अन्डावाट मासिक एक लाख बढी कमाउदै ओली

२०७५ पौष १५ आइतबार १८:४५:०० मा प्रकाशित

प्रेमराज जोशी

halokhabar

कीर्तिपुर, १५ पुस । मुस्कोट नगरपालीका रुकुमका ४० वर्षका युवा नवराज ओली लेयर्स कुखुराको अन्डावाट मासिक १ लाख ३० हजार कमाउँदै आएका छन् । ३ वर्ष अगाडि गृह जिल्ला रुकुम छोडि कीर्तिपुर नगरपालीका ५ जाँखा वस्दै आएका ओली अहिले घरपरिवारको खर्च धानी वैंक मौजाद गर्न थालेका छन् ।  

सुरुमा चितवनवाट १२ सय कुखुरा ल्याई ब्यवसायसुरु गरेका उनले हाल आएर २ हजार पुर्याएका छन् । उनको सुरुमा खोर सहितको ब्यवस्थापन गर्दा ८ लाख लगानी लागेको भएपनि हाल आएर सवै लगानी उठाएको वताए । अहिले २ हजार लेयर्स कुखुरा अन्डा उत्पादनको लागीमात्रै पालीएका छन् । यो कुखुराको २ वर्ष पछि अन्डा उत्पादन क्षमता घट्ने र २ वर्षपछि दानाको समेत मुल्य नआउने भएकाले मासुको रुपमा  १ सय ५० रुपैया प्रतिकिलोग्रामका दरले विक्री वितरण गर्ने गरेको वताए ।

२ हजार कुखुराले दिनमा १ हजार ३ सय जति अन्डा पार्ने र प्रति गोटा १० रुपैयाका दरले ब्यापारीहरु घरमै लिन आउने गरेको उनको भनाई छ ।  २ हजार कुखुरालाई दिनमा ३ वोरा दाना आवश्यक हुन्छ, केहि महिना अघि त १ वोरा दानाको २ हजार ३ सय मात्र मुल्य पथ्र्र्यो हाल आएर २ हजार ५ सय मुल्य पर्न थाल्यो यसले दिनमा ७ हजार ५ सय रुपैया दाना खर्चमा जाने गरेको उनी वताउँछन् ।

गत वर्षहरुको जति अन्डाको मुल्यपनि छैन दानाको समेत मुल्य वढ्यो यो वर्ष त्यति फाईदा हुदैन की भन्ने चिन्ता ओलीमा पैदा भएको छ । “गत वर्ष अन्डाको मुल्य प्रतिगोटा १२ रुपैया थियो कमाईपनि १५ लाख जति पुग्यो यो वर्ष खै आधि पनि हुन्छ कि हुदैन” उनले भने ।

घरकै ५ जना सदस्यहरुले भ्याई नभ्याई काम गरीरहेका छौँ विहान ५ वजेदेखी लिएर राती १० वजेसम्म समय समयमा दाना पानी दिनुपर्ने हुन्छ सपरिवारनै लागिपरेको वताए । कारणवस कुनै कुखुरा खोरमै मरेमा रोगको संक्रमण भएको थाहा हुन्छ र चेक गर्नको लागी त्रिपुरेश्वर लग्ने गरेको भन्दै ल्यावटेष्ट गरी रोगको पत्तालगाई उपचार गर्ने गरेका उनले वताए । 

प्रतिकृया दिनुहोस

डेढ दशकको यूरोप बसाई त्यागेर बाबुराम श्रेष्ठले सुरु गरे नेपालमै व्यवसायिक कालिज पालन

काठमाडौं, ६ माघ । पुख्यौली घर पाल्पा भएका बाबुराम श्रेष्ठको कृषिमा केही गर्ने सोच पहिलेदेखि कै हो । त्यही अठोटलाई मूर्त रुप दिदै कालिज पालन गर्ने निचोड

भैँसीपालनबाट विदेशमा भन्दा स्वादेशमै चारगुणा बढी आम्दानी 

दाङ, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ

मेहनत गरौं कोरियाको कमाई स्वादेशमैं

बलेवा, २३ पुस । पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङको कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए ।