कृषि विकास बैंकको ‘एक कार्यालय, एक वित्तीय साक्षरता कार्यक्रम’

२०७५ पौष १० मंगलबार १५:४४:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, १० पुस । कृषि विकास बैंकले बार्षिक बजेट तथा कार्यक्रम पुस्तिकाको ब्यबस्था एबं क्षत्रीय कार्यालयको परिपत्र बमोजिम चापाकोटस्थित गंगालाल माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । 
हरेक नागरिकको पहुँछ बैंक तथा वित्तीय संस्थासम्म पुगोस भनेर सामाजिक अभिमूखिकरण सहितको बैंकिङ्ग सेवालाई आफ्नो सिद्दान्तमा समेटेको कृषि विकास बैंकले यस्तो कार्यक्रम राख्दै आएको छ । साथै, आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई संचालन गर्ने तथा बैंकिङ्ग क्रियाकलाप हरुको विकास एबं विस्तारको लागि वित्तीय मध्यस्थता सहित बैंकिङ्ग कारोवारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन कम्तिमा एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा संचालन गर्ने नीतिगत ब्यवस्था भए बमोजिम कार्यक्रम आयोजना गरिएको थियो ।


शाखा प्रबन्धक ्विश्वराज मरासिनीको अध्यक्ष्यतामा तथा प्रमुुख अतिथिका रुपमा क्षेत्रिय कार्यलय पोखराका निर्देशक मोहदत्त शर्मा पौडेल, विशिष्ट अतिथिकारुपमा क्षेत्रिय कार्यालय पोखराका शाखा प्रमुख मोति प्रसाद पौडेल र शाखा कार्यालय वालिङका प्रबन्धक राम कुमार श्रेष्ठ रहेका थिए । कार्यक्रममा चापाकोट कै समाजसेवी अगुवा हरि प्रसाद पंज्ञानी, गंगालाल माविका प्रअ खेमराज भट्टराई, चापाकोट वार्ड नं. ९ का वडा अध्यक्ष शंकरभत्त भण्डारी, बैकमा २०४५ सालबाट नियमित कारोवार गर्नु भएका बैकका ग्रिनकार्ड होल्डर कर्जाग्राही गिरीधारी भट्टराई अतिथिका रुपमा उपस्थित रहेका थिए । 
     चापाकोट नगरपालिका भित्रका विभिन्न १० वटा सहकारी संस्थाका ८० जना शहभागिका रुपमा कार्यक्रमा उपस्थिती थिए । कृषि बिकास बैंकको मोवाइल बैंकिङ्ग, भिसा कार्ड र आश्वा सम्बन्धि विज्ञापन केही समय बजाएपछि औपचारिक रुपमा कार्यक्रम शुरु गरिएको थियो । प्रमुख अतिथि क्षेत्रीय निर्देशक मोहदत्त शर्मा पौडेलले ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रमलाई ३ वटा भागमा बर्गीकरण गरी कृषि बिकास बैंक तथा यसका सेवा सुविधाहरुको वारेमा प्रशिक्षक रामकुमार श्रेष्ठ दिएका थिए । आर्थिक तथा वित्तीय प्रणाली सम्बन्धि जानकारी, बचत लगानी, समग्र बैंकिङ्ग सेवा सूविधाका वारेमा प्रशिक्षक मोति प्रसाद पौडेलले जानकारी दिएका थिए । त्यसैगरी, विमा तथा समग्र वित्तीय ब्यबस्था एवं योजना संवन्धि जानकारी प्रशिक्षकका रुपमा क्षेका पोखराका निर्देशक मोह दत्त शर्मा पौडेलले दिएका थिए । 


 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३