पनि विरुवाको मृत्युदरलाई ज्यादै कम गर्दछ ।

मल्चिङ् प्लाष्टिक
 विरुवा रोप्नका लागि ड्याङ् बनाईसकेपछि १.२ मिटरको चौडाइ भएको मल्चिङ प्लाष्टिकले ड्याङ्लाई छोप्नुपर्दछ ।
 विरुवा रोप्दाको दुरी अनुसार थोपा सिँचाईको थोप ाझरेको ठाउँ नजिक ब्लेट अथवा चक्नुको प्रयोग गरी प्वाल बनाउने
 यसो गर्दा माटो सधै र्फुरफुराउँदो रहि रहनुका साथै विरुवाले खाना बनाउने जराहरुको बृद्धि भई बोट स्वस्थ हुन्छ ।
 झार उर्मन नपाउने भएकाले कामदार खर्चको बचत तथा उडेर जाने मलखादको बचत हुन्छ ।

एन्टि इन्सेक्ट नेट
 सेतो नाइलन द्धरा बनेको जालिदार वस्तलाई एन्टि इन्सेक्ट नेट भनिन्छ । यसको प्रयोगले ग्रिन हाउस अथवा टनेल भित्र किरानको प्रकोपमा कमि आउँछ ।
 प्रत्येक फार्ममा यो नेटको प्रयोग गरेको पाइन्छ । यो नेटको प्रयोग अर्गानिक फार्म गर्ने किसानका लागि अति उपयोगि हुन्छ ।
 यसले टनेल भित्रको तापक्रम नियन्त्रित गर्नुका साथै कुकुर बिराला जस्ता जनावर फार्म भित्र छिर्न पाउँदैन । यसको प्रयोग विशेष गरी टनेल भित्र गरिने खेतीमा गरिन्छ ।
फट्रिगेशन
विरुवालाई उसको आवश्यकता र उमेर अनुसार उचित मात्रामा मलखादको प्रयोग गर्नुलाई फट्रिगेशन सिस्टम भनिन्छ ।
जसको प्रयोग थोपा सिचाँई प्रणालिको माध्यमबाट गरिन्छ । यो प्रणालिमा विरुवालाई चहिने मलखादको मात्रा मिलाएर थोपा थोपा गरि विरुवाको जरा क्षेत्रमा पानि र मलखाद साथ साथै दिन सकिन्छ ।

प्रतिकृया दिनुहोस

टुल्कीलाई फाप्यो ‘पैँचो बाख्रा पालन व्यावसाय’

बागलुङ, २८ मंसिर । बागलुङ, दमेक–८ कि टुल्की थापा सापकोटा जल्दोबल्दो महिला हुन् । जल्दोबल्दो बन्न उनले कम्ती मेहनत गर्नु परेको छैन् । हुन त

मोरिंगा अर्थात सजिउन खेती कसरी गर्ने ?

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली  होस हिजन

डा.मदन राईले भने साच्चै नै विद्यार्थीलाई खेतबारी मै पढाउँछन्

मिति २०७५ साल कात्तिक ११ गते उनको अन्तिम फेसबुक स्ट्याटस जस्ताको जस्तै आजको ५ देखि १० बर्षभित्र सुभद्रा मदन फाउन्डेशनमा शिक्षालिने बिध्धार्थीको