गाई किसानका कथाव्याथा समेटिएको चलचित्र गोपीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

२०७५ पौष ५ बिहीबार १०:२५:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, ५ पुस । नेपालमा चलचित्र बन्नेक्रम बढ्दो छ । वर्षमा औसत सयको हाराहारीमा चलचित्र बन्छ । तर, ति प्रायः मनोरञ्जन दिने उद्येश्यले निर्माण गरिएको पाईन्छ । केही भने सन्देश बोकेका पनि हुन्छन् । सामाजिक कुरिती विरुद्ध बढी चलचित्र बन्ने गरेका छन् । तर, निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र गोपीले ति सवको क्रमभङ्ग गरिदिएका छन् । उनले निर्माण गरेको चलचित्र गोपीमा गाई पालन सम्बन्धी किसानका कथाव्यथा समेटिएको देख्न सकिन्छ । बुधबार रिलिज गरिएको ट्रेलरमा पनि यसको झलक देख्न सकिन्छ ।

 
यस चलचित्रमा सार्वजनिक गरिएको केही पोस्टरहरुमा अभिनेता विपिन कार्कीका साथमा केही गाईहरु राखिएका छन् । माघ ८ गते रिलिज हुने यस चलचित्र कृषि प्रधान हो भनिरहनु पर्दैन । निर्देशक दीपेन्द्र लामाका अनुसार नेपाली चलचित्रलाई कृषिसंग जोडिएको बताउँछन् । कृषि क्षेत्रलाई यस चलचित्रले राम्रै प्रोत्साहन गर्नेमा ढुक्क छन् । कृषि समेटिएको चलचित्र को पोस्टरमा गाई ? त्यो पनि चर्चित मेकरले निर्माण गरेको फिल्ममा । फिल्म पारखीकालागि यो फोटो अत्यिारिलो मात्रै होइन, झट्ट हेर्दा निक्कै नसुहाउँदो पनि लाग्छ । किनभने कृषि पेशा गर्नेहरुलाई ‘कृषि प्रधान देश नेपाल’मा दोश्रो दर्जाको रुपमा हेरिन्छ ।  विदेशबाट कृषि पेशा गरेर फर्किएका, कृषि पढेका तथा परम्परागत कृषि खेती गर्दै आएकाहरुकालागि भने यो तस्बिरले निक्कै आशा जगाउँछ । तर, नियमति फिल्म दर्शककालागि भने रिलिज मितिसम्म पर्खनु नै पर्ने हुन्छ । 


पोस्टर टेलिङ अनुसार विपिन एउटा गाई किसान हुन । कुनै पोस्टरमा गाईले चाट्दै गरेको छ, त कुनैमा मोर्डन बाईकमा दुध राखेर लैजादै गरेको दृष्य छन् । त्यस्तै अर्को एउटा पोस्टरमा भने विपिनका साथमा रहेका अभिनेत्रीद्धय बर्षा राउत र सुरक्षा पन्तका साथमा पनि गाई देख्न सकिन्छ । फिल्म गोपीका निर्देशक, निर्मातादेखि कलाकार पनि व्यवसायिक छन् । चर्चित पनि छन् । फिल्म फरक विद्यामा बनेको कारण निर्माण यूनिटले यसलाई निक्कै चुनौति लिएको देखिन्छ । हुन त फिल्म हेर्नेहरुमा बढिमात्रामा किसानहरु नै हुन्छन् । तर, यसरी फिल्मको ट्रेलर आउँनुअघि नै पोस्टरमा गाई हाबी देख्दा फिल्म निर्माण यूनिटलाई पर्खेर बस्नेहरु भने ट्वा परेका छन् । 
 

प्रतिकृया दिनुहोस

‘द आर्ट अफ फेसन ड्रपिङ’ क्याम्पमा सुन्दरीहरु (फोटो फिचर सहित)

काठमाडौं । पछिल्लो समय युवापुस्तामा फेसन क्रेज बढ्दो छ । यसैलाई लक्षित गर्दै विभिन्न फेसन कलेज र इन्स्टिच्यटहरु पनि खोलिने क्रम बढ्दो छ । यस्तै फेसन

फिलिपिन्स युवती काट्रियोना भईन मिस यूनिभर्स

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा भने मिस

अहिले जारी मिस यूनिभर्समा नेपालकी मनिता उत्कृष्ट दशमा पर्न सफल

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा