‘द आर्ट अफ फेसन ड्रपिङ’ क्याम्पमा सुन्दरीहरु (फोटो फिचर सहित)

२०७५ पौष २ सोमबार १७:३९:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं । पछिल्लो समय युवापुस्तामा फेसन क्रेज बढ्दो छ । यसैलाई लक्षित गर्दै विभिन्न फेसन कलेज र इन्स्टिच्यटहरु पनि खोलिने क्रम बढ्दो छ । यस्तै फेसन इन्स्टिच्युटमध्ये एक हो, इन्टरनेशलन इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ । बागबजारमा रहेको यो इन्स्टिच्युटले यो साता लेटेस्ट टेक्निक स्मार्ट ड्रपिङबारे एकदिने वर्कशपको आयोजना गरेको छ । 
‘द आर्ट अफ फेसन ड्रपिङ’ र ‘फेसन इलुट्रेशन’ नामक विषयमा गरिएको वर्कशपमा इन्स्टिच्युटका ७० जना विद्यार्थीले सहभागिता जनाएका थिए । ती फेसन डिजाइनरका विद्यार्थीहरुलाई ग्लोबल एलएलसी युएसएकी सिईओ तथा फेसन डिजाइनर बासना क्षेत्रीले प्राक्टिकली अभ्यास गराएकी थिइन् । 
सोही अवसरमा आईआईएफटीका प्रमुख प्रशिक्षक राजु सुवालको निर्णायक मण्डलमा ‘स्केच कम्पिटिशन’समेत गरिएको थियो । सो कम्पिटिशनका बेञ्जु श्रेष्ठ प्रथम, प्रमिला उप्रेती दोस्रो र दिलमाया मगर तेस्रो भएका थिए । उनीहरुलाई नगद तथा विशेष अवार्डद्वारा सम्मान गरिएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले बताए । 

प्रतिकृया दिनुहोस

गाई किसानका कथाव्याथा समेटिएको चलचित्र गोपीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं, ५ पुस । नेपालमा चलचित्र बन्नेक्रम बढ्दो छ । वर्षमा औसत सयको हाराहारीमा चलचित्र बन्छ । तर, ति प्रायः मनोरञ्जन दिने उद्येश्यले निर्माण गरिएको

फिलिपिन्स युवती काट्रियोना भईन मिस यूनिभर्स

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा भने मिस

अहिले जारी मिस यूनिभर्समा नेपालकी मनिता उत्कृष्ट दशमा पर्न सफल

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा