कृषि बस्तुको पर्याप्त उत्पादन सम्भावना भएपनि दैनिक चार करोडसम्म आयात गरिदै 

२०७५ पौष १४ शनिबार १२:०९:०० मा प्रकाशित

प्रेमराज जोशी

halokhabar

काठमाडौं, १४ पुस । नेपालमै उत्पादनको पर्याप्त सम्भावना भएको भएपनि कृषि वस्तुको आयात हरेक वर्ष बढ्दै गएको छ । कृषिप्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिजन्यवस्तुको आयातको अवस्था अत्यधिक वढनु दुःखको विषय वनेको छ । देशको कुल ग्राहस्थ उत्पादनमा २८ दशमलव ८ प्रतिशत कृषिले योगदान पु¥याएको छ । यो क्षेत्रका ६६ प्रतिशत सकृय नागरिक जिविकोपार्जनका लागि कृषिमा आश्रीत रहेका छन् ।


दैनिक भारतवाट नेपालमा ३ देखी ४ करोेड रुपैयासम्मको कृषिजन्य वस्तु आयात हुन्छ । दैनिक ६÷७ सय मेट्रिकटन कृषि वस्तुहरुको आयात हुने गरेको कालीमाटी फलफुल तथा तरकारी वजार विकास समिति कालीमाटीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकमा ८१ हजार ६ सय ७० मेट्रिकटन कृषि वस्तुहरुको नेपाल आयात भएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा  २ लाख २४ हजार १ सय ७८ मेट्रिकटन कृषि वस्तुहरुको आयात भएको कार्यालयको तथ्याङकमा  छ ।


आ.व २०७४/०७५ मा भारत वाट सवैभन्दा वढी ४४ दशमलव ८ प्रतिशत कृषि वस्तुहरुको आयात भएको कालीमाटी वजार विकास समितिले जनाएको छ । त्यस्तै धादिङ वाट ९ प्रतिशत, मकवानपुर वाट ६, सर्लाही र काठमाडौंवाट ३, ललीतपुर र झापावाट १, चितवनवाट ५, भक्तपुर ४, र चिनवाट ० दशमलव ४३ प्रतिशत कालीमाटीको वजारमा आयात भएको छ । त्यस्तै भारतवाट तरकारी ८५ दशमलव ६७ प्रतिशत, फलफुल ९ दशमलव ३२, मसला ३ दशमलव ९०, माछा १ दशमलव ५ र अन्य ० दशमलव ६ प्रतिशत आयात भएको छ ।यो तथ्याङकले नेपालमा कृषि वस्तुहरुको असुरक्षा बढ्दै गएको देखाएको छ । युवाहरुको बिदेसिने क्रम बढेपछि कृषि वस्तुहरुको उत्पादनमा प्रभाव परेको हो  । युवा विदेसिएसँगै कृषिजन्य भूमि बाँझो रहेकोले नेपालमा यो अवस्था सृजना भएको छ ।


दिन प्रतिदिन तीव्र गतिमा वढिरहेको जनसङख्या, स्रोत साधन सिमित जस्ता कारणले नेपालमा यस्तै अवस्था आएको र उन्नत जातको विउँ तथा आधुनिक प्रणालीको खेति आवश्यक रहेको कृषि विज्ञहरुको वताउँछन् । सरकारले कृषि उपजमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको भएपनि परियोजनाले पनि लक्ष्य पूरा गर्न सकेको छैन् । सरकारले कृषि क्षेत्रको विकासका लागि बर्सेनि बजेट वृद्धि गरे पनि सदुपयोग नहुँदा ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात हुँदै आएको छ । सरकारले कृर्षि विकासको क्षेत्रमा धेरै प्रयासहरु गरेको भएपनि किसानहरुले अपेक्षा अनुसारको प्रतिफल पाउँन सकेका छैनन् । परम्परागत कृषि, पिछडीएको अर्थतन्त्र र आवश्यक सरकारी संरक्षणको अभावमा नेपालका किसानहरु र कृषि उत्पादनले विश्व वजारमा प्रतिस्पर्धा गर्न सकेको छैन् । 
 

प्रतिकृया दिनुहोस

डिमाण्डअनुसार नेपाली कफीको उत्पादन गर्न नसक्दा सरोकारवाला चिन्तित् 

काठमाडौं, ६ माघ । नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिन्छ  । तर, यसबाट नेपालले अहिलेसम्म सदुपयोग अथवा फाईदा भने खासै लिन सकेको

कृषि सल्लाह ! कृषिजन्य व्यवसायकालागि यो साताको मौषम कस्तो छ ?

खाद्यान्नबाली -   तराई, भित्री मधेश र पहाडका बेँसीहरु ९७०० मिटरसम्मका लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल रोपिदै 

नवलपरासी, ५ माघ । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको