प्रदेश नं ३ का सबै सामुदायिक वनलाई उत्पादनमुखी बनाइने 

२०७५ पौष १७ मंगलबार ०८:५०:०० मा प्रकाशित

हलोखबर

halokhabar

भरतपुर, १७ पुस । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश नं ३ का सबै सामुदायिक वनलाई उत्पादनमुखी बनाइने बताउनुभएको छ । 

चितवनको राप्ती नगरपालिका–४ स्थित शिखर हरियाली सामुदायिक वनको वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दे मन्त्री लामाले सामुदायिक वनलाई उत्पादनमुखी बनाउन कृषि मन्त्रालयले उत्पादनमुलक फलफुल रोप्ने अभियान सञ्चालन गरिरहेको बताए । उनले कृषि मन्त्रालयले फलफुल वर्ष अभियानअन्तर्गत विभिन्न सामुदायिक वनमा फलफुलका विरुवा रोपेको पनि जानकारी दिए । 

शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले वनलाई पर्यात पर्यटन उद्यानका रुपमा विस्तार गर्न गुरुयोजनासँगै डिपिआर तयार पारिएको जानकारी दिए । उद्यानका लागि प्रदेश सरकारले चालू आवमा रु तीन करोड विनियोजनसमेत गरेको छ । पाँच सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा उद्यानका लागि १३ विघा जग्गा छुट्याइएको छ । रासस
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३